Writer: Pradip Bharati
Address:Simta R.Municipality -8 Surkhet
Faculty: Bsc Agri 3rd Semester)
Maya Collage Of Agriculture and Technology Deharadun, India
☑️जलबायु परिवर्तन:-
कुनै पनि स्थान अथवा क्षेत्र जस्तै गाउँ ,वडा ,जिल्ला ,भेग आदिको वायुमण्डलको तापक्रम ,आद्रता,हावाको चाप,तथा गतिको क्षणिक अबस्था(जस्तै एक दिनको अबस्था,एक हप्ताको अबस्था,एक महिनाको अबस्था,एक सिजनको अबस्था तथा एक वर्षको अबस्था) लाई मौसम भनिन्छ। कुनैपनि स्थानको मौसमको औसत अबस्थालाई जलवायु अथवा हावापानी भनिन्छ।जस्तै पोखराको धेरै वर्षको औसत तापक्रम र बर्षाको अबस्थाको आधारमा पोखराको जलबायु अथवा हावापानीको निर्धारण गरिन्छ र यसैको आधारमा कुन ठाँउमा कुन धान लगाउने,कुन ठाँउमा कुन मकै लगाउने र कस्तो प्रकारको खेती गर्ने भन्ने कुराको निर्धारण हुन्छ। अर्कोतर्फ जलवायु परिबर्तन भनेको विशेषगरि तापक्रममा आउने परिबर्तन ,बर्षा अर्थात पानी पर्ने मात्रा,समय,हावाको गतिमा आउने परिबर्तन जस्ता कुराहरु पर्दछन।
नासाको सन २०१६ कै तथ्यांकअनुसार पृथ्वीमा कार्बनडाइअक्साइडको उत्सर्जन ४०३ पिपिएम पुगेको छ। जबकि ३५० पिपिएम मात्र पृथ्वीको जलवायु परिबर्तनको गति प्राकृतिक रुपमा हुनको लागि सुरक्षित मानिएको छ।
☑️नेपालको कृषि:-
नेपालको परिप्रेक्ष्यमा पानी खेतिपातिको लागि एक महत्वपूर्ण स्रोत भएको र जसको लागि आकाशे पानीमा नै बढी मात्रामा निर्भर रहनुपर्ने भएकोले पानीचक्रसङ्ग सम्बन्धी उतारचढावले कृषि उत्पादनमा चुनौती थपिएको छ। जलवायु परिबर्तनका विभिन्न नकारात्मक असरहरु मध्ये खडेरी,अनियमित बर्षा ,बाढी, पहिरो,रोगकिराको प्रकोप आदि जस्ता जलवायुजन्य खतराहरुबाट प्रत्येक बर्ष कृषि उत्पादन घटनुका साथै किसानहरुको खेतिपाती प्रतिको लगाब र मेहनत बिस्तारै घट्दै गैरहेको छर्लङ्ग देखिरहेको छ। जलवायु परिबर्तनबाट हुने यस्ता खाल्का जलवायुजन्य खतराबाट जुध्न सक्ने प्रबिधीको बिकास तथा खेतिपाती गर्ने तौरतरिका नबनुन्जेलसम्म नेपालको कृषि अबस्था र किसानहरुको अबस्था जहाँ छ त्यहीँ रहिरहन्छ, र आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान पनि नराम्रोसङ्ग खस्किने देखिन्छ।
☑️जलवायु परिबर्तनले बालिमा पर्ने असर:-
🖊️सकारात्मक असरहरु:-
१)तापक्रम वृद्धि भएमा चिसो ठाँउमा समेत खेती गर्न सकिन्छ।
२)धेरै बर्षा भएको बेलामा पानीलाई संकलन गरि सिचाई तथा पशुलाई खुवाउन प्रयोग गर्न सकिन्छ।
३)पाखो खेतमा धेरै बर्षा भएको बेलामा भल छोपेर धान खेती गर्न सकिन्छ।
४)पानीको मुल फुटाउन मदत गर्ने भएकोले बर्षायाममा पानीको पहुँच सजिलो र सिचाई गर्न सहज हुन्छ।
🖊️नकारात्मक असरहरु:-
१)तापक्रम वृद्धि भएमा बालिमा झारपात तथा रोग किराको प्रकोप बढी देखिन्छ।
२)हिउँ पर्ने क्षेत्रमा कम हिउँ परि सिचाई तथा अन्य उपभोगको लागि पानीको अभाव हुन्छ।
३)बाढिले बगाएर ल्याएको बालुवा तथा ग्रेगरले माटो पुरी उर्बराशक्ति ह्रास हुन्छ।
४)धेरै कुहिरो वा हुस्सु लागेमा बालिमा ढुसी र ब्याक्टेरियाजन्य रोग लाग्छ।
जलवायु परिवर्तनबाट नेपाल जस्तो कम बिकसित राष्ट्रले कसरी फाईदा लिने?
१)खडेरी सहन सक्ने बालिका जातको संरक्षण,ब्यबस्थापन र प्रयोग गर्ने।
२)एक बाली मात्र खेती गर्नु भन्दा बाली विविधीकरण(बहु बाली) गर्ने।
३)भुक्षय कम गर्न भुइँ घाँस तथा डाले घाँस लगाउने।
४)जलवायुमा आधारित कृषि बिमा प्रणालीको संचालन गर्ने।
५)जलवायु परिबर्तन र जलवायु मैत्री कृषिका बारेमा क्षमता अभिवृद्धि कार्यक्रम र प्रबिधी प्रदर्शनी गर्ने।
अत: नेपालको कृषि प्रणालिको दिगो विकास गर्नका लागि जलवायुमैत्री पद्धति र प्रबिधीहरुको प्रभावकारि कार्यान्वयन र बिस्तार अपरिहार्य रहेको छ ।
No comments:
Post a Comment