Writer: रमेश निरौला
कृषि प्रविधिक
खोटाङ जिल्ला पुर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल र हालको संघिय संरचना अनुसार प्रदेश नं. १ मा पर्ने एक पुर्वी पहाडी जिल्ला हो । समुन्द्रि सतहबाट करीब २०० मिटर देखी ३४०० मिटर सम्मको उचाईमा रहेको यो जिल्लामा विभिन्न जात जाती, भाषा, धर्म, रितिरीवाज र चालचलन भएका मानीसहरु बसोबास गर्दछन् । यस जिल्लाको जातियता, धार्मीक, सांस्कृतिक विविधता भित्रको एकता र सहिष्णुता नमुनायोग्य रहेको छ । देशमा संघियता लागु भएपछी साविकको ७६ वटा गा.वि.स. लाई समेटेर हाल ८ वटा गाँउ पालीका र २ वटा नगरपालीका गरी १० वटा स्थानीय तहमा विभाजन गरीएको छ । भौगोलीक हिसाबले पनी विविधतायुक्त रहेको यस जिल्लामा विभिन्न प्रकारको हावापानी पाईन्छ प्राय गरेर उष्ण र समतिशोष्ण हावापानी साथै उर्भर भुमी, विभिन्न प्रकारको प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदाले भरीपुर्ण जिल्लाको रुपमा परीचित छ । विकासको हिसाबले भर्खर मात्र बामे सर्दै गरेको यस जिल्लाका अधिकांश मानीसहरुको मुख्य पेशा कृषि रहेको छ । यस जिल्लामा करीब ७४ हजार ४ सय हेक्टर खेतियोग्य भुमी छ जसमा करीब ६१ हजार हेक्टर क्षेत्रफलमा खेतिपाति भईरहेको छ । भने बाकी रहेको क्षेत्र बाझो रहेको छ । जिल्लाको कुल जनसंख्याको ६७ प्रतिशत जति मानीसहरु कृषि पेशामा आबद्ध रहेको पाईन्छ । कृषि क्षेत्रमा विगतको तुलनामा केही परीवर्तन भएको छ । विगतमा सिमीत मानीसहरुले मात्र व्यवसायिक, तरकारी खेति गरी जिल्लाका मुख्य बजारहरुमा मात्र तरकारीहरु विक्रि गर्ने गर्थे भने हाल आएर सरकारी तथा गैर सरकारी संस्थाहरुको अथक प्रयासले गर्दा किसानहरुले व्यवसायिक सिप सिक्ने मौका पाएका छन् हप्ताको एक दिन पर्खेर तरकारी किन्नु पर्ने बाध्यात्मक परीस्थिती बाट हाल तरकारी पसलहरुमा केन्द्रित भएको छ । टोल टोलमा प्राविधिक उत्पादन भएका छन् जसले गर्दा प्राविधिक समस्या परे पनी पहिले जस्तो कुरेर बस्नु पर्ने बाध्यता हटेको छ । परम्परागत खेति प्रणाली बाट केही कृषकहरु आधुनीक खेति प्रविधि अपनाई अगाडी बढ्दैछन् जिल्लामा निरन्तर रुपमा राजनीति गर्ने राजनीतिक कर्मीहरुको पनी कृषिमा ध्यानाकर्षण भएको छ जसले गर्दा कृषि क्षेत्रका कुराहरु बेला बेलामा उठको सुन्न पाईन्छ । त्यस्तै गरी केही राजनीतिक कर्मीहरुले त कृषि फर्म खोली व्यबसायिक खेती पनी गर्न थालेको पाईन्छ । नेपाल सरकार र अन्य गैर सरकारी संस्थाहरुबाट कृषिमा के कस्तो सहयोग पाउन सकिन्छ भन्ने कुराको जानकारी गाँउ बस्तिहरुमा पुग्न थालेको छ । कृषिको विकासको लागी सरकारी संस्था गैर सरकारी संस्थाहरु लागी परेको देखीन्छ कृषि पेशालाई यान्त्रिकरण र व्यवसायिकरण गर्ने उद्धेश्यले कृषकका माग अनुसारको विभिन्न प्रकारको सामाग्रीहरुको अनुदान साथै सहुलीयत दरमा कृषि ऋण पनी दिन थालीएको छ र बेलाबखतमा कृषकहरुलाई प्रोत्साहित गर्न पुरस्कृत गर्ने कार्यक्रम पनी हुदै आयको छ । फलस्वरुप कृषकहरुले दैनीक ताजा र हरीयो तरकारी खाने र बाकी रहेको तरकारीहरुलाई बेचविखन गरेर आफ्नो घर व्यबहार चलाउने गरेको पाईन्छ । यस क्षेत्रमा उत्पादन भएको आलु, लिची, अलैची, अदुवा जस्ता कृषि उपजहरु जिल्ला बाहीर निर्यात हुने गरेको छ । यसले गर्दा यहाका मानीसहरुको जिविकोपार्जन गर्न र आर्थीक उपार्जन गर्न निकै टेवा पुर्याएको छ । अतः यसो भनीरहदा कृषकका समस्याहरु पनी थुप्रै रहेका छन् । खोटाङ जिल्ला भुगोलको हिसाबले विकट पुर्वी पहाडी जिल्ला भएकाले यातायातको पहुच सबै तिर पुग्न सकेको छैन, जस कारणले गर्दा प्राविधिक जनशक्ति जिल्लाको सबै क्षेत्रमा पुग्न नसक्नु त्यस्तै कृषकहरुले उन्नत जातको विउ विजन र मल समयमा नपाउनु, जिल्लाको अधिकांश भु भाग सुख्खा हुनु अर्थात सिञ्चित जग्गा कम हुनु, प्रविधिक ज्ञान सिपको अभावले अझै पनी परम्परागत खेति प्रणाली अपनाउनु पर्ने बाध्यता हुनु र कृषकहरुले उत्पादन गरेका कृषि उपजको बजार मुल्य विचौलीयाले तोकीदिने बाध्यात्मक परीस्थिति हुनु, जिल्लामा भएका युवा जनशक्ति बैदेशीक रोजगारीका लागी विदेश तिर पलायन हुनु र भएको जनशक्ति पनी सही रुपमा परीचालीत हुन नसक्नु, मानीसमा अल्छीपना बढ्नु आदी कारणहरु यहाँका प्रमुख समस्याहरु रहेका छन् उल्लेखीत समस्याहरु लाई कसरी व्यबस्थित ढङ्गबाट समाधान गर्दै कृषिमा व्यबसायिक र आधुनीकिकरण गर्ने कुराको नितिगत योजना बनाउने कुरामा समग्र जिल्ला नै अन्योलमा रहेको अवस्था देखीन्छ । कृषि क्षेत्रमा सरोकार राख्ने सरोकारवालाहरुले उचित निति नियम बनाई कृषिक्षेत्रमा लगानी गर्न र युवाहरुलाई आर्कर्षित गरी रोजगारीको सुनिस्चितता गर्न सक्नु प्रमुख आवश्यक्ता रहेको छ । थोरै उत्पादन गर्न पनी आवश्यक्ता भन्दा बढी श्रम परीरहेको स्थितिबाट कृषि व्यवसायलाई आधुनीकिकरण गरी उत्पादनलाई बजारमुखी बनाउने र उल्लेखीत समस्याहरुलाई सम्बोधन गर्दै सम्भावनाहरुको उच्चतम् खोज र सदुपयोग गरी कृषि क्षेत्रबाट नै समग्र खोटाङ जिल्लालाई समृद्ध बनाउनु आजको आवश्यक्ता देखिन्छ ।
No comments:
Post a Comment