पुनम पोख्रेल
परिचय
बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ । संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ । बोझो एरियसी फेमेली अन्र्तगत पर्छ । यसको बैज्ञानिक नाम, अकोरस कालामस हो ।बोझो यो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा sweet flag भनिन्छ|
कहाँ पाइन्छ ?
बोझो नेपालका हिमाली भेकका नदी , खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मिटर उचाइसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ। पहाडी क्षेत्रमा पनि बोझो पाइन्छ।कतिपयले काठमाडाैंमा आफ्नै घर बगैंचामा बोझो रोप्ने गरेको पाइन्छ।बोझो कति ठाउँमा आफै उम्रन्छ त कतिपय ठाउमा आफैले रोप्नुपर्छ।यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलाएर आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ। यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०.६ देखि २.० सेन्टिमिटरको मोटाइ भएको हुन्छ। यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ। यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ। काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन्।
कसरि खेती गर्ने ?
हामिलाइ बोझो कहाँ पाइन्छ? कसरी खेती गर्ने भन्ने कुरा थाहा नभएतापनि घाटी दुख्दा, रुघाखोकी लाग्दा यस्को प्रयोग गरिरहेका हुन्छौ। अहिलेको महामारिको अवस्थामा त झन बोझो पानी एउटा कोरोनाको औषधिको रुपमा पनि प्रयोगमा ल्याउन सकिन्छ।स्वाद पिरो, तितो, परपराउने भएकाले धेरैले मन नपराउन सक्छ्न तर रुघाखोकी अनि कोरोना जस्ता रोगका लागि यो एउटा अचुक औसधि पनि हो।तेसैले घर आगन ओरिपरी एउटा बोझो रोप्नु आवश्यक मानिन्छ।यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै सङ्कलन गर्न सकिन्छ। हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड सङ्कलन गरिन्छ। सङ्कलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ। यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ। प्रत्येक एक एकड जमीनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ। नया जमिनमा खेती गर्नु छ भने यस्को कान्ड बाट सजिलै गर्न सकिन्छ।चिसो,दलदल परेको जमिन बोझो खेतीका लागि उपयुक्त मानिन्छ।
बोझोका स्वास्थ्य लाभ
गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइन्छ । बोझो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ । उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आरम दिन्छ। तर, बोझोको उपयोगिता यतिमा मात्र सकिदैन । यो यस्तो औषधिय गुणको वनस्पति हो, जसले हामीलाई प्राकृतिक उपचारमा प्रभावकारी ढंगले काम दिन्छ ।
बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आर्युवेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ । बोझोका उपयोगिता निम्नानुसार रहेको पाइन्छ:
घाँटी दुखेको निको पार्न
शरीर वा जोर्नीको दुखाई निको पार्न
पेट दुखेको अवस्थामा बोझो सेवन गर्दा यसले आरम दिन्छ।
मानसिक तनाव कम गर्न
स्मरणशक्ति बढाउन
हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।
उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ
बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ ।
दम रोगमा यसले प्रभावकारी काम गर्छ ।
पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ।
कति सेवन गर्ने?
कुनैपनि औषधीको मात्रा हुन्छ । राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ ।चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ । बढी सेवन गर्दा कतिपय असर गर्न सक्छ ।त्यसैले बोझो चाहिने भन्दा बढी प्रयोग गर्नु राम्रो मानिदैन।



No comments:
Post a Comment