लेखक: - महेश्वर न्यौपाने
ठेगाना - चदननाथ नगरपालिका - १० गैरागाउ जुम्ला
Study level -I.sc.Ag (plant science) Third year.
School -Tanahun Technical School bhimad
समुन्द्री सतहदेखि १० हजार फिटको उचइमा फाल्ने मार्शी धान
नेपालकाे उच्च हिमाली जिल्ला जुम्लामा उत्पादन गर्न सकिन्छ । यो धानको चामल रातो हुन्छ र भात पकाउँदा अरुभन्दा गिलो हुन्छ। यसमा प्रोटीनको मात्रा बढी हुने र खाँदा चाँडो भोक नलाग्ने र अडीलो हुन्छ । मार्शि धान जुम्लामा पहिलो पटक चन्दननाथ बाबाले भित्र्याएको पाईन्छ । तर कहिले भित्रियो भन्नबारेमा स्पष्ट मिति भने छैन चन्दननाथ बाबाले पनि कहिले र काहा बाट यो धानको बिउ ल्याए भन्ने यकिन तथ्याङ्क छैन। बालि विज्ञका अनुसार यो १४ औँ शताब्दी भन्दा पहिले हुन सकने अनुमान छ। जुम्ला सस्कृतिसम्बन्धी जानकार जनमानस अनुसार चन्दननाथ बाबाले भारतको काश्मिरवाट यो धान पहिलोपल्ट ल्याएर जुम्ला को छुमजुल भन्ने ठाँउमा लागाएको भन्ने इतिहास भेटिन्छ ।
मार्शि धान जुम्ला जिल्लाका सात गाउपालिका एक नगरपालिक मा रोपाई गरिन्छ । गर्वको कुरा यो छकी संसारको सवैभन्दा अच्च स्थान ( करिब२७९० मिटर ) जुम्लाको पातारासी गाँउपालिका छुमचौर ज्यूलोमा पनि उत्पादन भई विश्व सामु नेपालकै नाम चिनाएको छ । मार्शि धान पाक्न सात महिना पुरै
लाग्छ । चैत १२ गते बिउ भिजाएर १६ गते उतारेर सुकाउने अनि तातो कुनामा राखेर भोजपत्र, स्थानिय सल्लोको झुप्पा , राडी ,पाखी आदीले छोपी न्यानो पारी राखिन्छ । त्यसपछि १८ देखी २० चैतसम्म हिल्याएको माटो पिंधमा बसेपछी बिउलाई छरि सक्नुपर्छ । वैशाख १ मा बेर्नाको पुजा गर्ने चलन पनि छ । बेर्ना लाई मलजलको आवश्यक पर्ने भएकाले भेडाबाख्राको धुलो मल , कालो कोईला,जङ्गलको कास्रो आदी मलका रूपमा प्रयोग गरिन्छ र १ महिना पछि बेर्ना रोपाईं गर्न मिल्ने हुन्छ । जौ काटदै सँगसँगै रोपाई गरिन्छ । ।जुम्लामा तिला र हिमा नदिको कुलोबाट सिचाई हुने भएकाले पानि नपरेर सुख्खा भए पनि धान रोप्न किसानलाई बाधा हुँदैन । नदिको पानिले जेठ पहिलो साता देखी रोपाइ शुरू हुन्छ। असार देखी मध्य साउनसम्म गोडमेल गनुपर्छ । तर विडम्वना जुम्लालाई अर्गानिक जिल्ला घोषण भएतापनि भारपात र किट नाशक विषादी को प्रयोग बड्दै गएको पाईछ । भन्छन “जिउ छत जिउलो छ” आर्थात आफनो जिवन भए सबथोक छ । यस भनाईको अर्थ बुझि बुझि बुझ पचाउनुको साथै अल्छी बन्दै गएका छन । मानिले खाने कुरा राम्रो स्वच्छ र आर्गानिक हुनुपर्छ। यसले गर्दा मानव शरिरको रोग प्रतिरोधात्मक क्षमताको बृद्ध राउन्छ र
पारिस्थितक प्रणाली अनुकुल रहन्छ र विभिन्न प्रकारका रोग हरुले माहामारी को रूप लिन सक्दैन । जस्तै हाल माहामारी को रूपमा फैलिएको कोरोना भाइरस मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर ठुलो रूप लिएको छ ।
