लेखक: पम्फा बोहरा नलगाड नगरपालिका ४ जाजरकोट
बज्दैनन तिम्रा महलमा ताली किसान नभए
अर्थहिन हुन्छन सुनैका थाली किसान नभए
कृषि बिना अस्तित्व हाम्रो सम्भब छदै छैन
कसरी टिक्छ देश जनता पाली किसान नभए
त्यती सजिलो छैन माटोलाइ मोतिमा बदल्न
फलाम बन्दैन कहिल्यै कोदाली किसान नभए
विश्वसामु आफुलाइ मानव कसरि चिनाउला
लिएर केवल भोको पेट खाली किसान नभए
लहराउदैनन बेशी फाटहरु पसिना नपोखी
उजाडिन्छन उकाली ओराली किसान नभए ।
Keep it up di
ReplyDeleteKeep it up pamphu❤❤
ReplyDeleteआहा शुन्दर कविता मेरो प्यारी भदैनिको अझै प्रगतिको शुभकामना
ReplyDeleteसुन्दर कविता पम्फा मिस
ReplyDeleteसुन्दर कविता लेख्नु भयछ...
ReplyDelete