Monday, June 29, 2020

धान उत्पादनमा वृद्धि -आत्मनिर्भरता र समृद्धिको लक्षय

लेखक:सिरपत बढई
ठेगाना : रोहिणी गाँउपलिका-1,रूपन्देही 
अध्यन स्थान: कृषि विज्ञान संस्थान,काशी  हिन्दू विश्वविद्यालय वाराणसि





    हाम्रो देश नेपाल कृषि प्रधान देश रहेको छ । यहाँका 60 % भन्दा बढी मानिसहरू कृषि पेसामा आबद्ध रहेका छन ।तर पनि देशमा खाद्यान्न समस्या अड लि रहेको छ ।जसको पुरतीको लागि हामी छिमेकी राष्ट्रहरू माथि निर्भर हुनुपरेको छ ।हाम्रो देश नेपालमा धान एक खाद्यान्नको रूपमा लगाइने प्रमुख बाली भएर पनि देशको सबै कुरा जनसंख्यालाई धान्न सकेको छैन जस्ले गर्दा हाम्रो देश नेपाल आत्मनिर्भर हुन सकेको छैन आफ्नो एक गास को लागि पनि अरु देश माथि नै निर्भर हुनु परेको छ ।यसको प्रमुख कारण रहेको छ परम्परागत तरिकाले खेती गर्नु जस्ले गर्दा प्रति एकाई क्षेत्रफलमा उत्पादन कम रहेको छ । 
                                                                                                           खेतीयोग्य जमिनको दृष्टिकोणले हेर्दा हाम्रो देश नेपालमा कुल भूभागको 28 %  भूभाग खेतीयोग्य रहेको छ जसमध्ये 21% भूभाग मा खेती गरिन्छ र 7%भूभाग त्यति कै बाझो रहेको छ । यस 21% भूभाग मध्ये 1400-1500 भन्दा बढी भूभागमा धानको खेती गरिन्छ जसको परिणाम स्वरुप त्यति क्षेत्रबाट हुने उत्पादनले देशमा खाद्यान्न को पुरती हुन सकेको छैन । धानको उत्पादन कम हुनुको प्रमुख कारण रहेको छ परम्परागत कृषि प्रणाली तथा प्रति हेक्टर क्षेत्रफलमा धान को कम उत्पादन हुनु ।हाम्रो देश नेपालमा चाहि चैते धान तथा वर्षे धान लगाइन्छ जसमा चैते धानको उत्पादन क्षमता रहेको छ 3.4-4.6 मे.टन/हेक्टर र वर्षे धानको उत्पादन क्षमता रहेको छ 3.5-6.9 मे. टन/हेक्टर । यो उत्पादन दर चाहि सबै ठाउँमा एकै नासको छैन किन भने सबै किसानहरूले अपनाउने प्राविधि फरकफरक रहेको छ । जसले गर्दा देशको सबै मानिसहरूलाई पुग्न सकेको छैन ।
धानको राम्रो उत्पादन लिनको लागि पानी को समुचित व्यवस्था हुनु अति नै आवश्यक हुन्छ ।र जलवायु पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्रो देश नेपाल जलसम्पदामा दोस्रो धनी देश भएता पनि यहाँ सिचाईको व्यवस्था अहिले सम्मा पनि हुन सकेको छैन । जसले गर्दा धानको रोपाई समयमा नहुने तथा कहिले कही पानीको अभावमा खेतनै बाझो छोड्नुपर्ने अवस्था समेत सिर्जना हुन्छ । भने अर्को तिर रासायनिक खादको अभावमा किसानहरूले अर्को समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन्छ । तथा अर्को तिर विभिन्न प्रकारको किराफटयाङगराहरू तथा रोगले उत्पादन घटाउछन । धानबालीमा क्षति गर्ने मुख्य  किराहरूमा borer,seed bed beetle,  rice hispa, hopper, rice bug,leaf roller and meeli bug  रहेका छन तथा मुख्य रोगहरूमा blast, bacterial leaf blight,  brown leaf spot disease, root rot and khaira disease रहेको छ  । तथा जुन ठाउँमा सुख्खा धान लगाइन्छ त्यहाँ भने प्रति हेक्टर उत्पादन 2.3-3.5 मे.टन/हेक्टर रहेको छ ।जुन कि यो उत्पादन दर सबै ठाउँमा एकै नासको छैन जसको फलस्वरुप उत्पादन हुने धानबाट मात्रै देशको सबै जनसंख्यालाई पुगेको छैन ।हाम्रो देशमा उत्पादन दर जति नै कम रहेको छ त्यति नै नराम्रो तरिकाले खेती गर्ने पद्धति रहेको छ ।
   यस वर्ष 2077 असार 15 गते 17औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवलाई अत्मसात गरि त्यसको उद्देश्यलाई लक्षयमा लि अगाडि बढ्नुपर्ने हामी सबैको दायित्व रहेको देखिन्छ ।धान उत्पादनमा वृद्धि गारि आत्मनिर्भर हुन एक्लै सम्भव नभएकाले हामी सबै नेपाली एकजुट हुनुपर्ने अवस्था देखिन्छ ।जसको लागि हाम्रो देशमा co-operation को विकास गारि सिचाईको कुलो तथा बाजार व्यवस्था मिलाउने र समयमा नै बीउ छरिने त्यस नर्सरीको राम्रो हेरविचार गर्ने ।बीउलाई बीजउपचार गरेर मात्र छरने जसले गर्दा नर्सरीमा लाग्ने रोगहरूबाट बच्न सकिन्छ ।तथा समयमा नै नर्सरी सारी सक्नु पर्छ ।