Sunday, June 21, 2020

अमेरिकन फौजी किराको प्रकोप र यसको ब्यवस्थापन

writer:राम भट्टराई
गल्याङ् न.पा. ०८, करादी, स्याङ्जा
अध्ययनरत (स्नातक कृषि विज्ञान संकाय, चौथों सक्रान्त)
पञ्जाव प्राविधिक विश्वविद्यालय, भारत





नेपालमा अमेरिकन फौजी किराको प्रकोप र यसको व्यवस्थापन
गहुँ र धान पछिको संसारको तेस्रो महत्वपूर्ण बालीका रुपमा मकैलार्ई मानिन्छ । मकै तराई देखि उच्च पहाड सम्म खेती गरिन्छ । विकसित मुलुकहरुको तुलनामा नेपालमा मकैको औसत उत्पादन न्यून रहेको छ । विश्वमा कुल मकै उत्पादनको आधा अंश पशुलाई खुवाइन्छ । नेपालमा मकै विशेषत पहाडी क्षेत्रको दैनिक अडिलो खानाको रुपमा उपयोग गरिन्छ । मकैको पिठोबाट रोटी, ढिडो आदि तयार पारिन्छ । अहिले विश्वभरी कोरोना भाइरसले आक्रमण गरिरहेको अवस्थामा अमेरिकन फौजी किराले बाली नालीमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ । 
अन्नबालीमा व्यापक नोक्सानी पुर्‍याउने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर किरा हो । अमेरिकन फौजी किरा अमेरिकाको रैथाने किरा हो । यो किरा सन २०१६ मा अफ्रिकामा महामारिका रुपमा देखा परेको थियो । एशिया महादेशमा पहिलोपटक सन २०१८ को मेँ महिनामा भारतको कर्नाटका राज्यमा उक्त किरा भेटिएको थियो । यस किरा नवलपरासी जिल्लाको गैँडाकोट क्षेत्रबाट २०७६ साल बैशाष २६ गते नेपालमा पहिलोो पटक फेला परेको हो । यो किरा नेपालको अधिकांश जिल्लामा देखा परेको छ । यो किरा विशेषगरि मकैमा बढी लाग्ने गर्दछ । मुख्यतया मकै मन पराउने यस किराले मकै नपाएको अवस्थामा धान, गहुँ, कोदो, उखुबाली, जुनेली तथा घाँसबालीहरुमा समेत व्यापक रुपमा क्षती पुर्‍याउने गर्दछ । नेपालका विभिन्न जिल्लामा देखिएको फौजी किराको प्रकोपले किसानहरु पिडित भएका छन् ।
मकै बालीबाट राम्रा आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणबाट अनिकालले सताउने हो कि भन्ने चिन्तामा छन् । विगतमा पनि बाराका किसान मकैको धागोमा दाना नलागेर पिडित भएका थिए । 
बालीमा क्षति पुर्‍याउने किराको लार्भाले हो । फौजी किराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र धागो समेत खाइदिन्छ । बालीनालीका लागि अहिले सम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ । खाना र बासस्थानको खोजीमा यो किराको वयस्क पुतली एक दिनमा १०० कि.मी. र जीवनमा २००० कि.मि सम्म उडेर जान सक्दछ ।
यस फौजी किराको जीवन चक्रमा अण्डा, लार्भा, प्युपा र वयस्क गरि चार चरण हुने गर्दछ । यी मध्ये लार्भा अवस्था मुख्य हानिकारक रहन्छ । वयस्क भाले र पोथीको संसर्ग पछि पुतली विरुवाको पात तथा अन्य भागमा १० देखि २०० वटा अण्डा थुर्पोमा पार्दछ । वयस्क पुतली ध्वासे रङ हुन्छ र पूर्ण रुपले बढेका लार्भाहरु गाढा हरिया अनि पहेँला रङ्ग मिसिएको र पिठ्युमा धर्का भएका हुन्छन् । लार्भाहरुले मकैको विरुवाको सबै भागमा क्षति पुर्‍याउछन् ।

रोकथाम तथा नियन्त्रणः–
मकै रोप्नु पहिले गहिरो गरेर जमिन खनजोत गर्ने ।
धागो राम्रोसँग खोस्टाले छोपिने मकैको जात लगाउने ।
मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात एक हप्ता भित्र नै मकै रोप्ने 
मकैमा कोशेबाली अन्तरबालीको रुपमा लगाउदा किराको प्रकोप कम गर्न सकिन्छ । 
डेस्मोडियम घाँस यस किरालाई मन नपर्ने हुनाले मकैको बीचबीचमा यो घाँस लगाएर यस किरालाई धपाउने र छेउछाउमा यस किरालाई मनपर्ने नेपियर घाँस लगाएर किरालाई आकर्षित गरि मार्ने ।
क्षतीको लक्ष्ण देखा परेमा इमायेक्टिन बेल्जोएट ४ प्रतिशत एसजी ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने, एउटै विषादी निरन्तर प्रयोग नगरी आलो पालो प्रयोग गर्न तथा घोगा लगाएकोमा विषादी छर्न हुदैन ।
केही दिन अघि मात्र नेपाल सरकाले अर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा कृषि क्षेत्रलाई उच्च प्राथमिक्तामा राखी बजेट विनियोजन गरेको घोषणा गरेको छ । विनियोजित रकम वास्तवमै सहि स्थानमा खर्च गरी कृषकको समस्यालाई हल गर्न र बालीनालीमा देखिएका यी यस्ता शत्रुजीवको उचित रोकथाम र नियन्त्रणका निम्ति उचित पहल ८


No comments:

Post a Comment