Writer :सिरपत बढँई
ठेगाना : रोहिणी गाँउपलिका-1,रूपन्देही
अध्यन स्थान: कृषि विज्ञान संस्थान,काशी हिन्दू विश्वविद्यालय वाराणसी
‘हाम्रो गाउपालिका नेपालको तराई क्षेत्रमा अवस्थित छ जुन रूपन्देही जिल्लामा पर्दछ ।यहाँका मानिसहरूको गास वास र कपासको स्रोत चाहि कृषि नै रसेको छ ।जसले गर्दा हाम्रो गाउपालिकाको मुख्य पेसा चाहि कृषि नै रहेको छ भने अर्को पेसा चाहि मजदुरी र वैदेशिक रोजगारी रहेको छ । यहा देखि सहर नजदीक भएको हुनाले कृषि बजारको बढी नै सम्भावना रहेको छ तर पनि क्रोना जस्तो महामारीको समयमा किसानहरू समस्यामा परेका छन् र उत्पादन वस्तु बाजार पाएको छैन या सस्तो मूल्यमा नै बिक्री गर्नुपर्ने अवस्था देखिन्छ । हाम्रो गाउपालिका मा चाहि खाद्यान्न तथा तरकारी बालीको साथै पशुपालन पनि गरिन्छ ।यहाँको मुख्य खाद्यान्न बाली चाहि धान र गेहूं रहेको छ ।भने धान र गेहूँ को लागि मलको आवश्यकता पुरा गर्न तथा आर्थिक अवस्थामा मदतको लागि पशुपालन पनि गरदछन पशुपालन चाहि ठूलो संख्यामा गर्दैनन् यो केवल लोकल किसानहरू गर्ने गर्दछन । पशुपालनको रूपमा भैँसी तथा बाख्राको संख्या बढी रहेको छ । पशुपालनबाट दुध, दही, घ्यू तथा कंपोस्ट मलको प्रापती हुन्छ भने बाख्रा पालन चाहि मासुको स्रोत रहेको छ ।यहा कुखुरा पालन निकै फस्टाइरहेको छ जुन मासुको आवश्यकता पुरा गरिरहेको छ । क्रोना जस्तो महामारीले गर्दा कुखुरा पालन गर्ने किसानलाई ठूलो घाटा सहनुपरेको छ । हाम्रो गाउपलिकामा माछापालनको सुरुवात भएको देखिन्छ जुन अहिले सिमित रूपमा रहेको छ ।
हाम्रो गाउपालिकामा सिचाईको समुचित व्यवस्था रहेको छ । यहा सिचाईको अवस्याकताको पूर्ति चहि मेसिन तथा कुलो र वर्षाबाट पनि गरिन्छ । त्यही भएको हुनाले हाम्रो क्षेत्रमा तरकारी खेती को सम्भावना बढी देखिन्छ तथा कुनै कुनै ठाउँमा गरिएको पनि पाइन्छ जुन शून्यको बरोबर छ ।यहा तरकारी बालीको रूपमा आलु प्याज लहसुन तथा हरियो तरकारीमा लौकी फर्सी घिरौला परवल बोडी तथा भिंडी प्रमुख रहेका छन् । क्रोना जस्तो महामारीबाट नया सिक सिकेका छन् जुनको यस वर्ष प्राय सबै घरमा लहरे बालीको रूपमा लौकी,घिरौला, करैला, फर्सी जस्ता तरकारी बाली खेत तथा घरको छत माथि लगाइएको पाइन्छ ।
तर पनि कृषिको यति सम्भावना देखिए पनि कृषिको विकास चाहे जति हुन सकेको छैन ।जसका लागि मुख्य समस्या /कुराहरू तल दिइएका छन् :
कृषिको विकास हुन नसक्नुका कारणहरू :
1. भारतमाथि निर्भर (जुनकि वर्तमान समयमा छैन लाकडाउनले गर्दा) जसले गर्दा आफ्नो बारीमा तरकारी नलागाउनै केवल धान – गेहूँ मात्र अपनाउने पदती ।
2. तालिमको अभाव जसले गर्दा परम्परागत कृषि प्रणालीको बाहुल्यता र समुचित फसल चक्र नपनाउनु ।
3 .उन्नत बिउको अभाव तथा उन्नत बिउको लागि 90% भन्दा बढी भारतबाट महँगो बिउको निर्यात गर्ने बाध्यता ।
4. समयमा नै रासायनिक मलको अभाव जुन कि भैरहवा पनि नेपालको एउटा खाद वितरणको मुख्य ठाउभएर पनि समस्या भोग्नुपर्ने बाध्यता रहेको ।
5.बजार मुल्य समुचित रहुनु , उत्पादन गर्ने किसान : पसिना बनाउने किसान, घाम पानीको सहन गर्ने किसान र मुल्य लगाउने व्यापारी
6. ऋण पाउने तरिका सहज नहुनु तथा किस्त चलाउने बैंकको ऋण दर उच्च हुनु तथा त्यसबाट ॠण लिने बाध्यता रहेको जसले गर्दा कृषि विकासमा अवरोध सिर्जना भएको छ।
यसप्रकारको समस्याहरु कतिऔ रहेका छन् हाम्रा क्षेत्रमा जसको समाधान गर्न अब एक्लै सम्भव छैन त्यही भएकोले अब कृषिको विकास गर्न सरकारी तथा गैर सरकारी संस्थाहरूको आवश्यकता देखिएको छ ।
कृषि विकासका लागि गर्नुपर्ने कार्यहरू :
हाम्रो देश नेपाल कृषि प्रधान देश हो भन्ने कुरा झै किताब र कापीको पानामा मात्र सीमित भए झै विकास हुन सकेको छ त्यस्तै नै मेरो गाउपलिकाको पनि अवस्था रहेको छ यहाँको जनता कृषिमा निहित भए पनि कृषिको अवस्था चाहि दैनिय नै रहेको छ ।त्यसको मुख्य कारण चाहि परम्परागत कृषि प्रणाली
जसको फलस्वरुप कृषि विकासका लागि निम्न कुरा माथि ध्यान दिन आवश्यक छ :-
1 आधुनिक तरिकाले खेती गर्नको लागि तालिमको व्यवस्था गर्नु पर्छ साथै तालिम लिनको लागि कुनै उमेर जात तथा धनी गरिब भन्ने वर्ग तोकिनु हुदैन ।
2 उन्नत बीउको व्यवस्था गर्नु पर्दछ किनभने बीउले उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ
3 रासायनिक मलको अभाव हुने समस्या जुन समय समयमा देखिन्छ त्यसको समाधान हुनुपर्छ या त्यसको पुर्ती वैकल्पिक स्रोत बाटा गर्न समयमा नै सचेत हुनु जरुरी छ
4 बजारभाव कम हुनु यहाँको गम्भीर समस्या रहेको छ यसको समाधान गर्नको लागि बजार व्यवस्थापन गर्न जरुरी छ । सरकारले न्यूनतम् समर्थन मूल्य बाली लगाउनु भन्दा पहिला नै तोकिनु पर्छ र त्यसको कार्यान्वयन पनि गर्नु पर्छ तोकेर मात्र हुदैन ।
No comments:
Post a Comment