Thursday, June 11, 2020

मजबुर अनि मजदुर ,किसान

                
 Writer: Pramila sharma,FWU
 Bsc agriculture 1st sem
 

चरी जस्तै पखेटा फिँजाएर
गगनलाई चुम्बन गर्दै
आँखामा सजिएका स्वपन लिई
मनका चाहना अनि भावना पुर्ण गर्ने!
; यहि आशा,अपेक्षा लिएर बिउँझन्छ मानव। यथार्थलाई नियाल्ने हो भने तितो हुन्छ तर जस्ले यथार्थलाई अँगाल्न सक्छ ऊ नै सफल कहँलिन्छ।
सपना देख्न दराउँदैन मानिस तर एक पटक पखेटा चुडिँने त्रासले ऊ खुल्ला गगनमा उड्न खोज्दैन अनि केही गरि हृदयलाई मनाइहाले पनि जिन्दगीमा यति सम्म विषम परिस्थिति सृजना हुन्छ कि मानिस कहिलै न उड्न चाहन्छ न त उठ्न नै खोज्छ। अनि आकाशमा चुम्बन गर्दै अवतरण गरिरहेका मानिसहरु यथार्थताको तितो सत्यमा दुब्न पुग्छन् सोही क्रममा कोहि तैरिएर बाहिर निस्कन्छन् त कोहि प्राण त्याँगछन् ।यथार्थता एउटा त्यस्तो शस्त्र हो जस्ले क्षणभरमै सम्पुर्ण सृष्टि परिमार्जन गर्नसक्छ।
हर्ष पछि विस्मात ,उज्यालो पछि अन्धकार ,उकालोपछि ओरालो ,आदि इत्यादि एकअर्का सँग जोडिएका हुन्छन् । एकको बिना अर्कोको अस्तित्व रहदैँन जसरी छानोबिना घर! संसारभर प्रकाश छर्न पनि सुर्य उदाउन आवश्यक छ जस्का लागि सर्वप्रथम रात पर्न जरुरी छ।
जिन्दगी दुई दिनमा सिमित हुन्छ भन्छन् : जन्म र मृत्यु !सम्पुर्ण जिवको जिवनको तितो सत्य हो मृत्यु जस्का लागि जिउन आवश्यक छ अनि सास छँदासम्म आस राख्नी परम्परा भनौँ या बानी!जिउँदै छु भनेर प्रमाण देखाउन सास चल्नु पर्छ अनि त्यसका लागि आवश्यक छ सर्वप्रथम गाँस,बाँस,कपास जस्को मुख्य स्रोत हो- कृषि ।
; जीवन जिउने आशाका त्यान्द्राहरु कृषिबाटै पलाउँछन,
उत्पादन गरिदिएका छन् र त घरघरमा चुला जलाउँछन् ,
ईश्वर पुज्न मठमन्दिर धाउन पर्दैन त्यो त पत्थर मात्र हो
अन्नदाता,जिवनदाता कृषकले नै सृष्टि चलाउँछन् ! 
 एक छाक भोकै बस्दा आलस्यताले छाएको मुहारबाट पनि स्पष्ट हुन सकिन्छ,कृषि जिवनको एक मात्र साहारा हो। कृषक सृष्टि फुलाउने हृदयका स्वर्गीय झन्कार हुन् ,महान कलाकार हुन,उनी नभए संसार नै जिवत हुँदैन,उनी मै भर पर्थे सृष्टिकर्ता ईश्वर !आफू र आफ्नो परिवार मात्र हैन पूरा विश्वलाई सहज जिन्दगी दिएर बचाइरहेको छ अनि कायम भएको छ हरेक प्राणी को अस्थित्व।आज झुपडी घर बनेको छ,कृषिबाटै उत्पादित मिठाईले बाल्यकाल मिठास भएको छ,थाकेर घर पुग्दा आमाको हातको रोटी प्रेमले भरिएको छ,कृषिमा क्रान्ति छ र त इतिहास निर्माण भएको छ।मरुभूमिलाई प्रकृतिले हराभरायुक्त बनाउने,माटो या बिना माटो उत्पादन गर्ने क्षमता भएका,एकमुठी बिउबाट कुइँन्टल फलाउन सक्ने अनि सम्पुर्ण सृष्टि बचाउने सामर्थ्य भएका महान व्यक्ती हुन् किसान।
तर बिडम्बना संसारलाई जिवित बनाइरहेको कृषक आज आत्मग्लानीका साथ जिन्दगी जिउन विवश भइरहेको छ।आज पुन: दिन ढल्किएर कालो रात्री आएको छ,कोरोना भाइरस ,कोभिड-१९ का नामले। एकछिनको अन्धकार पश्चात् नयाँ उशाको आगमन हुन्थ्यो ,जो प्रकृतिको नियम पनि हो तर अप्सोच यो पटक रात्री यसरी परिरहेको छ कि सुर्य उदाउने कुनै संकेत छैन।
