Monday, June 8, 2020

कृषि क्रान्ति र देशको आर्थिक समृद्धि

                                             
लेखक: भुवन जाेशी/ स्वीकृति सत्याल/सुस्मिता न्यौपाने

नेपाल १,४७,१८१ वर्ग कि.मि.मा फैलिएकाे एक कृषिप्रधान देश हाे । परापूर्वकालदेखि नै देशकाे अाधाभन्दा बढी जनसंख्या कृषि पेशामा नै संलग्न रहेकाे पाइन्छ । नेपालकाे एकतिहाइ ग्राहस्थ कृषिक्षेत्रले अाेगटेकाे छ भने दुईतिहाइ जनसंख्या कृषिमा लागेका छन् ।
        हालसम्म नेपालकाे कृषिप्रणाली परम्परागत नै रहेकाे पाइन्छ । अरू क्षेत्रमा अाधुनिकीकरण भइरहँदा कृषिमा क्षेत्रमा भने खासै परिवर्तन अाइनसकेकाे देखिन्छ । जसले गर्दा उत्पादनमा कमी अाएकाे छ । नेपाल कृषिप्रधान देश भएतापनि दिनानुदिन छिमेकी मुलुकबाट कृषिजन्य वस्तुकाे अायात  बढ्दाे क्रमका छ । याे बढ्दाे अायातले गर्दा नेपाली कृषिपद्धति र उत्पादनमा ठूलाे प्रश्नचिन्ह खडा भएकाे छ । किन नेपाल कृषिप्रधान देश भएता पनि पर्याप्त कृषिजन्य वस्तुहरूकाे उत्पादन गर्न सकिरहेकाे छैन ? जसकाे जवाफ एउटै छ,परम्परागत कृषिप्रणाली ।
         नेपालमा ग्राहस्तकाे तथ्याङ्क हेर्ने हाे भने कृषि क्षेत्रकाे ग्राहस्थ प्रत्येक वर्ष घटिरहेकाे देखिन्छ २०१५ मा कृषि क्षेत्रकाे ग्राहस्थ २९.३८%  थियाे भने त्याे पछिल्ला वर्षहरूमा घटिरहेकाे देखिन्छ । चार वर्षकाे अन्तरालमा करिव ४% ले ग्राहस्थ घटेकाे देखिन्छ । यसरी के स्पष्ट हुन्छ भने नेपालकाे कृषिप्रणाली र उत्पादन ह्रासाेन्मुख भएकाे पाइन्छ । कारण के त ?  त्यही पुरातन कृषिप्रणाली र कृषिमा अाधुनिकीकरणकाे कमी ।  किसानले अाधुनिक कृषिसामग्री त परैजाअाेस् समयमा बिउबिजन र मल पनि सर्वशुलभ ढङ्गले पाइरहेका छैनन ।यस्ताे परिस्थितिमा कसरी कृषिमा परिवर्तनकाे अाशा गर्न सकिन्छ ।
कृषिनै देशको अर्थतन्त्रको मूल आधार हो। कृषिमा वैज्ञानिकीरण भएमात्र देशकाे आर्थिक समृद्धि हुन्छ। कम लगानीमा उच्च आम्दानी कसरी ल्याउन सकिन्छ भन्ने कुरा बुझ्न निकै आवश्यक छ।
एक अध्यनले नेपालमा १ मिलीलिटर भन्दा बढी वर्षा भएमा कृषि उत्पादनमा ९.६ गुणाले मूल्य बढ्ने देखिएको छ। कृषिमा आधारित अर्थतन्त्र; सेवा र उद्याेगतिर लम्किन सकियो भने देशको अर्थतन्त्र सबल हुने देखिन्छ ।
बेलायती दार्शनिक बेट्रन्ड रसेल भनेका थिए, "कृषिको उत्पत्ति सँगै मानव लामो समयसङ्ग निर्वाही, दुखी र पागलपनमा प्रवेश गर्यो, अब यन्त्रको फाइदाजनक सन्चालन गरेरमात्र यसबाट मुक्ति पाउन लागेको छ।" यसलाई आधार मान्ने हो भने देशको आर्थिक बिकासको बाधकनै परम्परागत कृषि प्रणाली हो।
