Monday, June 29, 2020

धान दिवस को इतिहाससङै लोकसेवा सामाग्री

दिपक कुमार रोका
रुकुम पश्चिम डिप्लोमा कृषि 






१. धान दिवस 
===========
१.१ परिचय
---------------------
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रुपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।

१.२ धान दिवस को इतिहास 
-------------------------------------
- नेपाल सरकार को २०६१ मङ्सिर २९ को निर्णय अनुसार  नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । 
- सयुक्त राष्ट्रसंघ ले सन २००४ लाई अन्तर्राष्ट्रिय धान दिवस को रुप मा मनाएको थियो।
- २०७७ असार १५ गते मनाउने धान दिवस १७ धान दिवस हो।

१.३ हाल सम्म का धान दिवस का नारा हरु
-------------------------------------------------------
- २०६६ =" कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं "
- २०७४= "दुई बाली धान को बिस्तार, आर्थिक समृद्धि को आधार"
- २०७५ = "धान उत्पादन मा वृद्धि , राष्ट्र को समृद्धि"
- २०७६ = " धान खेत मा प्रबिधी र यन्तृकरण ,छमल आयात मा न्यूनीकरण "
- २०७७ = धान उत्पादन मा वृद्धि, आत्मानिर्भरता र समृद्धि "
 
१.४ धान दिवस तथा धान बाली विशेष लोकसेवा जानकारी 
----------------------------------------------------------
- विश्वकै सबैभन्दा अग्लो स्थान धान उत्पादन जुम्ला जिल्ला को छुमचौर जो २८६० मिटर उचाइ मा अबस्थित छ  । उक्त क्षेत्र मा मार्सी धान सफलता पुर्बक खेती भैरहेको छ।
- प्रमुख खाद्यान्न बाली धान हो।
- बिश्वमा धान उत्पादनको हिसाबले नेपाल हाल १७ औं स्थानमा पर्दछ।
- नेपाली लाई प्रती बर्ष आबश्यक पर्ने धान ६०लाख मेटृक टन हो।
- नेपाल को धेरै धान उत्पादन हुने प्रदेश २ हो भने सबै भन्दा कम हुने कर्णाली प्रदेश हो।
-  आ व २०७६/७७ को धानको उत्पादन ५५,५०,८७८ मे टन, क्षेत्रफल १४,५९,२२१ हे. र उत्पादकत्व ३.८ मे टन/हे रहेको छ।
- बिश्व को १९४ मुलुक मा धान उत्पादन हुने गर्दछ।
- हाल नेपाल सरकारले  धान लगाउनु भन्दा पहिला नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। {जसमा  मोटा धानको रु. २७३५ प्रति क्युन्टल र मध्यम धानको रू. २८८५ प्रति क्युन्टल तोकेको छ}।
- अन्तराष्ट्रिय धान दिवस सन् २००४ मा मनाईएको थियो जसको मुख्य नारा "धान नै जिवन हो" भन्ने रहेको थियो।
- धान उत्पादन लागि उपयुक्त तापक्रम २५-३२°C हो।
- विश्वमा धान उत्पादनको करिब 90 प्रतिशत धान एशियामा उत्पादन हुन्छ।
- विश्वकै सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो।
- नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो भने कम उत्पादन हुने मुस्ताङ हो।
- धान को बैज्ञानिक नाम Oryza satativa हो।
- कुल खेती योग्य जमिन को ८०% मा धान झेती गरिन्छ।

No comments:

Post a Comment