writer: दिपक कुमार रोका
१. लोकसेवा जानकारी
- किवि फल लाई नेपाली मा ठेकी फल पनि भनिन्छ।
- बैज्ञानिक नाम Actinidia ferguson
- परिवार Actinidiaceae हो।
- किवि Diocious बिरुवा हो। भाले र पोथी अलग अलग बोट मा हुन्छन।
- किवि को बिरुवा १भाले बोट बराबर ८ ओटा पोथी बोट आबश्यक पर्दछ (१:८)।
- यस्को फुल सुरु मा सेतो र पछि पहेँलो हुन्छ।
- यसको फल लाई Berry पनि भनिन्छ।
- यसको खेती समुन्द्र सतह १५०० देखि ३००० मिटर सम्म राम्रो हुन्छ।
-किवि चिसो हावापनी मा हुने फल हो जसको लागि ४००-८०० Chilling Hours आबश्यक पर्दछ।
- किवि को लागि सापेक्षिक आद्रता (Relative Humidity) ७५-८०% आबश्यक पर्दछ।
- किवि को उत्पति चीन मा भएको हो।
- किवि फल को लागि बार्षिक बर्षा (Rainfall) १५०mm आबश्यक पर्ने गर्दछ।
- माटो को PH ५-६.५ उत्तम मानिन्छ।
- यसको लगाउने दुरि भनेको
* बोट देखि बोट (PP) - ४मिटर
* लाइन देखि लाइन(RR) - ६ मिटर
- प्रती रोपनी २० ओटा बिरुवा लगाउन सकिन्छ।
- बि स २०३७/३८ मा swis सरकार को सहयोग मा दोलखा मा भित्रिएको।
- बि स २०४३/४४ मा बागबानी किर्तिपुर मा परिक्षण को लागि लगाएको।
- यो लहरा मा फल्ने गर्दछ।
- यसको लागि पुर्बी दक्षिणी मोहोडा राम्रो मानिन्छ।
- नेपाल मा हाल सम्म किवि खेती व्यावसायिक रुप मा १० जिल्लामा भएको तर नेपाल मा ४० जिल्ला मा यस्को खेती राम्रो फस्टाउने अध्यन।
- The supreme of fruit को उपाधी ।
- हाल सम्म बिश्व मा ७६ प्रकार का किवि का प्रजाति फेला परेका।
राम्रो सँग तयार गरेको ब्याडमा रोप्दा नतिजा राम्रो पाइएको छ ।
२. किवि का जात र बिशेषता
----------------------------------------
क. हेवार्ड
विश्वमै सवभन्दा प्रसिद्ध भएको जात
अन्य जातहरु भन्दा फरक १वर्ष वढि फल्ने अर्को वर्ष कम फल्ने
फल चेप्टो फराकिलो भइ लम्वाइ भन्दा चौडाइ बढि
फलको वोक्रा हरियो रङको
फलमा वाक्लो झुस भइकन पनि नरम
फल स्वादीलो मिठो र गुलियो
वढि चिलिङ चाहिने
ढिलो फल्ने र पाक्ने
ख. एलिसन
फल हल्का ठुलो र लाम्चो
फल चाडैँ पाक्ने र अत्यधिक फल्ने
अमिलोपना कम भइ स्वादमा मिठो
बढि चिसो हावापानिको लागि उपयुक्त
ग. मोन्टि
- ढिलो फूल फूल्ने भएपनि पाक्ने समयमा अन्य जात जस्तै।
- झुप्पामा धेरै फल फल्ने वढि फल छाट्नु पर्ने।
- फलको स्वाद र गुलियोपना मध्यम वढी अमिलोपना भएको
घ. ब्रुनो
- फल ढिलो पाक्ने जात।
- अत्यादिक फल्ने स्वाभावको ।
- अन्य जातको तुलनामा कम चिलिङ भएको स्थानमा सजिलै खेतीगर्न सकिन्छ।
- प्रशोधन उद्योगको लागि उपयुक्त जात
ङ. हार्डि
- ठाउँ अनुसार यसको नाम फरक फरक हुन्छ , यो किवीलाइ हार्डि किवी, वेरी किवी, आर्किटक किवी , वेवी किवी, डिजर्ट किवी तथा ककटेल किवी आदि विभिन्न नामले चिनिन्छ ।
- यो जातहरुमा धेरै चिसो (३३ डिग्री से. ) हिउँको समयमा पनि उत्पादन दिन सक्ने क्षमता हुन्छ।
२ परिचय/इतिहास
--------------------------
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ । बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ । किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ ।
किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ। त्यतिखेर यसलाई चाइनिज गुजबेरीको रूपमा चिनिन्थ्यो। पछि फलफूल विज्ञहरूले यसको नाम ‘क्वी’ राखेका हुन्। यो न्युजिल्यान्डमा पाइने ‘क्वी’ चराजस्तै भएकाले यसको नाम ‘क्वी’ फल राखिएको भनिन्छ। यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ।
किवि फल को फाइदा
-----------------------------
- छाला स्वस्थ
- राम्रो निन्द्रा
- मुटुको स्वास्थ्यमा लाभ
- मिर्गौलाको पत्थरी हटाउँछ
- उच्च रक्तचाप घटाउँछ
- कब्जियत हटाउँछ
किबीमा पाइने पोषण तत्वहरू:
---------------------------------------
- क्यालोरी: ४२ ग्राम प्रतिगोटा
- प्रोटिन: ०.८ ग्राम
- चिल्लोको मात्रा: ०.१ ग्राम
- फाइबर: १ ग्राम
- भिटामिन सी: ३ माइक्रो ग्राम
-आइरन: ०.२ मिलिग्राम
- फोलेट:१७ माइक्रो ग्राम
No comments:
Post a Comment