Writer: chhapi nath yogi
Adress: jorayal rural muncipalities worda no. 3 doti
Study : Isc.ag ( plant science ) shree ghanteshwor seti makhali multiple campus jorayal doti.
बासमति चामल पकाउदा सुन्दर बास्ना दिन्छ, साथै यसको बाला पात डाढले पनि सुगन्ध दीने हुदा यसलाई बासमति भनिएको हो, यसको लागि चिम्टयाईलो दोमट माटो उपयुक्त हुन्छ, जोरायलगाउँपालिकाको साविकको वडा न. 3 र वडा न. 4 मा प्रशस्त धान खेती गरीन्छ,जोरायल गाउँपालिकाको कुल खेतीयोग्य जमिन 965 हेक्टर क्षेत्रफल मध्ये 200 हेक्टर क्षेत्रफलमा धान खेती गरीन्छ, यहाँ खेती गरीने धानका केहि स्थानीय जातहरू मोटो, मसिनो, खुमलचाल,हन्नचराज, थापाचिनि, गुरा, पोखरेल, मारसि, र बासमति रहेका छन्, चैत, बैशाख मा धानको व्याड राखि आसार साउन बाट रोप्नने कार्यको सुरू भई असोज कात्तिक महिनामा बालि काट्न योग्य हुन्छ, हाल स्थानीय बजारमा यस चामलको मुल्य प्रतिकेजी रु. 120 देखि 150 सम्म पर्दछ,
यहाँका 80 % मानिसको मुख्य पेशा कृषि हुँदा पनि यहाँका किसानको काम गर्ने तौरतरिका परम्परागत नै छ,नत किसानलाई खेती गर्ने तरीका को बारेमा थाहा छ नत उन्नत बिउबिजन सम्बन्धि, कुन बालिमा कति मल राख्ने, कुनैपनि किसानलाई मलखाद, बिउबिजन, बिषादीहरू वितरण गर्दा कुनै आधिकारिक सुचना नगरी सन्चालन गर्ने हुँदा टाढाका किसानहरु यस्ता सेवा सुविधा बाट बन्चित रहेको अवस्था छ, कृषि प्रसार कार्यक्रमको दायरा पनि न्युन छ, बजारको समस्या, सडकको समस्या, प्राबिधिक ज्ञान को कमि लगायत धेरै समस्या यथावत रहेका छन्, यस बिषयमा सम्बन्धित निकायले किसानको आवश्यकता र चाहना हेरी कार्यक्रम बनाई कार्यान्वयन गर्न जरुरी छ,
धन्यवाद जय कृषि!! जय किसान.
No comments:
Post a Comment