लेखक: रमेश निरौला
Junior technical assistant
रावा बेशि गा पा ४ खोटाङ
समृद्धी शब्द हामी सबैको लागी यति प्रिय छ र हामी सबैको चाहाना ”समृद्ध नेपाल सुखी नेपाली“। तर समृद्धी केवल सडक विस्तार व्यपारले मात्र आउने हैन । समृद्धी हासिल गर्न कृषी क्षेत्रको आधुनीकिकरण र व्यवसायिकरण गरी उत्पादनमा वृद्धी गर्दै कृषिजन्य उत्पादनमा आधारीत उद्योगको विकास मात्र हाम्रो समृद्धीको आधार बन्न सक्छन् त्यसैले कृषिको आधुनिकिकरण र व्यवसायिकरणको लागी कृषि क्षेत्रमा लगानी गर्नु जरुरी छ । आर्थीक रुपमा मजबुत बन्न सके मात्र समृद्धी हासिँल गर्न सकिन्छ । गाँउ र सहर, धनी र गरीब बिचको खाडल पुर्न पनी कृषी क्रान्ति जरुरी देखीन्छ । यसो भनीरहदा कृषी जन्य उत्पादनमा हाम्रो परनिर्भरता झनै बढ्दै गईरहेको छ । दैनीक उपभोगका लागी आवश्यक पर्ने कृषि उत्पादनमा हामी दिनानुदिन भारत सँग परनिर्भर हुदै गईरहेका छौ । यसरी हरेक वर्ष कृषि जन्य बस्तुहरुको आयात बढीरहदा वर्षै पिच्छे खरबौ रकम बाहिरीरहेको छ । कृषी उपज उत्पादनको लागी हामी सँग उपयुक्त जमिन हुदाहुदै पनी हमी यस क्षेत्रमा प्रगति गर्न सकिरहेको छैनौ । यसको मुख्य कारण भनेको सक्रिय जनसंख्या र दक्ष जनसक्तिको यस क्षेत्रमा ज्यादै कम सहभागीता हुनु साथै कृषी पेशा प्रति सम्मान दृष्टिकोणले नहेरीनाले गर्दा हो । उल्लेखीत समस्याहरु अन्त्य गर्नको लागी युवा पिढीलाई सिप र प्रविधि सिकाई आधुनीक कृषी क्रान्तिको अभियन्ता बनाउन जरुरी छ । अतः नेपाल एक कृषि प्रधान देश हो । हाल नेपालका ६० प्रतिशत मानीसहरु संलग्न रहेको कृषि क्षेत्र नेपालीहरुको जिविकोर्पाजनको प्रमुख आधारको रुपमा रहेको छ । कुल ग्राह्स्थ उत्पादनको झन्डै एक तिहाई योगदान रहेको कृषि क्षेत्र देशको अर्थतन्त्रमा दलीनको रुपमा रहेको छ । भने यसको क्रान्ति विना औधोगिक क्रान्ति हुन सक्दैन र औधोगीक क्रान्ति विना समृद्धीले मुर्त रुप लिन नसक्ने भएकाले कृषि पेशाको सम्मान गर्दै निर्वाहमुखी कृषि प्रणालीलाई आधुनीकिकरण र व्यवसायिकरण गरी उत्पादनमा वृद्धी गर्दै खाद्य सुरक्षाको प्रत्याभुती गर्ने, कृषि जन्य कच्चा पदार्थमा आधारीत उद्योगहरुको स्थापना गर्ने उपयुक्त कार्यक्रमहरु बनाउन आवश्यक देखीन्छ । कृषि लाई नेपालीहरुको पहिचानको रुपमा स्थापित गरी माटो, भौगोलीक विषेषता र हावापानी सुहाउदो कृषि बालीहरुको पहिचान गरी सो बाली उत्पादनको लागी कृषकहरुलाई सहज रुपमा विउविजन, सिंचाई,मल, कृषि यन्त्र, कृषि अनुदान र सहुलीयत दर मा कृषि ऋणको व्यबस्था गरी उत्पादनशिल जनशक्तिलाई लगाई विश्व बजारमा प्रतिस्पर्धायोग्य कृषि उपजको उत्पादन गरी निर्यात गर्न सके मात्र सम्मानीत आधुनीक र व्यवसायिक कृषि प्रणालीको विस्तार भई समृद्धी हासिँल गर्न सकिन्छ ।
समय सान्दर्भिक छ । यथार्थलाई चित्रण गरिएको छ । धन्यवाद भान्जा
ReplyDelete