Writer:kajol devkota Address:pokhara College:HICAST,5th sem
नेपालमा प्राकृतिक एवम् सांसकृतिक सम्पदाको अभिन्न अंगको रूपमा रहेकाे मौरी पालन परापूर्वकलदेखि गरिएको पाइन्छ। मौरी एक सामाजिक, चेतनशील, पारिश्रमिक एवम् अनुशासित किरा भएकोले मौरीबाट मानिसले विभिन्न किसिमका शिक्षा एवं प्रेरणा लिन सकिन्छ।
मौरी विश्वमा लगभग २०,००० प्रजातिको पाइन्छ जसमध्य मह संकलन गर्ने ५ किसिमका रहेका छन् जस्तै- कठ्यौरी मौरी,भिर मौरी,खागो मौरी, Apicerena र Apismellifera ।खुल्ला ठाउँमा बस्न मानपराउने र एकदम रिसाहा स्वभावका हुनेकारण कठ्यौरि मौरी , भिर र खगो मौरी पालन व्यवसायिक रूपमा पाल्नकठिन हुन्छ।
Apicerena
नेपालकै रैनाथे मौरी भनि चिनिएको Apicerna मौरी खेती गर्ने किसानमा निकै फसटाएको देखिन्छ। यसको रङ्ग ठाउँ अनुसार कालो तथा पहेंलो हुन्छ। समुह सतह बाट ३५०० मी. उचाइसम्म Apicerna मौरीको खेती गर्न सकिन्छ।यो मौरी शान्त स्वभवको हुने कारणले सजिलै हेरविचार गर्न सकिन्छ। नेपालको जुनसुकै हावापानी तथा वातावरणमा सजिलै पालन सकिन्छ।
एक स्वास्थ मौरीको गोलामा २० देखि २५००० मौरी बस्छन् र यो मौरीले वार्षिक १० देखि २५ किलो सम्म मह उत्पादन दिन्छ। अन्य मौरी जस्तै फूल तथा तरकारी बालीमा पराग्सेसँ सेवा प्रदान गराउँछ जसले गर्दा बाली बृद्धि मा मद्दत पूराउँछ। गोलाबाट १ कि. मि सम्म पर गई पुष्प रस संकलन गर्दछ। यो मौरीमा सुलसुले, जुम्रा, अरिङ्गाल विरुद्ध लड्न सक्ने क्षेमता हुन्छ
Apicerena मौरी ३ किसिमका हुन्छन्- कर्मि मौरी, रानी मौरी र भाले मौरी। यी ३ प्रकारको मौरीको आकार, स्वभाव र काम गर्ने तरिका आ- आफ्नै किसिमको हन्छ।
कर्मि मौरीको मह उत्पादनमा निकै अहम भूमिका रहन्छ। व्यवसायिक ले जति धेरै कर्मि मौरी उत्पादन गर्न सक्छ त्यतिनै मह उत्पादन बाट लाभ लिन सक्छ। यसको जीवनकाल जम्मा ६ हप्ताको हुन्छ।
रानी मौरीले मह उत्पादन गर्दैन। यसको काम भनेको अण्डा पार्ने मात्र हो। यसले २ किसिमको अण्डा पार्छ सेचित अण्डा र असेचित अण्ड। सेचि त अण्डा बाट कर्मि र रानी मौरीको विकास हुन्छ भने असेचि त मौरीबाट भाले मौरीको विकास हन्छ। अत्याधिक मात्रामा रोयल जेली अथवा प्रोटिनको स्रोत खाएको खण्डमा त्यसको सम्पूर्ण अंगहरू विकसित भई रानी मौरी बन्छ।
भाले मौरी काे पनि उतिनै महत्त्व रहन्छ। यसको pupal अवस्था एकदमै लामो हुन्छ र यसबेला गोलामा रहेका किराहरु त्यता आकर्षण भई प्राकृतिक शत्रुलाई नियन्त्रणमा राख्न फाईदा पुर्याउछ।
व्यवस्थापन
प्राय जसो आफ्नो काम आफैं गरेता पनी प्राकृतिक संकट आइपर्ने हुनाले त्यसको व्यवस्थापन हामीले गर्नुपर्दछ। मौरीपालन गर्दा सुरुमा विषादी मुक्त क्षेत्र छान्नु पर्दछ। बिषादी प्रयोग गर्नाले मौरीहरू मर्ने गर्छन्। चरण क्षेत्र का लागि विभिन्न फुल तथा वनस्पति लगाउनु पर्दछ। गर्मी याममा मौरीको घारमा हावधार व्यवस्था गर्नुपर्दछ। चर्को घामबाट बचाउन छहारी को पनि व्यवस्था मिलाउनु पर्दछ। असार, श्रावण र भाद्र को समयमा धेरै पानी पर्ने हुनाले आहारामा निकै आपातकालीन पर्न जान्छ। यस्तो बेलामा १:१ १:२,२;१ भागमा चिनी पानि को चास्नी बनाएर दिनुपर्छ। मौरीको घार हप्तामा एकपल्ट निरीक्षक गर्नुपर्दछ जसले गर्दा मौरी स्वस्थ छ की छैन, मह संकलन कतिको भैराछ र अण्डाको मात्रा आदि त्यादी जानकारी प्राप्त हुन्छ। छौरो कुहिने रोग, सलसले, विषादी मैन पुतली,रातो कमिलायसका मुख्य समस्या हरू हुन।
घारको तलपट्टि पानी राख्नाले रातो कमिलालाई नियन्त्रण मा राख्न सकिन्छ। घार लाई एकदम सरसफाइ का साथ राख्नु पर्दछ
नेपालमा मौरीपालनको स्थिती
नेपालमा भौगोलिक विविधता र राम्राे हावापानी भएको कारण मौरीपालन काे भबिस्य निकै राम्रो मानिन्छ। नेपालमा एक लाख भन्दा बढि हाइभ्स पाल्न सक्ने क्षेमाता छ तर सिप मुलक ज्ञान नभएको कारण धेरैले मौरी पालन गरेको पाइँदैन । मह उत्पादन गर्ने व्यवसायलाई सिप मुलक ज्ञान र प्राविधिक ज्ञान बाढ्न सके नेपालमै मह खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ तर अहिलेसम्म यो व्यवसाय बतिमुनिको अँध्यारो जस्तै भएको छ। धेरै जग्गा जमीन नचाहिने, पाल्न सजिलो, धेरै लगानी गर्नु नपर्ने र निम्न आय भएका किसानहरूले गर्न सक्ने व्यवसाय हो मौरीपालन।
यसरी मौरी एकदमै फाइदाजनक र निम्न आय भएका किसानको लागि आफ्नो आम्दानी को स्रोत बढाउने जिव हो।
No comments:
Post a Comment