लेखक : संजय कुमार यादव
ठेगान : मायादेवी -०६, रुपन्देही
अन्नबाली , फलफुल , लहरे फलाउदछन, संघर्ष गरी गरी,,
दुई छाक टार्न धौ धौ हुन्छ साझा र बिहान भरी,,
तन मन का साथ पूजापाठ गरी लडादछन् , धर्तीमा सँग बनी वीर सन्तान ,,
खुन पसिना बागाई पर्दछन बन्जर जमीनलाई हरियो मैदान ,,
राष्ट्रको कर्मठ वीर योद्धा हुन् , हाम्रो सम्मानीय किसान ,,
डाक्टर , इन्जिनियर , वकील जस्तालाई राष्ट्र को सम्पति बनाई ,,
हकहितको लागि पुग्दा त्यहाँ कोही गर्दैनन् सुनवाई,,
मल , बीउ , सिंचाई को सुविधा गर्छु भनी , ठूला ठूला भाषाणमा ऐलान ,,
आँखा तरी, घृणा गरी, मजदुर भनी गर्दछन् अपमान ,,
राष्ट्रको कर्मठ वीर योद्धा हुन् , हाम्रो सम्मानीय किसान ,,
दुःख , कष्ट, पीडामा अल्झी अल्झी ,थाहा पाउँदैनन् त्योहार ,,
मूल्यबजार , तालिम नपाई , आशामा बस्दछन् नमानी हार ,,
जन जनशक्तिको पेट भरि , बनाउँदछन् बलवान ,,
आफ्नो कुनै वास्ता नगरी , दिलाउदछन् ठूला ठूला हस्तिलाई सम्मान ,,
राष्ट्रको कर्मठ वीर योद्धा हुन् , हाम्रो सम्मानीय किसान ,,
हलो , कुटो , कोदाली प्रयोग गरी , माटोलाई दिन्छन् सोना बनाई ,,
घाम , पानी , चिसोमा खेतमै खटी , शरीरलाई दिन्छन् चट्टान बनाई ,,
खर्च गर्न ऋण लिन्छन् , सुविधा नपुगी हुन्छ प्रत्येक वर्ष नोक्सान ,,
माग्ने , घुम्ने भिक्षुलाई दानवीर गरी , दिन्छन् मानवताको पहिचान ,,
राष्ट्रको कर्मठ वीर योद्धा हुन् , हाम्रो सम्मानीय किसान ,,
धन्यबाद
Nice poem!
ReplyDeleteThanks alot ❣️❣️
Delete