Writer: Ramesh Niroula
Junior Technical Assistant
रावा बेशि गा.पा. ४ खोटाङ
हाल कृषि उत्पादन र विकास गर्ने क्रममा रोग किराको व्यबस्थापनमा रासायनिक विषादीको प्रयोग दिन प्रतिदिन बढ्दै गईरहेको छ । जसको जथाभावि प्रयोगले वातावरण र मानव स्वास्थ्य लाई त प्रतिकुल असर गर्छ नै तेति मात्र नभई माटोको अवस्था विर्गार्ने साथै अन्य रोग किराहरु पनी वृद्धी हुदै जान्छ । दिगो विकासको लागी र,माटोको सुधार गर्नको लागी र फाईदाजनक किराहरुको संरक्षण गर्नको लागी स्थानीय स्तरमा पाईने र पहिला देखी नै प्रयोग गर्दै आएका जडीबुटीहरुलाई परीस्कृत गरी प्रयोग गर्नु उत्तम विकल्प हो । हाल रासायनीक विषादीको विकल्पको रुपमा प्रयोग गर्न सकिने केही सामाग्री र जडीबुटीको जानकारी
१. निम :
निमको विउको बोक्रा हटायर जम्मा गरेको विउलाई जाँतो ग्राईन्डरमा पिस्ने र ०.४ – १ के.जी. विउलाई पातलो कपडामा राखी १२ घन्टा सम्म २० लिटर पानीमा ढडाउने र निचोर्ने । त्यसपछी साबुनको २० ग्राम घुलो मिसाई रनम्रो संग चलायर किटनासक औसधिको रुपमा प्रयोग गर्न सकीन्छ ।
१ किलो ग्राम निमको पातलाई ४ लिटर पानीमा मिसाएर हरीयो पानी नआउन्जेल सम्म पकाउने र सेलाएर किटनासक औसधिको रुपमा प्रयोग गर्न ससकिन्छ ।यसले लाही, धानको पात खाने किरा ,बन्दाको गबारो, खपटे किरा ,पात बेरुवा, फल छेड्ने किरा आदीधेरै प्रकारका किराहरु मार्न र हटाउन प्रयोग गर्न सकिन्छ ।
२.गाई भैँसीको मलमुत्र :
गाई भैँसीको १ लिटर गहुत १० लिटर पानीमा मिसाएर फर्सि परीवारका तरकारी बालीमा लाग्ने धुले ढुसी,खपटे, चुसाहार लाहि किराहरु, झिसिलकिरा,आदी नियन्त्रण गर्न सकिन्छ । धानमा लाग्ने ब्याक्टेरीयल डढुवाको लागी २० ग्राम गाईको गोबर प्रति लिटर पानीमा घोली छर्कर्ने । ताजा गोबर १ भाग ५ भाग पानीमा घोलेर आलुको डढुवाको लागी प्रयोग गर्न सकिन्छ ।
३.सिस्नु :
सिस्नुको पात मुन्टा १ के.जी लाई ८ लिटर पानीमा २५ घन्टा भिजाउने र ७ दिनको फरकमा ३ पटक छर्ने जसले उडुस,उपियाँ,साङ्ला, झुसिलकिरा, लाही, पुतलीको लार्भा नियन्त्रणमा प्रयोग गर्न सकिन्छ ।
५.खरानी :
विहान सित ओभाउनु भन्दा अगाडी १ भाग खरानी १ भाग कृषि चुनको प्रयोग गर्नाले फर्सि बालीमा लाग्ने खपटे किरा र चुस्ने किराको नियन्त्रण हुन्छ ।
४.मट्टितेल :
१ भाग मट्टीतेल र १० भाग पानीमा आधा चम्चा साबुन मिसायर प्रयोग गर्नाले रातो खपटे र अन्य किराहरु नियन्त्रण हुन्छ
६.मेवा :
१ भाग मेवाको पिनेको पातलाई १ भाग पानीमा मिसाउने र उक्त झोललाई ५ लिटर साबुन पानीमा मिसायर डढुवा, धुले ढुसि र मुसा नियन्त्रण गर्न प्रयोग गर्ने साथै स–साना मेवाका टुक्राहरुलाई खेतको आलीमा राख्दा मुसाले खान्छ र मुसाको तन्तुमा घाउ हुन्छ ।
