Monday, June 15, 2020

हरियो मलको आवश्यकता र महत्व

लेखक :सिरपत बढँई
ठेगाना : रोहिणी गाँउपलिका-1,रूपन्देही 
अध्यन स्थान: कृषि विज्ञान संस्थान,काशी  हिन्दू विश्वविद्यालय वाराणसी                

रासायनिक मलको प्रयोग दिन प्रतिदिन बढ्दै गएकाले नेपालको भूमिमा विषाक्तता बढ्दै गइरहेको छ भने अर्को तीर रासायनिक मलको लागि छिमेकी राष्ट्रहरू माथि निर्भर हुनु परेको छ । कहिले देशबनद त कहिले क्रोना covid-19 जस्ता महामारीले गर्दा नेपाली किसानहरूलाई समस्या भोग्नुपरेको छ। यस्ता समस्याहरु जुन कृषि प्रधान देश भनेर चिनिनने देशमा कृषि जन्य  वस्तु(धान, गेहूं, मकै जस्ता )उत्पादनको लागि रासायनिक मलको अभाव देखिन्छ । यस्तै रासायनिक मल माथि मात्र निर्भर भई खेती गर्ने हो भने कृषि उत्पादन कहिले पनि बढने छैन साथै देश कहिले पनि आत्मनिर्भर हुने छैन किन कि रासायनिक मलको अभाव हुन थालेपछि किसानहरूलाई चिन्ता नलि त्यसको वैकल्पिक उपाय सोच्नु पर्दछ र बालीनालीलाई चाहि तत्वको पुर्ती गर्नुपर्दछ । रासायनिक मलको अभाव कम गर्न तथा उत्पादन स्थिर राख्नको लागि वैकल्पिक उपायको रूपमा किसानहरूको ध्यान हरियो मल तीर जानु पर्दछ। हरियो मलको प्रयोगले 50% सम्मा यूरियाको मागलाई कम गर्न सकिन्छ । यूरियामा पाइने नाइट्रोजन नामक तत्व बालीनालीको वृद्धि र विकासको लागि नभई नहुने तत्व हो । यसले बालीनालीमा प्रोटिन बनाइ बालीनालीलाई हुर्कन तथा पातहरूमा हरियो रङ्ग कायम राख्नमा मदत गर्दछ । पातमा पाइने कलोरोफिलले बिरुवालाई खाना बनाउन मदत गर्दछ  नाइट्रोजनको कमीमा बालीनालीको वृद्धि र विकास रूकनुको साथै पातहरू पनि पहेलो भै बालीनाली होचो हुन्छ । र उत्पादन घटदछ त्यसैले किसानहरूले रासायनिक मलको अभावमा नाइट्रोजनको पुर्तीलाई पुरा गर्न हरियो मलको प्रयोग तिर आफ्नो ध्यान केन्द्रित गर्न पर्ने आवश्यकता देखिएको ।
बारीमा या कुनै अर्को ठाउँमा उगायेको विरुवालाई हरियो अवस्थामा खेलमा कलटिवेटर,रोटावेटर तथा हलको सहायताले बालीनालीलाई लगाउनु भन्दा 1 हप्ता देखि पहिला नै खेतमा पानी भरेर पल्टाइ गरि माटोमा मिलाइ दिनु पर्दछ । 
हरियोमलको प्रयोगले माटोको जलधारण क्षमता मा वृद्धि हुनुको साथै खरपतवार नियन्त्रणमा पनि सहयोग पुग्छ र माटो को रासायनिक, भौतिक, जैविक अवस्थामा सुधार भइ माटोको उर्वरक शक्ति बढ्नगई माटाको जीवन शक्ति बढ्छ र माटोमा जीवाणु तथा गँड्यौला जस्तो किसानको मित्रको संख्यामा पनि वृद्धि हुन्छ । र त्यसको फलस्वरुप बालीनालीको उत्पादक क्षमता पनि बढ्छ ।
