Tuesday, June 23, 2020

" बाजुरामा जैतुन खेतिको बिस्तार "

Writer:- Suraj Pandey
Faculty:- I.Sc Ag 3rd year (plant science )
college:-Tanahun Technical School Bhimad Tanahun (CTEVT)
 




जैतुनको लागि नेपालको एकमात्र क्षेत्र (Zone) हो बाजुरा । नेपालको बाजुरा जिल्लामा पाइने जंगली जातको जैतुन (olea cuspidata)लाई स्थानीय भाषामा "लौठो" भनिन्छ । यो लौठो परापूर्व कालदेखी समुन्द्री सतह बाट १००० मिटर देखि २५०० मिटरको उचाईसम्मका जङ्गलमा प्राकृतिक रुपमा फैलिदै हुर्कदै आएको छ । बाजुरा जिल्लामा २०,००० हेक्टर भन्दा बढी स्थानीय जातले ढाकेको अनुमान छ ।स्थानीय जातका जैतुन पाइने बाजुरामा युरोपियन जैतुन (Olea europaea ) हुन सक्ने सम्भावना देखेर नेपाल सरकारको अनुरोध र इटली सरकारको आर्थिक एवं प्राबिधिक सहयोगमा नेपाल स्थित एफ.ए.ओ (F.A.O) को संयुक्त प्रयासमा सन् २००६ मा बाजुरा जिल्लाको कोल्टी (१४००मि.उचाई  )मा   इटलिबाट २८ जातका जैतुन लगाइ जैतुनको परिक्षण बगैंचा (pilot olive orchard) स्थापना भयो। अहिले परिक्षण बगैंचामा उन्नत जातका जैतुन फलिरहेका छ्न् र ती मध्ये बढी फल्ने जातका जैतुन बिरुवा तयार गरि किसानको बारिमा लगाउने काम सुरु गरिएको छ। 
   
   प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आ.ब २०७३/०७४) ले बाजुरालाइ जैतुन जोन छ्नौट गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लालाई जैतुनको सुपरजोन निर्माणका लागि कार्यक्रम अघि बढाएको छ । साविकका वाई, जुकोट, जगन्नाथ र बाधु गाविसमा सञ्चालन भरहेको कार्यक्रममा बि.सं २०७५ सालमा १५ वटा नयाँ बगैँचा तथा पकेट क्षेत्र थप गरिएको थियो । सुपरजोन निर्माण हुँदा जिल्लामा जैतुनको बृहत् व्यावसायिक उत्पादन तथा औद्योगिक क्षेत्रका रुपमा विस्तार हुने हुँदा स्थानीय तह र स्थानीयवासीले समेत जैतुन खेतीलाई विस्तार गर्नुपर्ने देखिन्छ ।
  
  महत्त्व :-
क) स्वास्थ सम्बन्धि महत्त्व :-
  जैतन तेल एवं फलको नियमित सेवनले -
१)जैतुनको तेल प्राकृतिक रस हो जुन स्वाद , सुगन्ध एवं भिटामिनको लागि पनि प्रयोग गरिन्छ ।  
२)मुटु रोगदेखी  अर्बुद (Cancer) रोगीसम्मलाइ उपयोग गर्न सकिने यो तेलको प्रयोग युरोपेली मुलुकमा बढि प्रयोग हुन्छ।
३)यौन क्षमता बढाउछ साथै दिमाग तेज बनाउछ।
४)उच्च रक्तचाप र मदुमेह रोगलाइ नियन्त्रण एवं नियमित गर्छ तथा immune system बढाउछ।
५)बिर्सने (Dimensia), अल्जाइमर रोग र रगत जम्ने ( Blood clotting) रोग नियन्त्रण गर्छ। 
६)बूढो हुने गति (Aging) कम गराउछ। 
७)खाना पचाउन मद्दत गर्छ।
८)पत्थरी लाग्न नदिन मद्दत गर्छ साथै मस्तिष्कको बिकासमा सहयोग पुर्याउछ।
९)अनुहार को पोतो हटाउने, अनुहार चाउरी पर्न नदिने साथै छाला र कपालका रौंहरु स्वस्थ राख्न मद्दत गर्छ ।
१०) कोषिका वृद्धि गर्न र घाउ छिटो पुरिन मद्दत गर्छ।
११)काखिको दुर्गन्ध हटाउन र रोगका किटाणु नस्ट गर्न मद्दत गर्छ। 
१२) जैतुनको तेलमा बढी मात्रामा Mono unsaturated fatty acid 80% पाइन्छ, यसको सेवनबाट cholesterol बढ्दैन ।