७.गोलभेडाको पात :
गेलभेडाको पातलाई तातो पानीमा भिजाई कपडाले छानेर रस प्रयोग गर्दा बन्दा र आलुको पुतली कम हुन्छ ।
८.प्याज :
१ के.जी काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाईएको झोललाई १४ लिटर पानीमा मिसाई हरेक १० दिनको फरकमा छर्नाले थ्रिप्स, लाहि, र सुलसुले नियन्त्रण हुन्छ ।
९.सयपत्रि :
सयपत्रीको पात १ मुठी लसुन ५–४ पोटि, प्याज ५–४ दाना, खुर्सान् ि४–६ ओटा लाई पिसेर १ लिटर पानीमा १४ मिनेट सम्म उमाली छानेर त्यति नै पानी मिसाई प्रयोग गर्नाले लाही पतेरो र चुसेर खाने किराहरुको नियन्त्रण हुन्छ ।
१०.बकाईनो :
बकाईनोको सुकेको पात रफुल कुटेर १ के.जी. १० लिटर पानीमा २५ घन्टा भिजाउने र झुसिलकिरा ,लाहि,पुतलीको लार्भा धानको फड्के र ढुङ्ग्रे नियन्त्रण गर्नमा प्रयोग गर्न सकिन्छ ।
११.तितेपाति वा पुदिना :
१ भाग तितेपाति २ भाग पुदिनालाई थिचेर १० भाग पानीमा मिसाएर छर्कनाले झुसिलकिरा नष्ट हुन्छ ।
१२.खुर्सानी :
१ लिटर पानीमा १० ग्रम धुलो खुर्सानी छान्ने र ४ लिटर साबुन पानी हालेर पातलो गरी छर्कनाले बन्दामा लाग्ने लाही किराको नियन्त्रण हुन्छ ।
१३.तुलसि :
तुलसिको २०० ग्राम पातलाई पिनेर प्रति लिटर पानीमा मिसाई छर्कदा सुन्तलाको पात खाने किराको आक्रमण कम हुन्छ ।
१५.हलेदो वा बेसार :
हलेदो १ के.जी राम्ररी पिनेर २–५ लिटर गाईको गहुतमा घोल्ने र १४–२० लिटर साबुन पानी (५ ग्राम प्रति लिटर ) मिसाएर धानमा छर्कनाले धानको र्फाजी किरा, गवारो र पात बेरुवा किराको नियन्त्रण हुन्छ ।
१४.पिना :
आलुमा लाग्ने रातो कमिला, खुम्रे,फेद कटुवा, धमिरा रोकथामको लागी बाली रोप्ने बेलामा चिउरी,निम, आदीको पिना ८.४ के.जी. प्रति कठ्ठा मिसाउनाले नियन्त्रण हुन्छ ।
१६.ढुसी जन्य रोगको लागी नियन्त्रण गर्ने उपाए :
अदुवाको धुलो २० ग्राम प्रति लिटर पानीका दरले घोल्ने र १४ दिनको फरकमा ३ चोटी बालीमा प्रयोग गर्ने यसले खराने रोग,धानको खैरो थोप्ले रोग, आलु र धानको फेद कुहीने रोगको नियन्त्रण गर्न सकिन्छ ।
१ किलो हलेदो र ४ वटा लसुनको पोटी राम्रो सँग पिस्ने जसमा ४ गिलास पानी लगाएर उमाल्ने अनी सेलाउने र त्यसमा गन्धक मिसाएर २ दिन सम्म छोडी दिने । त्यस पछी मसिनो कपडाले छान्ने यसरी छानेको झोलको आधा गिलासलाई १० लिटर पानी मिसाउने र १ हप्ताको फरमा छर्ने ।
४० ग्राम प्याज १ लिटर पानीमा मिसाई मसिनो गरी कुट्ने अब कपडाले छान्ने र बालीमा छर्कने यसले बन्दाको थोप्ले रोग र तरकारी बालीको फेद कुहिएर ओईलाउने रोग नियन्त्रण गर्छ र
