writer:pappu kumar sah
Saptari kanchanpur
BSC.AG 4 Th semester, CNRM sindhuli
रामबुटन उष्ण प्रदेशिय (tropical) फलफूल मध्ये ऐक महत्त्वपूर्ण फल हो।रामबुटन नाम मलय शब्दको शब्दबाट आऐको हो जसको अर्थ कपाल हुन्छ।यो फल हेर्दा लिची जस्तै देखिन्ने झुप्पामा फल्ने तर बोक्रामा लामो कपाल जस्तै भयेको यो फल स्यापिन्डेसी(sapindaceae)परिवारमा पर्दछ।यो फलको बोक्रा छोडाउडा सेतो गुद्दी हुन्छ जुन खान्ने भाग हो र बिच्मा लिची जस्तै बीउ हुन्छ।यसको बोट 12 देखि 20 मि.को उचाई सम्म्को हुन्छ।यो फल्को बोत male,female अथवा hermaphrodite हुन्छ।यस्को फललाई drupe भनिन्छ।यो फलको खेती समुन्द्र सतह्देखी 800-900मि.सम्म्को उचाईमा हुन्छ।रामबुटन नेपालको लागि राम्रो समभावना बोकेको नौलो विदेशी फल हो।यदि यो फलको खेती नेपालमा गर्न सकियो भन्ने हाम्रो खाली जग्गाहरु उप्योगी हुनुको साथै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ र लिच्चिको ठाउँ पनि ओगट्न सकिन्छ।
उत्पति:
यो फलको उत्पदी इन्डोनेसिय,थाईल्यान्ड,मलेशियामा भयेको मानिन्छ तर येस्को उत्पादन अरु उष्ण दक्षिण ऐसियाली ठाउहरु जस्तै अफ्रिका, अष्ट्रेलिया ,सेन्त्रल अमेरिकामा पनि फैलियेको छ।
मौसम:
यो फल समुन्द्र सतहदेखी 800-900मि.उचाइको उष्ण प्रदेशिय ठाउमा हुन्छ।
बार्शिक पानी :150cm
तापक्रम :26degree celcious
चिस्यान:75-80%
माटो:
यो बलौटो माटो अथवा दोमाटो माटो जुन जैबिक पदर्थले धनी हुन्छ र पानी जम्दैन।
बिउको छ्नौट
बिरुवाको लागि येस्को बिज लियेर नि गर्न सकिन्छ तर बिवबाट बिरुवा उमार्दा धेरै दिनपछी उत्पादन दिनछ र कलमिबाट गर्दा छिटो उतपादन दिन्छ तर कलमिबाट लगायेको बिरुवा सारेपछी मर्ने हुनाले प्राय बिउबाट बिरुवा उमारिन्छ।
बिरुवा लगाउने तरिका
यो बिरुवा रोपदा 10×10 मि.को दुरिमा रोपिन्छ। कम दुरिमा लगायो भन्ने पछि बिरुवाहरु नजिकै भयेर उतपादनमा कमि आउनेभयेकले दुरि बनाई रोपनुपर्छ।
परागसेचन
यो फलको भाले र पोथीको छुट्टाछुट्टै बोट भयेकाले यस्मा परपरागसेचन हुन्छ।यस्मा परपरागसेचन मौरी, कमिला आदिको सहयाताले हुन्छ।
सिचाई
सुख्खा याममा आवश्यकता अनुसार।
रशायनिक मलको प्रयोग
1kg ammonium sulphate र 1Kg Complete fertilizer per tree
अथवा
15:2:12 kg NPK/Ha र 5.9 kg calcium/ha ,2.7 kg Mg/ha.
तोडने विधि:
यो फल वर्षमा दुई चोटि फल दिन्छ पहिलो जनुवरिमा र अर्को डिसेम्बरमा ।यो फल तोडदा अकै चोटि झुप्पामा तोडनुपर्छ।
यस्को प्रयोग
#येस्को पाकेको फल बोक्रा छोडायेर ताजा खान सकिन्छ र फललाई सुकायेर रामबुटन नट(nut)बनायेर पनि खान सकिन्छ।
#बास्नादर रामबुटनको फूलहरु खास गरेर मौरिको लागि आकर्षक हुन्छ र यश फूलमा ऐपिस सेरेना जातको मौरिले धेरै मह बनाउछ।
#यसबाट जाम ,जेलि,सर्वत ,आइसकृम जस्ता खाध्यबस्तु बनाउन सकिन्छ।
#येस्को दानाबाट साबुन ,मैनबती,तेल बनाउन प्रयोग गरिन्छ।
#फलमा पानीको मत्रा बढी ,रेसेदार ,कयालोरी कम हुने भयेकाले तौल घटाउन मदत गर्नुको साथै शरीर लाई कोमल बनाउन मदत गर्दछ।
यस फलका प्रयोगले हुन्ने फाईदाहरु
#यो फलको प्रयोगले immunity power बढाउन मदत गर्दछ।
#यो फलको प्रयोगले तौल घटाउन मदत गर्दछ।
#यो फलमा खनिज पदार्थ प्रचुर मात्रामा पाउने भयेकले कब्जियको समसयाबाट जोगाउने मदत गर्छ।
#येस्को नियमित सेवनले क्यान्सर लागनबाट बचाउछ।
#येस्को बोक्रा बाट बनेको पदर्थ प्रयोग गर्दा हिर्दय रोग लागनबाट बचाउछ साथै इन्सुलिन लाई कृयाशिल बनाई blood sugar leval घटाउछ जस्ले मधुमेह लागनबाट बचाउछ।
Wow so nice
ReplyDelete