ख) आर्थिक महत्त्व :-
धान,गहुँ ,मकै,कोदो भन्दा ५ गुणा बढी आम्दानी यो बालिबाट लिन सकिन्छ। जैतुनको काट्छाट गरेको हाँगाबिँगा राम्रो बल्ने दाउरा हुन्छन र पातहरु भेडा बाख्राले खान्छन् साथै पिनाबाट आगो बाल्ने गुइठा बन्छ। पिना मलको रुपमा पनि प्रयोग हुन्छ ।जैतुनको काठ चिल्लो र बलियो हुने भएकाले झ्याल ,ढोका बनाउन पनि सकिन्छ ।जैतुनको काठबाट बनेका हस्तकला  (Handicrafts) बढी मुल्यमा बिक्रि हुन्छन ।साथै जैतुन को फल टिप्न बढी श्रमिक चाहिने भएकाले प्रशस्त रोजगारीको अबसर प्राप्त हुन्छ ।

ग) औद्योगिक महत्त्व :-
जैतुनको तेलबाट बढि मूल्यवान सेन्ट,साबुन,क्रीम र अन्य कस्मेटी सामानहरु बनाइन्छ आयुर्वेदिक औषधि उत्पादनमा प्रचुर मात्रामा यसको प्रयोग गरिन्छ। यसको कमसल तेल बत्ती बाल्न र मेसिनरी औजारमा प्रयोग गरिन्छ ।जैतुनको तेल पेल्न, अचार बनाउन, खेती गर्न र फल टिप्न ,ढुवानी गर्न आदि कार्यको लागि आवश्यक पर्ने मेसिन एवं औजारहरु निर्माण गर्न कल-कारखानाहरु स्थापना भयका हुन्छन।

घ) धार्मिक एवं सामाजिक महत्त्व :- 
धेरै पहिले देखि पबित्र मानिने जैतुनको तेल अहिले पनि धार्मिक चाडवाड एवं समारोहमा प्रयोग गरिन्छ। जैतुन तेल खान र शरीरमा घस्न मात्र नभई मन्दिर, चर्च,मस्जिदमा बाल्ने र देवतालाइ चढाउने गरिन्छ साथै क्रीस्मसमा विशेष महत्त्व हुन्छ। प्राचिनकालमा देवी देवतालाई चढाउन र ठुलावडाको स्वागत गर्न जैतुन मुनाको गुच्छा दिने गरिन्थ्यो भन्ने बिश्वास रहेको छ। जैतुनको तेल र पात सहितको हाँगा मृत शरीर र चिहान मा राख्ने गरेको पाइन्छ । 

      तर, दुखको कुरा यो छ कि जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जाने गरेको छ । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब ५० करोडको जैतुन तेल बेच्न सकिने जैतुन कार्यान्वयन एकाइ जोन कार्यालय बाजुराको भनाइ छ ।

 बाजुरेली कृषक लागि PMAMP ले जैतुन तिर आर्कषित गर्न सके यूरोपियन देशमा जैतुनको तेल(Olive Oil)को माग बढ्दो छ र जैतुन प्रसोधित गरेर निर्यात गर्न सक्यौ भने नेपालको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्नेछ । जैतुन सम्बन्धि जानकारी र पर्याप्त ट्रेनिङ दिएर प्रस्रोधनको ग्यारेण्टी सरकारले जिम्मा लगिदियोस् भन्ने चाहन्छु । त्यसैले सम्बन्धित सरोकारवाला र जनप्रतिनिधिको ध्यानाकार्षण गराउन चाहन्छु।
 

1 comment: