लेखक: :सुरज लम्साल, तनहुँ
सानो घर , ठुलो सपना देख्नु परेको छ
गाउँमा हुर्काई , सहरमा पढाउनु परेको छ ।
बिहान के खाए ,बेलुकी के खाऊँ हुने गाउँमा
छोराले दुख नपाओस् , त्यो बिरानो ठाउँमा ।।
गरि खान मन त थियो नि, नेपालमै बसि
आनन्दको जागिर खान, पढ्नै पर्ने रैछ घोडा धसि ।
गाह्रो रैछ कृषक पेसा, घाम पानी नभनि खट्नु पर्ने
तरकारी उत्पादन त गर्यो ,तर शाहुले भनेकै मुल्यमा बेच्न पर्यो ।।
पल्लो गाउँको गोरे , विदेश गको नि दुई वर्ष भएछ
घर फर्केर आउँदा, भव्य महल पो बनेछ ।
बिचार ति साईला दाई, गाउँमै खेती पाति गरे
आफुसँगैको साथिले, प्रगति गरेको देखेर ट्वाल्ल परे।।
भो मलाई, चाईदैन अरू केही
मिठो मसिनो जे खाएनि, बस्छु यहिँ ।
जसरी ति नेताहरुले पाउँछन् सम्मान, नगरेनि केही
त्यो भन्दा बढी किसानले पाउँन, मेरो सपना यही,मेरो सपना यही ।।
No comments:
Post a Comment