Wednesday, May 12, 2021

भुँइएेँसेलु (Strawberrry)

Writer :Devidatta Rokaya                        Agriculture Student of Nepal Polytechnic Institute (NPI) ,Bhojad ,Chitwan

Fragaria ananasa एउटा low chilling प्रजातिको स्ट्रबेरी हो। हेर्दा अाकर्षक मुटु आकारको देखिने रातो रङगको रसिलो स्ट्रबेरी फल एउटा फल मात्र नभएर ब्रान्ड पनि हो।स्ट्रबेरी फललाई धनाढ्यहरुले मात्र नभएर नयाँ जमानाका युवा पुस्ताले पनि विशेष रुचाउने भएकाले नयाँ जमानाको नयाँ फलखेती भनेर पनि चिन्ने गरिन्छ। ताजा फलको रुपमा खाने भएकाले यसको बजार निकै राम्रो छ। यसलाई प्रशोधन गरी जाम ,रस , आइसक्रिम र मिल्क शेक फ्लेबर बनाउन पनि प्रयोग गरिन्छ। स्ट्रबेरी पौष्टिकताको हिसाबले पनि महत्त्वपूर्ण फल हो। यसमा भिटामिन 'C', ,फाइबर ,सैलिसिलिक एसिड लगायत विभिन्न खनिज तत्त्वहरु पाइन्छन्। क्लोस्टेरोल र बोसो रहित स्ट्रबेरी फल बढ्दो उमेरको लक्षण कम गर्न ,दाँत चम्काउन ,डण्डिफोर हटाउन ,रगत सफा गर्न र रुप सिँगार्न सदुपयोग गरिन्छ।

                             स्ट्रबेरी चिसो हावापानीमा फस्टाउने बाली भए पनि जैविक प्रविधि विकासले यसका विभिन्न जातलाई तुलनात्मक रुपमा गर्मी भनिएका ठाउँमा समेत उत्पादन गर्न सम्भव हुने बनाएको छ। फलस्वरुप वातावरणीय दृष्टीकोणले उष्ण मानिएका विश्वका कैयौँ ठाउँमा स्ट्रबेरी उत्पादन सफल भएका छन्। बिरुवा साना र लहरा जाने किसिमका भएकाले जग्गाको तयारी गर्दा निकै ध्यान दिनु पर्दछ। दुई-तिन पटक खनजोत गरी झारपात हटाउने र माटो खुकुलो एवम् बुरबुराउँदो बनाउनु पर्दछ। एउटा फलिसकेको स्वस्थ बिरुवाबाट 12-18 वटासम्म रनर्स(डटर बिरुवा)तयार गरिन्छ।माउबोटबाट निस्केका लहराहरु भुँइको सम्पर्कमा आउँदा गाँठोबाट जरा निस्किन्छन् र नयाँ रनर्सको विकास हुन्छ। नर्सरी ब्याडमा माघ- फाल्गुनतिर हुर्काएर भदौ- आश्विनमा मुख्य फिल्डमा सार्न सकिन्छ।मूल बिरुवाबाट भन्दा तन्तु प्रजननबाट बिरुवा लगाउँदा उत्पादन बढी भई जातीय गुण सुरक्षित हुन्छ। तन्तु प्रजननबाट उत्पादन गरेको स्ट्रबेरी बिरुवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ। बिरुवालाई माटोमा ड्याङ बनाएर एउटा ड्याङमा दुई लाइन बनाई लगाइन्छ। बिरुवा- बिरुवा=30-35 cm,चौडाई=70-90 cm,ड्याङ-ड्याङ=45 cm दुरीमा स्ट्रबेरी लगाइन्छ। जाडो याममा दोमट माटोमा चिस्यान रहिरहने भएकाले फल गुलियो हुन्छ। बिरुवा रोपेपछि नियमित गोडमेल गर्नुपर्छ कि प्लास्टिक मल्चिङ हालेको हुनुपर्छ। थोपा सिँचाइमार्फत घुलनशील मल प्रदान गर्न सकिन्छ।

                            स्ट्रबेरी रातको समयमा बढी फुल्ने र फल्ने गर्दछ। बिरुवा फुल्न र फल लाग्न 5-15 डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ। राम्रो वृद्धि र विकास हुन स्ट्रबेरीलाई 5- 25 डिग्री सेन्टिग्रेड तापक्रम आवश्यक पर्दछ। बिरुवा रोपेको 8- 10 हप्तामा फुल्न र फल दिन थाल्दछ। फूल फुलेको 30-35 दिनभित्र फलको विकास भई टिप्न लायक हुन्छ। यस अवधिमा फूल फुल्ने ,फल लाग्ने ,र टिप्ने क्रम चलिरहन्छ। स्ट्रबेरीमा एन्थ्राक्नोज र ग्रे मोल्ड जस्ता रोगहरु अनि सुलसुले (माइट),थ्रिप एवम् पुतली वर्गका किराहरुले सताउने गर्दछन्।Integrated Disease & Pest Management Principles Utilization,field sanitation & spray Captan 2-3 gm/ltr.of water and monitoring etc.are  required for the control of disease & pest of strawberry.स्ट्रबेरी चाँडै नै बिग्रिने भएकाले बजारीकरण गर्न गाह्रो छ। A ग्रेडको स्ट्रबेरीको मूल्य 700-800 प्रति केजि बजारमा पाउन सकिन्छ।कोल्ड चेन ,स्टोर मेन्टेनेन्स ,कोल्ड च्याम्बर र प्रिकुलिङ गर्दा बढी खर्च लाग्दछ। अाजको दिनमा मान्छेहरु अर्गानिक फलफूलतर्फ बढी आकर्षित भएका छन‌्। नेपालको जैविक विविधतायुक्त परिवेश र हावापानीमा स्ट्रबेरीका विभिन्न जातहरु सजिलै हुर्किने वातावरण भएकाले यसको निकट भविष्य उज्जवल र फलदायक देखिन्छ।

   Reference :

-  Shasan Devkota ,Former Research   Assistant at University of Florida / IFAS Gulf Coast Research & Education Center

-  narayanionline.com

-  merodeshnews.com

-  echitwanpost.com

-  onlinekhabar.com

-  gorkhapatraonline.com

 

No comments:

Post a Comment