Thursday, October 15, 2020

कागुनो

लेखक : महेश्वर न्यौपाने

कागुनो सवैभन्दा पुरानो अन्न बाली हरू मध्य एक हो यो वाली पूर्वी एसियाली देशहरूमा विषेश गरी चिनमा प्राचीन कालदेखी खेति गरिंदै आएको देखिन्छ । यो घाँसे परिवारमा पर्ने एक वर्षीय बाली हो भने कदो प्रजातिहरू मध्य क्षेत्रफलको हिसावले ( बजारा वा घोगे ) पछि विश्वमा दोस्रो बढी खेति हुने कोदोको प्रजाति हो । फ्याउरोको पुच्छर जस्तो बाला हुने भएकाले भंग्रेजिमा यसलाई फकस्टेल मिलेट ( Foxtail millet ) भनिन्छ । नेपालमा पनि यो बाली परापूर्व कालदेखी नै खेति हुदै आएको छ । नेपालका पश्चमी पहाडि जिल्लाहरू , बिषेश गरी कर्णली क्षेत्रहरू जस्तै जुम्ला, मुगु , डोल्पा, हुम्ला, कालिकोट जिल्लाहरुमा खेति गरेको पाइन्छ । साथै अन्य पहाडी जिल्लाहरू जस्तै रामेछाप , काभ्रे , गोरखा , लमजुङग , कास्की , धादिंग जस्ता जिल्लाहरूमा पनि यो बाली थोरै मात्रामा भएपनी खेति हुदै आएको देखिन्छ । विशेष गरी कर्णली क्षेत्रको स्थानिय खाद्य सुरक्षामा यस बालीको विषेश भूमिका रहेको पाईन्छ ।



विश्वमा करिव तीन हजार भन्दा बढी बाली विरुवाका प्रजातिहरू मानव उपभोगका लागी योग्य मानिन्छन । जस मध्य दस जातका अन्न दलहन र तेलका विउमात्र खेति गरिरहेको पाईन्छ भने बाकी जङ्गली अवस्था वा रैथाने र परम्परागत बालिका रुपमा छन । रैथाने बाली सामाजिक तथा आर्थिक मुल्य बोकेको बालीहरू हुन जुन मानव भोजन तथा पशु वस्तुको आहाराका  साथै औषधिजन्य प्रयोजनका लागी र स्वास्थय तर्फा राम्रो भूमिका रहन्छ भने खद्य तथा पोषण सुरक्षा र बाली विविधिकरणका लागी पनि रैथाने बाली महत्वपूर्ण भूमिका रहेको पाईन्छ । रैथाने बाली कुनै ठाउको स्थानीय हावापानिमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमि, मिठे र तितेफापर , भागो  नेपाले भट्ट , सेतो भट्ट , मार्सिधान पोखरेली जेठो बुढो , जोरायल बासमती 'दर्माली ,कोदो चिनो कागुनो उवा जौ लट्टे जस्ता नेपालका रैथाने वालीमा पढ्छन ।

कागुनोमा पाईने प्रोटिन, खनिज, भिटामिन जस्ता पदार्थ पाईन्छ भने कागुनोको सेवनले मानव सरीरमा आउने; हाडजोर्नी र श्वासप्रश्वास सम्बन्धी समस्या लाई कम गरेको पाईन्छ । साथै मानव प्रतिरक्षा प्राणाली लाई रोग संग लडने क्षमताको विकास गर्नमा ठूलो  भुमिका रहन्छ । इतिहासको कुरा गर्ने हो भने योगगुरु जय बाहादुर मल्ल चिनो र कागुनो खाएकै कारण पुर्खा बलियो र हृष्टपुष्ट भएको पाईन्छ ।यति धेरै गुण ,महत्व र इतिहास हुदाहुदै पनि तर  बिडमबना यसको खेतिमा कमी भएको पाईन्छ । स्थानीय हावापानि अनुकुलका , रोग किरा सहन सक्ने  वाली मासिंदै जानु खाद्य सुरक्षाका लागी मात्र नभई जैविक विविधताकै  दृष्टिले चिन्ताजनक मानिन्छ । नेपालमा कृषि बिकासको चौधौं योजनदेखी रैथो बालीहरुको प्रवद्धन गरी तत्स्थानमा खाद्य पोषण सुरक्षा टेवा पुर्याउने लक्ष्य लिएको छ । सोहिबमोजिम कार्यक्रम ताथा पशुपक्षी विकास मन्त्रलयले सञ्चालन गर्दै आइरहेको छ । तर यी बाली ब्यवसायीकरणका लागी ठोस कार्यक्रम नहुदा रैथाने बाती संरक्षणमा आशातीत प्रगती हुन सकिरहेको छैन ।

मध्य पाहाडी जिल्लामा खाद्य तथा पोषण सुरक्षामा देवा पुर्याइरहेको रैथाने बलिको संरक्षण र सम्बद्धनमात्र होइन ,विकास तथा व्यवसायीकाण गरिनुपर्छ । यसका लागी रैथाने बालिमा पाईने पौष्टिक तत्व तथा औषधिजन्य महत्वबारे उपभोक्तामा जागजकता ल्याइनु आवश्यक छ। साथै उक्त बलिको बिकास तथा व्यवसायीकरणका लागी क्षेत्रसुहाउँदो बाली लगाउने मोडेलको बिकास गरी कृषिमाझ ल्याइनुपर्छ । कृषकले रैथाने बालिको व्यवसायीकरण झेलनुपरेको प्रमुख समस्या भनेको उक्त बालीको बीउ सहज उपलब्ध नहुनु हो। कृषकलाई रैथाने बालीको बीउ उपलब्ध गराउन साकारले कृषक समूह र सरकारीमातहतका फार्म केन्द्रहरू तथा अनुशन्धान केन्द्र मार्फत यी बाली हरुको बीउ उत्पादनमा जोड दिनुपर्छ । रैथाने बालिको व्यवसायीकरण गर्दा वातावरण, मानव स्वास्थ तथा माटोमा पर्न सक्ने नकारात्मक प्रभावको पूर्वमूल्याङकन गरी सोहीबमोजिम दिगो र सनतुलित व्यवसायरण गर्नुपर्छ । यसले गर्दा नेपालको अनुवांशिक स्रोतको सुरक्षित गर्दछ । र पोषण सुरक्षाको खतरा कम रहन्छ ।

No comments:

Post a Comment