Writer: Bivek Chaube ( Sambed Kumar Chaube)
Study place; Institute of Agriculture science, BHU
Level of study; B.Sc(hons) Ag - ll ( completed)
म विवेक कुमार चौबे यस कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वार्ड नं ७ को एक सामान्य परिवारको सदस्य हु। कपिलवस्तु जिल्ला तराईमा पर्ने हुनाले यहाँ खेती योग्य जमीन पर्याप्त छ।यहाँका मानिसहरुको जिवीकोपार्जन को मुख्य स्रोत कृषि नै हो। यहाँ का कृषकहरू बिउ हालेको दिन देखि राम्रो र अधिक उत्पादन को सपना सजाएर कडा परिश्रम गर्न पछि हट्दैनन्। मुख्यतः यहाँ धान, गहुँ, मकैको, नै बढि खेती गरिन्छ जसमध्ये उत्पादन को केही भाग अाफ्नाे खाना को लागि राख्छन् र बँचेको ( Surplus produce) भाग बजार मा बेचेर अाफ्नाे घरपरिवार चलाउछन्। धेरै जसो किसानहरू अाफ्नाे अाय बृद्धि गर्न मौसमी तरकारी खेती गर्न थालेका छन्। पशुपालन तर्फ हेर्ने हो भने गाई, भैंसी, कुखुरा, सुंगुर अादिको पालन गरेर आफ्नो अर्थव्यवस्था सुदृढ गरेका छन्।
हालको कृषि अवस्था ;
कोरोना महामारीको कारण कृषि उत्पादनले बजार नपाएर कृषकहरुको आर्थिक स्थिति कमजोर हुन गएको छ। कोरोना संक्रमण फैलाउनामा कुखुरा ( मासु)को पनि भूमिका रहेको जस्तो भर्ामक कुराको कारण धेरै जसो कुखुराहरु या खाल्डोमा पुरिए या एकदम सस्तो मूल्यमा बिक्री गर्न बाध्य भए।
अहिलेको समय भनेको धान र मकै रोप्ने समय हो। हालको कोरोना महामारीको कारण सब घर मै छन र अाफ्नाे समयको सदुपयोग गर्न खेती गर्न लागेका छन्। गेहुको राम्रो उत्पादन लिएर किसानहरू धानको खेती गर्न तर्फ लाग्ने उद्देश्यले बिउ छरि सकेका छन् र अब ५/६ दिन पछि रोपाईको काम सुरु हुन्छ। तरकारीको खेती गर्ने कृषक तरुल, घिरौला, बोडी, परवल, भिन्डी अादिको बिउ रोपी सकेका छन्। धानको (seedling) बेर्नालाइ समय समयमा सिचाइ गर्नु का साथै उचित दरले मलखाद हाल्ने काम भाकै छ, जसले गर्दा चारै तिर हराभरा देखिएको छ। सुर्यको प्रकाश (soil solarization)ले माटोमा भएका बिभिन्न अनावश्यक जीवाणुलाइ नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले खेतहरु कल्टिवेटर- ट्र्याक्टरले जोताइको काम सकिसकेको छ। हालको लकडाउनको कारण घरमै बसेका र अाधुनिक कृषिको सोच राख्ने मान्छेको कारण अाधुनिक कृषि को साधनको उपयोग बढ्दो देखिन्छ।
यहाँका कृषि कार्यका चुनौती हरु ;
यहाँका धेरै जसो किसानहरू (१-२) बिघा कृषि योग्य भूमि भएको category मा पर्छन् , त्यसमा पनि Unplotted land pattern मुख्यतः चुनौती हो। यस्तो अब्यवस्थित कृषि योग्य भूमि बिभाजनले गर्दा बिभिन्न किसिमका समस्या आउने गर्छ जस्तै Tractor ले खेत जोत्न नमिल्ने, Combine harvester ले धान गहुँ काट्न नमिल्ने , सिचाइ गर्न गाह्रो, आफ्नो अन्नबाली माथि पूर्ण निगरानी नसक्ने जस्ता समस्या कृषकको लागि ठूलो चुनौति हो। पर्याप्त मात्रामा सिचाइको साधन नभएको ले किसानहरू वर्षा अाधारित (Rainfed ) खेती गर्छन् जस्को कारण कहिलेकाहीँ उत्पादन मा कमि अाउने गरेको छ।
किसानको लागि चुनौती को कमी छैन, खेती गर्ने समय अाउन साथ बिउ किन्न भारत जानपर्छ। जसरी तसरि बिउ ल्याएर रोप्छ, त्यसपछि मलखाद हाल्ने समय अाउछ र त्यो बेला चाहिएको जति मलखाद नि पाउन गार्हो हुन्छ र फेरि भारतबाट मलखाद ल्याउन बाध्य हुन्छ। जसरी तसरि उत्पादन गर्यो तर आफ्नो उत्पादन को राम्रो मुल्य नपाएर , सस्तो मूल्यमा बेच्न बाध्य हुन्छ ।
यत्तिकको चुनौती को सामना गरेर नि यहाँ का कृषकहरू राम्रो उत्पादन पाएका छन् र देशको खाद्यभन्डारणमा टेवा पुर्याउने काम गरेकै छन् र सायद त्यही भएर होला भन्ने गरिन्छ कि यदि किसान खुसी हुन्छ भने सारा देश खुसी हुन्छ।
सम्भव समाधानहरु;
दिन प्रतिदिन हेर्ने हो भने जनसंख्या को बृद्धि तिब्र छ तर कृषि योग्य भूमि घट्दै गएको छ। यस्तो अवस्थामा किसानले आफ्नो उत्पादन बढाउनै पर्छ , अाफुसँग भएको जमिनबाट अधिक उत्पादन लिन जान्नुपर्छ।
किसानहरुको लागि उचित तालिमको व्यवस्था, गुणस्तर बिउ उपलब्ध गराइदिन , समयमा मलखादको ब्यवस्था गराउनुपर्छ।
बिभिन्न संघ संस्थाले किसान को हितका लागि कार्य गर्न पर्छ।
कृषि योग्य भूमिको उचित ब्यवस्थापन गर्नपर्छ जसले गर्दा खेती गर्न सजिलो हुनजान्छ।
भनिन्छ नि " Once in your life you need a doctor , a lawyer and a police man, a preacher but everyday ,three times a day you need a farmer"
Well bro 👍
ReplyDelete