हरियो मलको प्रयोग यो ठाउँमा बढी उपयोगी देखिन्छ जुन ठाउँमा गेहूँ-धानको फसलचक्र  अपनाइन्छ । र पानीको समुचित व्यवस्था रहेको छ त्यसठाउमा सरलताले हरियो मलको बिरुवा रोपन सकिनछ । रूपन्देही, नवलपरासी, कपिलवस्तु तथा नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म  जुन ठाउँमा  जिल्लाहरूमा धान-गेहूको फसल प्रकिरिया अपनाईनछ यो हरियो मलले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । यदि हामी आफ्नो धानको रोपाई भन्दा 40-45 दिन पूर्व छिटो वानस्पतिक वृद्धि भएको र समुचित नाइट्रोजन स्थिरिकरण गर्ने गुण भएको तथा सबै किसिमको अवस्थालाई सहन गर्न सक्ने गुण भएको विरुवालाई हरियो मलको रूपमा लगाउनुपर्छ । सनई,ढैचा, मास, बोडी, गहत, मूंग आदि जस्ता बालीलाई हरियो मलको रूपमा लगाउन सकिन्छ। यिनीहरू मध्ये ढैचालाई हरियोमलको रूपमा लगाउदा बढी प्रभावकारी हुन्छ । किनभने,
ढैचाको बीउ छरेको देखि 40-45 दिनमा नै तयार हुन्छ । यसको वनस्पतिक वृद्धि बढी तथा नेपालको सबै जलवायु सहन गर्न सक्ने तथा सबै किसिमको माटोमा उम्रन सकिने यसको प्रमुख विशेषता रहेको छ। बढीकृत अवस्थामा पनि यो 1.5-1.8 मिटर उचाई सम्मा यसको बृद्धि हुन्छ । साथै यो आमलिय तथा क्षारीय दुबै अवस्थालाई सहन गर्न सकदछ ।
धानको लागि हरियो मल तयार गर्दा ध्यान दिनुपर्ने कुराहरू: धानखेतीको लागि हरियो तयार गर्दा गेहूँको कटाई सकेपछि खेतमा अलि नमिको मात्रा हुनुपर्दछ र मार्च देखि आप्रैल महिलामा अन्तिम समय चहि 15 मई सम्मा ढैचाको बीउलाई राइजोवियम कल्चर बाटा उपचार गरि 30-40 कि.ग्रा. मलको रूपमा प्रयोग गर्न तथा 10-12 कि.ग्रा. बीउ उत्पादनको दृष्टिले लगाउनु पर्छ ।साथै रामको उत्पादनको लागि 10-15 कि.ग्रा. यूरिया तथा 40-50 कि.ग्रा. फस्फोरस खेतमा हाल्नु पर्छ । बीउ छरेको 40-45 दिनमा खेतमा पल्टने योग्य हुन्छ। यदि फूलफुल्न सुरु भएको छ भने काठे हल या कलटीवेटर या रोटावेटरले खेतमा 6-7 से.मी. पानी भरि धान रोपनु देखि कम्तीमा 1 हप्ता पहिला नै माटोमा मिलाई दिनुपर्छ । ढैचाको बिरुवाबाट प्रति हेक्टर 20-25 टन हरियो पदार्थको मात्रा तथा यसको अवशेषमा 0.42 % नाइट्रोजन पाइन्छ जसको फलस्वरुप प्रति हेक्टर 85-105 कि.ग्रा. नाइट्रोजन प्राप्त हुन्छ । 
हरियो मलको प्रयोगलाई प्रथमिकता दिनु अति नै महत्वपूर्ण रहेको छ । हरियो मललाई बढावा दिन नेपाल सरकार तथा कृषि अनुसन्धानको तर्फबाट किसानहरूलाई प्रोत्साहन दिनको लागि किसानहरूलाई सब्सिडीको व्यवस्था गर्नु पर्दछ ।
तसर्थ, नेपाल जस्तो कृषि प्रधान देशमा रासायनिक मलको आवश्यकता हरियो मलको प्रयोग गरेर पनि पुरा सजिलै गर्न सकिन्छ ।
हरियो मलको महत्व :
-20-25 % सम्मा अधिक उत्पादन 
- धानको बिरुवालाई पोषक तत्व प्रदान
-माटोमा कार्बनिक पदार्थ तथा जीवाश्मको मात्रा बढाउन मा मदत 
-खरपतवार नियन्त्रणमा सहयोग 
- जलधारण क्षमतामा वृद्धि 

1 comment: