लेखक:श्री कृष्ण यादव , जनकपुर जनकपुर जन्मे म त गाउँ कस्तो थाहा छैन्
जाने रहर हुदाँ पनि जान पाएको छैन्
गाउँघरको हावापानी कति रामो् हुन्छ रे
वनजंगल, हरियाली मनै छुन्छ रे।
धान, गहुँ ,तोरी फल्छ मेरो गाँउमा
सफा पानी बग्छ मेरो ठाउँमा
फोन गरी खबर सोध्छु त्यहाको
मैले पनि भन्ने गरछु खबर यताको।
भुमि माथि उफ्रे होलान् , बुरुक बुरुक घरमा
सबैको जीवन अडेको छ, खेत पाखाको भरमा
गाउँघरमा घाम परे बनिदिन्छ म छाया
जिन्दगीको गोरेटोमा कहिले घाम कहिले छाया
खै किन लाग्छ गाउँ घरको अति माया।
यहि गाउँमा फल्ने गर्छ , धेरै मकै ,कोदो, गहुँ
हिजो राजा विराटको रोजाईमा परेको मेरो गाँउ
स्वर्ग भन्दा प्यारो लाग्छ , त्यही घुम्न जाउँ
स्वर्गीय आनन्द पाईने , आहा! मेरो गाउँ
नामै सुन्दा आनन्द आउने ,आहा!
मेरो गाउँ।
No comments:
Post a Comment