त्यसैले जुम्ला बासी सम्पुण मा खेतवारी विषादिको प्रयोग नगरौ भनि यसै लेखद्वरा अनुरोध गदछु । गोडमेल सकेपछि भदौमा
झारजङगल काटिन्छ तर खेतमा पानि भने खलि गनुहुदैन । पहिले कात्तिकको पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर अहिले जलवायू परिवर्तन का कारण तापक्रम बढेकाले असोजको अन्तिम सातादेखी नै धान काट्न थालिन्छ । भौगोलिक विक्टता कारण जुम्लामा हातैवाट धान चुट्ने गरिन्छ उत्पादन का हिसाबले पहिले एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुन्यो ।भने वि.सं २०४४ देखी धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि त्यो घटेर १५ केजीमा सम्म झरेको कृषि तथाङ्कले देखाएको छ। मार्शि धान प्रयोग वाट हुने फाईदा
मध्य केहि मुख्य फाइदाहरू जस्तै उच्च रक्तचाप, मधुमेह, लगाएतका विरामिलाई यो चामलको भातले निकै फाईदा हुनुकासाथै स्वादिष्ट र पकाउदा गिलो हुने भएकाले शहरमा यसको माग बढेको पाइन्छ । त्यस्तै जानकारका अनुसार राणाकालमा हरेक दिन एक माना मार्शि धान को चामल जुम्लाबाट काठमान्डौ मगाउने गरिन्थ्यो । हुलाकिले जुम्लादेखी
मार्शि धान बोकेर काठमाडौपुर्याउने गरेको याहाँका पाका नागरिकले बताउँदै आएको पाईन्छ ।
नेपालमा १४देखी १५ हजार हेक्टर जमिन मा धान खेती हुन्छ यि खेतमा ९६ % उन्नत धानको विउ रोपिन्छ भने ४% मात्र रैथाने जातको धान रोपिन्छ। रैथाने जातको बाली जोगाउन का निम्ती आफैवाट गरिने अन्जानका गल्ती र जानी जानी गरीने गल्ती जस्तै भारपात तथा किट नाशाक विषादी प्रयोगम
रोक लगाई त्यसकासट्टा (आई . पि.एम ) एकीकृत शत्रु जीव व्यावस्थापन कार्यक्रम लागु गर्नै तथा खेतियोग्य जमिनमा शहरीकरण नितिगत रूपमा कानुनि प्रब्वदान कम मिलाउन जरूरी । उद्योग कलकारखाना लगाएत कृषि उपकरणहरु पनि वैकल्पिक रूपका सृजना गर्न र वातावरण मुखी परिचालित
गराउन जरूरी । विश्वका विकसित देश हरुले ४०% भु-भाग जमिन बरावाको जङ्गल उत्पादन गरी अनिवारे रूपमा कार्वन व्यापार लाई कमगराई उद्योगलाई वातावरण हित बनाउन जरूरी। प्रदुषित खाना र हरपल हामीले फेर्ने स्वास आदी कुरा स्वास्थ हुदै जाने हो भने प्रतिरक्षा शक्ति मात्र नभई विश्व मै हाल लगभग ७५% - ८०% मानशिक रोगी खाना र स्वाच्छ हावा तानव रहित हुने र यस्ता अहिले देखिएको कोरोना जस्ता रोगहरू बाट बच्न स्वच्छ स्वास प्रस्वस र सफा खानपिन भयो भने पक्कै पनि मन्छेको जिवन एक अनुपम र अनमोल हुनपुग्छ। यसमा आफु बाट शुरुगरी सबैको हित हुन जाने मलाई लाग्छ ।
This comment has been removed by the author.
ReplyDeleteधेरै राम्रो अझै कलम चल्दै जावस् शुभकामना।❤️❤️❤️❤️❤️
ReplyDeleteKeepitup doxt
ReplyDelete