सबैभन्दा महत्वपूर्ण कुरा जुन खेतको तयारी गरिन्छ त्यो समय चाहि महत्वपूर्ण रहेको छ यो समयमा खेतलाई सकेसम्म कलटीवेटर तथा काठे हलोले जुताई गर्नु पर्छ जसले गर्दा माटोमा हुने हानिकारक जीवाणु चर्को घामले मर्छन् तथा किराहरूलाई चराहरूले खाई लिन्छन् यसको साथसाथै खरपतवार नियन्त्रणमा ठूलो सहायता पुग्दछ । बारी खरपतवार विहिन राख्नुपर्छ किनकी खरपतवारले 20-30% भन्दा पनि बढी उत्पादन घटाई दिन्छन् । बारीमा मलखाद सकेसम्मा माटो उपचार गरेर प्रयोग गर्नु पर्छ । माटोको उर्वरक शक्ति कम हुदै गएको तथा जलधारण क्षमता कम हुदै गएको हुनाले हरियो मलको तथा कम्पोषट मलको प्रयोगमा जोड दिए दिनुपर्छ । किसानले मात्रै एक्लै उत्पादनमा वृद्धि गर्न नसक्ने भएकाले यो उद्देश्यलाई पुरा गर्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहयोग महत्वपूर्ण देखिन्छ ।यसको लागि नेपाल कृषि अनुसन्धान परिषद्ले उत्पादन क्षमता बढिरहने तथा रोग प्रतिरोधक क्षमता को साथै विभिन्न ठाउँमा लगाउन मिल्ने Hybrids जातहरूको विकास गर्न अति नै आवश्यक रहेको छ । तथा उत्पादनमा बृद्धि गर्न नेपाल कृषि सामग्री कम्पनी लिमिटेडको भूमिका पनि महत्वपूर्ण रहेको छ । यस संस्थाले आफ्नो कर्तव्य सहीरूपले पुरा गर्नु पर्छ किसानलाई चाहिने रासायनिक खाद समयमा नै वितरण गर्नु पर्छ । 
                                                                         धान उत्पादनमा बृद्धि गर्न न्यूनतम् समर्थन मूल्यले (जुन यसपालि नेपाल सरकारले मोटा धानको 2 हजार 5 सय 32 रुपैया 80 पैसा तथा माध्यम धानको 2 हजार 6 सय 73 रुपैया 16 पैसा तोकेको छ) महत्वपूर्ण भूमिका खेलेको हुन्छ । किनभने यस प्रकारको मूल्यले हाम्रो छिमेकी राष्ट्र भारतमा आत्मनिर्भर तथा चाहेको बालीको उत्पादन बढाउन सकिने अवस्था सिर्जना गरेको छ । किनभने यस मूल्यले किसानहरूलाई प्रेरित गर्दछ तथा जुन बालीको मूल्य बढी हुन्छ त्यस बालीको उत्पादन बढी हुन्छ । Minimum support price लाई Bumper production को रूपमा लिन सकिन्छ । 
           धान उत्पादनमा बृद्धि -आत्मनिर्भरता र समृद्धिको सपना पुरा हुन नसक्नुको विभिन्न कारणहरू रहेका छन् जस्तै परम्परागत तरिकाले खेती गर्नु तथा नया प्रविधिको अभाव र किसानहरूद्वारा ग्रहण नगर्नु, उचित Crop rotation न अपनाउनु, उन्नत बीउको अभावको साथै मलखादको पनि अभाव हुनु, बजार भाव कम हुनु तथा लागत बढी लाग्नु, समुचित सिचाई सुविधा नहुनुको साथै आधुनिक यन्त्रको अभावको साथै देशको भौगोलिक बनावट विकट भएको हुनाले तथा सानो जोत र छिटकाव खेती भएको हुनाले आधुनिक यन्त्र प्रयोग गर्न नमिल्ने भएकाले उत्पादन लागत बढी रहेको छ ।
                                                                         यस्ता समस्याहरूको समाधान जब सम्मा हुदैन तब सम्मा उत्पादन बढ दैन । जुन छिड़काव खेती रहेको छ त्यो लाई नेपाल भूमि व्यवस्थापन विभागले सबै किसानको खेत एकै ठाउँमा गरिने व्यवस्था गरिनु पर्दछ जसले गर्दा यन्त्रहरूको प्रयोग गर्न सजिलो हुन्छ तथा किसानहरूलाई उन्नत जातको बीउ तथा खाद सजिलै मिलन सक्ने व्यवस्था मिलाउनको साथै सिचाईको समुचित व्यवस्था गर्नु पर्दछ ।यसको साथसाथै तालिमको पनि व्यवस्था सबै किसानको लागि गर्नुपर्छ । साथै माटो परिक्षणको व्यवस्था सबै नगरपालिका तथा गाँउपलिकामा हुनु अति नै आवश्यक रहेको छ । किनभने बिना माटो परिक्षण गराई किसानहरूले अन्धाधुन्ध रासायनिक मलको प्रयोग गरिरहेका छन् । जसको फलस्वरुप सुरुमा उत्पादन बढने तथा पछि उत्पादन घटने समस्या देखापरेको छ। किसानहरूले पनि आफ्नो कर्तव्य भुल्नु हुदैन केवल धान रोपाई गरेर मल खाद हालेर मात्र उत्पादन हुदैन त्यही भएकाले धान रोपीसकेपछि खेतमा पानी छ कि छैन  खरपतवार लागेको छ कि ,कुनै रोग त लागेको छैन, कुनै किराहरूले त आक्रमण गरेका छैनन् भन्ने कुरा को आवलोकन गर्दै रहनु पर्छ तथा कुनै समस्या देखापरेको छ भने नजिकको कृषि प्राविधिकसंगा सल्लाह लिनु पर्छ ।

No comments:

Post a Comment