विश्वव्यापी रुपमा फैलिएको महामारीले सम्पुर्ण जनधनको विनास यसरी गरिरहेको छ कि हिजो बाँच्नका लागि तछाडमछाड गर्दै दौडिने मानिस आज बन्द कोठा भित्र बसेर एकमुठी प्राण बचाइरहेका छन् । हिजो बाँच्नलाई उठ्न जरुरी सोच्ने मानिस आज एक निश्चित स्थानमा स्थगित छन् । आखिर एक मुठी सासभन्दा के नै ठिलो रहेछ र?आभुषण ,मणिमाणिक्य&; ,वैभवलाई ठुलो सोच्नेको सोच बदलियो,यो सब मिथ्या ठहरियो।
;अनि यो सबमा पिल्सिरहेको छ मजदुर किसान जो अहिले मजबुर भइरहेको छ। सर्वश्व स्थगित छ तर हातमुख जोर्नलाई त आहारा चाहियो जस्को लागि उत्पादन हुन जरुरी छ ।तर लकडाउनले गर्दा घरबाट बाहिर निस्किन पाएको छ,सब खानाका लागि दौडिरहेका छन अनि कृषक उत्पादन गर्न सकिरहेका छैनन् । संसारका पालनकर्ता आफ्नो परिवारलाई खुवाउन सकेको छैन।आफ्ना हतियार बोकि खेतमा जान सकेका छैनन् ।जस्को दैनिकी कृषिले चल्थ्यो त्यसमा पनि मजदुरी गरेर उनिहरु पलपल मरिरहेका छन्  अनि मजबुर भएर आत्मग्लानीका साथ दिनरात काँटिरहेका छन् ।खानाका लागि एकदाना केही छैन आज अन्न्नदाताका निवासमा,छ त केवल लाचारी ,मजबुरी। संसारलाई जीवन दिने किसान आज मृत्युलाई पर्खिरहेको छ,त्यो पनि खानाको अभावले।समस्याले यसरी घेरिसकेको छ कि अन्य कुनै विकल्प देखिरहेको छैन मजबुर र मजदुर किसान सिवाय आत्महत्या। आफ्ना सन्तान भोकले प्राण त्याग्नु अघि आफ्नै जीवन दिने सम्म सोच्न बाध्य भएको छ किसान!
; सम्पुर्ण मानव जातीको भावना ,सपना,चाहना,अनि विपना भिन्नभिन्न हुन्छ तर किसानको यी चार चिज मा सब साझा हुन्छ या भनौ एक मात्र हुन्छ संसारलाई बचाउने,सृष्टिलाई चलाउने।
तर विश्वको वर्तमान सन्दर्भलाई नियाल्ने हो भने अर्को महामारी भित्रने कुरामा कुनै दुईमत छैन त्यो हो- भोकमरी। एकातिर कृषि गर्ने कृषक आज पिजडामा थुनिए झैँ घरको बन्द कोठा भित्र खेतिका शस्त्र हेर्दै आँसु चुहाइरहेका छन् ,अनि कसरी हुन्छ उत्पादन?अनि उत्पादन बिना कसरी भोको पेट भरिन्छ?कसरी मेटिन्छ प्यासि आँत?  अनि अर्कोतिर उत्पादनको लागि आवश्यक सामान निर्माण गर्ने उद्योगधन्दा पनि बन्द छन् ।न त उत्पादन गर्ने कुनै मार्ग छ !न उत्पादक खुशी  छन्  न त उनक विश्वासमा बाँचिरहेका अन्य कुनै।सास त फेरेको छ तर आत्मग्लानिले पिल्सिरहेको छ किसान।आखिर मेरेतुल्य त भइरहेको छ जीवन।सम्पुर्ण संसारको जिवनदाता अनि सबलाई अन्नको भण्डारमा डुबाउने क्षमता भएका किसान आँशुको भेलमा डुबिरहेका छन् ।एकातिर नयाँ बाली उत्पादन गर्न हम्यहम्य परिरहेको छ अनि अर्को तिर उत्पादन गरिएका तरकारिहरुले उचित बजार पाउन सकेका छैनन् ।बजार सम्पुर्ण बन्द भएका कारण गाउँघरमै सस्तो दरमा विक्री गर्न बाध्य भएका छन् अनि धेरै जस्तो त कुहिएर फ्याक्नि  भएका छन् ।यसरी किसानको आर्थिक स्तरमा प्रत्यक्ष असर पुगेको छ जस्ले गर्दा देशको अर्थतन्त्रमा पनि नकारात्मक असर पुगेको छ।कस्तो बिडम्बना एकातिर उत्पादित वस्तुले बजार पाएको छैन अनि अर्को तिर समयानुसारको अन्नवाली उत्पादन गर्न गाह्रो परिरहेको छ!
त्यसैले अब कृषि क्षेत्रको लागि अन्य कुनै विकल्प खोज्न अत्यावश्यक देखिन्छ अन्यथा बाँच्न गाह्रो पर्ने छ।

4 comments: