संकलक : प्रदिप भारती
सिम्ता ८सुर्खेत कर्णाली प्रदेश
माटोको नमुना संकलन माटो जाचको सबैभन्दा पहिला गरिने कार्य हो। माटोको नमुना गलत तरिकाबाट लिनु भन्दा नमुना नलिएकै राम्रो हुन्छ। किनकी माटो जाचपछी गरिएको सिफारिस नमुना संकलनमा निर्भर रहने हुँदा गलत तरिकाले गरिएको नमुना संकलन उपयोगी हुन सक्दैन।
माटोको जाँच किन गरिन्छ?
-माटोमा खाध्यतत्वको अवस्था कस्तो छ थाहा पाउन
-खाध्यान्न तथा अन्य बालिको लागि आबश्यक पिएच छ या छैन थाहा पाउन
-माटो अम्लिय वा क्षारिय के छ पत्ता लगाउन
माटोको नमुना संकलन गर्दा ध्यान दिनुपर्ने पहिलो कुरा-
खेतबारिको छेउछेउ वा बिचबिचबाट मात्र नलिएर छेउ र बिच दुबै ठाँउबाट राम्रोसङ्ग मिलाएर W वा V आकारमा लिने ।
माटोको नमुना संकलन गर्दा थाहा पाउनै पर्ने अर्को कुरा-
प्लटको विभिन्न ठाउँबाट लिइएको नमुनालाई एकै ठाउँमा मिसाएर ४ भाग लगाउने । त्यसपछी उत्त ४ भागबाट १ भाग हटाई बाकी ३ भाग नमुनालाई फेरि ४ भाग लगाउने अनि माथिको जस्तै १ भाग हटाउने। यो कार्य तब सम्म दिहोर्याउने तबसम्म नमुनाको तौल १ किग्रा सम्म हुदैन। उत्त १ किग्रा बराबरको माटोको नमुनालाई सफा कपडा वा प्लास्टिकको थैलोमा राख्नुपर्दछ।
हरेक नमुनाको साथमा आफनो नाम,ठेगाना,लगाएको बाली ,खेतको नम्बर जस्ता कुराहरु समेटिएको तल दिइए जस्तै सूचना पुर्जि भरेर पठाउनु पर्छ।
अन्त्यमा,उत्त माटोको नमुना लाई परिक्षणको लागि नजिकैको कृषि शाखा वा सम्भव भएसम्म तल दिइएका माटो परिक्षण प्रयोगशालामा लिइ जाँच गराउन सकिन्छ।
No comments:
Post a Comment