नेपालकाे कृषि क्षेत्रमा परिवर्तन ल्याउन पहिलेदेखि निकै कियाकलापहरू गरिदै अाएका छन् । जसमध्ये "एक गाउँ एक उत्पादन" (ovop) सन् १९७९ मा जापानबाट सुरू भएकाे उक्त कार्यक्रमकाे प्रभावकारिताले धेरैजसाे देशहरूमा पनि साे कार्यक्रम सुरू गरियाे । सन् २००६ जुलाई १७ मा पञ्चवर्षिय कार्यक्रमकाे रूपमा नेपालमा पनि सुरू भयाे । Minestry of agriculture development( MOAD) र The federation of Nepalese chamber of commerce and industry(FNCCI) काे सहकार्यमा उक्त कार्यक्रम प्रारम्भ भयाे।  स्राेत सिप र नेतृत्वकाे कमीले उक्त कार्यक्रम २०१७/ १८ मा विस्थापित  भयाे । यस कार्यक्रमका वारेमा ८०% लाई विस्तापित भइसक्दा पनि थाहा भएन । यदि उक्त कार्यक्रमलाई नेपालमा प्रभावकारी ढङ्गले अघि बढाउन सकिएकाे खण्डमा  कृषिमा अामूल परिवर्तन ल्याउन सकिन्थ्यो  ।
त्यसैगरी कृषि क्रान्तिमा आफ्नो सानो भूमिका खेल्न नेपाल कृषि बिद्यार्थी संगठनले "One Person One Idea" (OPOI) कार्यक्रम सुरु गरेको छ। हरेक व्यक्तिको विचार फरक हुने भएकालेे विचार संकलन गरी नयाँ किसिमले अघि बढ्न सहज हुनेछ। संकलनबाट  आएका विचारहरुलाई व्यवहारमा उतारियो भने कृषि छेत्रमा निकै छिटो परिवर्तन आउने देखिन्छ ।
 कृषिक्षेत्रलाई भरपर्दाे,मजबुत र समसामयिक बनाउन सिचाईकाे उचित व्यवस्था राज्य पक्षले मिलाउनु अपरिहार्य हुनुका साथै थाेपा सिचाई प्रविधिलाई कृषक समक्ष पुर्याउनु जरूरी छ । साथसाथै राज्य पक्षले कृषकहरूलाई अाधुनिक कृषिप्रणाली सम्बन्धी विज्ञहरूद्वारा पर्याप्त मात्रमा सिप सिकाउनुका साथै कृषिमा प्रयाेग गरिने अाधुनिक उपकरणकाे शुलभता,कृषकहरूका लागि छुट्टै अार्थिक प्याकेज,समयमा उन्नतजातका बिउबिजन तथा मलखादकाे व्यवस्था, बालीनालीलाई राेग तथा किराबाट बचाउनकालागि अावश्यक पर्ने अाैषधिकाे व्यवस्था ,कृषिउपज वस्तुकाे भण्डारन तथा बजार व्वस्थापन, कृषि एबुलेन्स जस्ता पक्षहरूकाे व्यवस्था मिलाउन अावश्यक छ । अहिले विश्वमा फैलिएकाे COVID-19 काे महामारीले विश्वकै अर्थतन्त्र धरापमा परिरहेकाे बेला नेपाल पनि यसकाे चपेटामा परेकाे कुरा सर्वविदित नै छ ।अागामी दिनमा यस महामारीले उत्पन्न गराएकाे देशकाे अार्थिक संकटलाई हटाई मुलुककाे अर्थतन्त्रलाई बलियाे बनाउन राज्य पक्षले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नु जरूरी छ । अागामी दिनमा तीन खम्बे अर्थनीति ( सरकार,निजि र सहकारी ) माध्यमबाट अाधुनिकीकरण,यान्त्रीकरण र व्यसायीकरण गर्दैजाँदा कृषिमा अामुल परिवर्तन अाउने र निर्यात बढ्ने ठूलाे संभावना छ ।

No comments:

Post a Comment