१७. विषाणु (भाईरस जन्य) रोगको लागी :
१ लिटर पानीमा (बगन बेलीयाको पात/ज्यानमारा खुर्सानीको फल) जस्ता बनस्पति जन्य पदार्थ १ किलो मिलाउने र पिसेर लेदो बनाउने । बालीको अवस्था हेरी लेदोको १ भागलाई १०–१०० भाग सम्म पानी मिलाएर हरेक १४ दिनमा छर्नाले सो अवधी भर बालीलाई भाईरसको प्रकोप बाट निकै हद सम्म बचाउन सकिन्छ ।
१० एम.एल. दुध १ लिटर पानीमा मिसाएर १४ दिनको फरकमा ३ पटक छर्नाले टमाटर,खुर्सानी,भिण्डी, काक्रो आदीमा भाईरस बाट लाग्ने र पात खुम्चिने आदी रोगको नियन्त्रण हुन्छ ।
१८. किरा नियन्त्रणका लागी बानास्पातिक विषादि :
२ के.जी अदुवा पिसेर लेदे बनाउने र ३० लिटर पानी राखेर घोल्ने अनी छान्ने अदुवाको रस पानीमा राम्रो सगँ घोलीयोस भन्नका लागी प्रति लिटर पानी मिसाएको झोलमा ५ गौमको दरले लुगा धुने सोडा मिसाउनुपर्दछ । र बालीमा छर्कनु पर्दछ ।अदुवा बाट तयार गरेको विषदीले गोलभेडाको गवारो, चनाको कोसाको गबारो,लाही किराहरु,थ्रिप्स र सेतो झिगाको नियन्त्रण गर्दछ । १ रोपनीमा १ पटक छर्कन आधा किलो अदुवा चाहिन्छ ।
निमको तेल निमको विउको पाउडर,पातको पाउडर,आदी रोग किरा व्यबस्थापनका लागी महत्वपुर्ण पाईएका छन । निमबाट बनाईने विषदिहरु पत खाने झुसिलकिरा,खुम्र किरा, फट्याङ्ग्रा, फौजी किरा लाही आदीको राकथामको लागी उपयुक्त मानीन्छ ।
मसिनो गरी काटिएको निमको १ कीलो पातलाई ४ लिटर पानीमा एक रात भिजाएर छान्ने र १ लिटरको झोलमा १० ग्राम लुगा धुने सोडा मिसाउने र राम्ररी घोल्ने जसमा २००–३०० ग्राम लसुनलाई पिसेर लगाउने जसको प्रयोगले लाही किरा,सुलसुले,आलुको पुतली,सेतो झिगाँ,प्याजको थ्रिप्स,फौजी किरा आदी कम भएको पाईएको छ । विषेष गरी लसुनको गन्धको कारण यसको प्रयोग उपयोगी रहेको छ ।
१०० ग्राम लसुनलाई मसिनो सगँ काटी २ चम्चा खनीज तेलमा २५ घण्टा सम्म भिजाउने । अब १० ग्राम लुगा धुने सोडालाई आधा लिटर पानीमा राम्ररी घोल्ने र उक्त खनीज तेलमा राखीएको लसुनमा लगाउने र तयारी भएको झोललाई काचको वा सिसाको भाडामा अध्यारो ठाउमा अथवा फ्रिजमा राख्ने वा तुरुन्तै छर्ने गर्नु पर्दछ ।
हलेदोमा किरा भगाउने वा मार्ने र ढुसीलाई नियन्त्रण गर्ने क्षमता हुन्छ । १ किलो हलेदोको धुलोमा ३–५ लिटर गाईको पिसाब मिसायर राम्ररी घोल्ने र छान्ने । छानेको झोलमा १४–२० लिटर पानी मिसाउने त्यसरी बनाईएको प्रति लिटर झोलमा ४ ग्रामका दरले लुगा धुने सरफको धुलो मिसाउने र बालीमा छर्कने । यसरी प्रयोग गर्नाले तरकारी बालीमा लाग्ने विभिन्न प्रकारका किराहरु जस्तै ः लाही, पतेरा,े कमिला, पात बेरुवा, झुसिलकीरा,धानका गबारो, सुलसुले आदी को नियन्त्रण गर्न सकिन्छ ।
