Friday, June 19, 2020

बलवा महोत्तरीको कृषि अवस्था

लेखक: मदन कुमार साह
Adress:बलवा महोत्तरी 
study:-Diploma in agriculture (plant science)

हाम्रो गाउँ महोत्तरीको बलवा नगरपालिकामा पर्दछ। यो हाम्रो गाउँमा बाली तथा पशु पालन गरिएको देखिन्छ। खासमा भन्ने हो भन्ने हाम्रो गाउँमा खाधान्न बाली तथा कोषो  बाली तथा बिभिन्न प्रकारको तरकारी को खेती गारिएको देखिन्छ।पशुपालन तर्फ हेर्दा गाईँ, भैसीँ, बाख्रा, कुखुरा र माछा पालन गरिएको देखिन्छ। 
यहाँ हाम्रो बलवा नगरपालिको कृषि अवस्था खासै नराम्रो पनि छैन अर्को शब्दमा भन्दा ठिक ठिकै नै हो। खाधान्न बाली तर्फ धान, मकै, गहुँ र कोदो आदि तथा कोषे बाली तर्फ बिभिन्न प्रकारको बाली गरेको देखिन्छ तरकारी तर्फ हेर्दा आलु, प्याज, टमाटर, खुर्सानी गोभी बन्दागोभी लगायत अन्य मौसमी तरकारीहरुको खेती गारिएको देखिन्छ। अन्य बाली तर्फ ऊखु र सुर्तीको खेती गारिएको देखिन्छ। किसानहरुले दुध, मासु, र मलमुत्रको लागि गाईँ, भैसीँ, बाख्रा ,कुखुरा र माछा पालन गरिएको देखिन्छ। 
यो नगरपालिकाको कृषि कार्यालयमा किसानहरूले प्रति केही नयाँ कार्यक्रम गरेको हेरिदैन। कुनै  प्रोजेक्ट ल्याएको हेरिरहेको छैन।किसान लाई बिउँ, तालिम, सिचाईको व्यवस्था राम्रो छैन।
देशको बिकासका लागि कृषिको बिकास हुनु अति अावश्यक छ। बढ्दो जनसंख्यालाई लाई ध्यानमा राख्दै कृषि तर्फ नयाँ बाली (जातहरू),सिप मुलक तालिम, सिचाई लगायत अन्य आधुनिक यन्त्रहरू  प्रयोग गरी कृषि समृद्ध देशको र्निर्माण कार्यमा हात बढाउ।

No comments:

Post a Comment