तरकारीमा लाग्ने रोग किरा र बाली विरुवाको खाध्य तत्वको लागी गिति मल :
गितिमल :– बालीनालीका रोग किरा व्यबस्थापन गर्न गाउँ घरमा पाईने विभिन्न तीतो,टर्रो,अमिलो, पीरो स्वाद भएका बनस्पतिहरुसगँ अन्य पदार्थ मिसाई बनाईएको झोललाई बानास्पातिक विषादी /घरेलु विषादी वा गितिमल भनीन्छ । यसलाई झोल मल वा प्राङ्गारीक विषादी पनी भनीन्छ । यसले तरकारीमा लाग्ने धेरै प्रकारका रोग किराको नियन्त्रण गर्नुका साथै केही हद सम्म मलको काम पनी गर्दछ ।
मल बनाउन आवश्यक सामाग्रहरु :
४० लिटर साईजको ड्रममा २४० ग्राम साबुन, १४ लिटर गाई बस्तुको पिसाब, ४ लिटर पानी,१४–२० के.जी. मसिनो गरी काटेको बनस्पति ।
मल बनाउने तरीका :
गितिमल बनाउन बोझोको पात वा गानो असुरोको मुन्टा, सिस्नु, टिम्बुरको पात वा दाना, सिमली, खिर्रो, तितेपाती, तम्बाखुको पात, सयपत्री, बनमारा,धतुरो, निमको पात, अङ्गेरी,आरु, गुँरास, पिर्रे झार, आदी बनस्पतीहरुलाई मसिनो गरी काट्ने र उक्त काटेको बनस्पतीलाई १४ लिटर गाईको पिसाब र ४ लिटर पानीमा मिसाउने जसमा केही मात्रामा सरफ वा साबुनको धुलो पनी मिसाउने र ड्रमको विर्को लाई हावा नछिर्ने गरी बन्द गरेर गर्मि समयमा २०–२२ दिन र जाडो समयमा ३०–३४ दिन सम्म घाममा राख्ने त्यस पछी मात्र प्रयोग गर्ने यसरी तयारी भएको मललाई २ महिना सम्म राख्न सकिन्छ सो समय भन्दा बढी समय सम्म भण्डारण गरी राखेमा गितीमल काम नलाग्ने हुन सक्छ ।
गितीमलको प्रयोग :
कलीलो बेर्ना भए १ भागमा १० भाग पानी मिसाई प्रयोग गरीन्छ भने हुर्केको बोट छ भने १ भागमा ४ भाग पानी मिसाई प्रयोग गर्न सकिन्छ । मलको रुपमा प्रयोग गर्ने हो भने १४–२० दिनको फरकमा प्रयोग गर्न सकिन्छ ।
रातो कमिला र खुम्रे किरा व्यबस्थापनको विधी :
विषादी बनाउन आवश्यक सामाग्री :
सुकेको खुर्सानीको धुलो २ मुठी हजारी फुलको पात वा मुन्टा ४०० ग्राम, लसुन २०० ग्राम, प्याज २०० ग्राम, पिना १ के.जी.खरानी २ माना, ७ लिटर पानी र १० एम.एल मट्टीतेल
बनाउने तरीका :
खुर्सानीलाई पिसेर धुलो बनाउने सयपत्रीको पात र मुन्टा, प्याज र लसुनलाई छुट्टाछुट्टै पिसेर एउटा भाडामा राख्ने, खरानी र १० एम.एल मट्टीतेल र ७ लिटर पानी त्यसै भाडामा मिसाउने भाडामा भएका सम्पुर्ण बस्तुहरु मिसाई घोलेर पातलो कपडाले छान्ने अब जैविक विषदी तयार भयो । १ भाग विषदीमा १ भाग पानी मिसाई विरुवाको फेदमा जरा भिज्ने गरी १० दिनको फरकमा २ पटक छर्ने
No comments:
Post a Comment