Name:-Sailesh Shrestha
Shahid Lakhan-7,Gorkha
Bsc.ag at Agriculture and Forestry University,Rampur,Chitwan
जसरी मानव सभ्यताको सुरुदेखि नै कृषिको महत्त्व रहदै आएको थियोे,त्यसरी नै हिजोआज पनि यसको
उत्तिकै महत्त्व रहेको छ। अझ अहिलेको कोरोनाको महामारीले त झन कृषिको महत्त्व पहिले भन्दा ह्वात्तै
बढाइदिएको छ।नबढाइदियोस नि कसरी हेर्नोस न, मानिसको लागि चाहिने अत्यावश्यक सामाग्री जस्तै
खाद्यान्न,दुधजन्य सामग्री सबैमा कृषिको योगदान रहेको हुन्छ। सामान्य दुई छाक टार्न धौधौ पर्ने देखि
लिएर ठुल्ठुला महलमा बस्नेहरूलाई पनि बाँंच्नका लागि खानाको आवश्यकता पर्छ जुन कृषिबाट नै
उत्पादित सामाग्री हुन् ।त्यस्तै बाँस र कपासको लागि पनि कृषिबाट उत्पादित सामाग्री नै प्रयोग
हुन्छ।कोरोनाको महामारीले त मानिसलाई खानका लागि संघर्ष नै गर्नुपर्ने अवस्थामा पुर्याइदिएको छ
जसले गर्दा पनि अहिलेको विषम परिस्थितिमा कृषिको महत्त्व झनै बढेको हो।अहिले पसल खुल्नेबित्तिकै
तरकारी,खाद्यान्न पसलमा लाग्ने मानिसको भिडले नै कृषिको महत्त्व कति छ भनेर सहजै अनुमान लाउन
सकिन्छ।
मेरो घर सहिद लखन गाउँपालिका-७,गोरखामा पर्दछ।कोरोना महामारी भन्दा अगाडि विविध कारणले बाझो बसेका खेतबारी यसपालि भने जताततै हराभरा देखिन्छ।लाग्छ यो नै स्वर्गको एक टुक्रा हो। हुन त यहाँका अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध छन्।तर पनि यो लकडाउनको समयले मानिसलाई निकैफुर्सदिलो बनाइदिएका कारण अहिले पढाइ तथा रोजगारीका सिलसिलामा सहर छिरेकाहरु गाँउमा आएर बाझो रहेका खेतबारीमा आफ्नो पसिना बगाउन लागिपरेका छन्, परिवारका सदस्य मिलि आफ्नो जग्गा खनीखोस्री गरि तरकारी तथा अन्न उब्जाउ गर्न तल्लीन छन् ।मेरो आफ्नै कुरा गर्ने हो भने पनि म बिगत ४ बर्ष यता पढाइको सिलसिलामा घरबाहिर थिएँ र मेरो परिवारले विभिन्न कारणले कृषि पेशाबाट हात झिकी अर्कै पेशातिर लागेर खेतबारी २ बर्ष यता बाझै थियो तर अहिले लकडाउनले त्यो जग्गामा मकै,बोडि, तथा तरकारी फलाउने सुनौलो अवसर मलाई दिएको छ। यतिबेला मेरो क्षेत्रमा मानिसहरू असार लागेसँगै धानको बेर्ना तयार गर्ने,खेतमा आलि काट्ने,खेतरोप्ने,कोदोको बेर्ना तयार गर्ने,घिरौला,चिचिण्डो जस्ता तरकारी उत्पादन गर्ने आदि कार्यमा ब्यस्त छन्।यतिबेला कतिपय ठाउँमा मल आपूर्तिमा ढिला भएकाले किसानहरूलाई समस्यामा पारेको छ। यहाँका मानिसहरू प्रायः अर्मपर्ममा खेतबारीका काम गर्ने गर्छन्,कोहिकोहिले ज्यालामा पनि काम लगाउँछन्।केही मानिसले आफ्नो खेतबारी अरुलाई अँधियासमेत दिएका छन् ।अर्मपर्ममा कृषि कर्म गर्दा मानिस मानिसमा सामञ्जस्यताको भाबना बिकास हुन्छ र भइरहेकै छ।खेत रोप्ने क्रममा रोपार र बाउसेबिच हिलो छ्याप्याप गरि रमाइलो गरिरहेका भेटिन्छन्
यहाँका मानिसहरु कृषिसँगै पशुपालन पनि गर्छन् जसले गर्दा मल,दूध दहि उत्पादन हुन्छ र त्यो यहिको स्थानीय
बजारमा खपत हुन्छ।केही मानिसहरू कुखुरापालन,बङ्गुरपालन,मौरीपालन ब्यबसायतिर पनि लागेका छ्न।मौरीहरु फुलको वास्ना चुस्न घारबाट बाहिर निस्केको देख्दा, भुन्भुनाएको सुन्दा रमाइलो अनुभुती हुन्छ।अहिले खेतबारीमाबर्खे तरकारी लररर फलेको छ यतातिर, त्यो देख्दा मनै प्रफुल्ल हुन्छ।आफ्नो बारिमा उब्जाएको तरकारी बेच्न किसानहरु डोकोमा लिएर हिडिरहेका पनि भेटिन्छन।यतिखेर आँप,आरुबखडा,आलुचा पाक्ने सिजन भएकाले मानिसहरु ती फलफूलको स्वाद चाक्दै आफ्नो काममा तल्लीन छन्।यतिबेला मकैमा मल हाल्ने क्रम पनि
साथसाथै चलिरहेको छ।
बर्खाको बेला भएकाले कौसी तथा बारीमा फुल ढकमक्क फुलेको देख्न पाइन्छ भने मानिसहरु कोहि फुल हुर्काउन
तथा कोहि उन्नत जातका डालेघाँस तथा बृक्षरोपण गर्न पनि ब्यस्त छन्।बिहान उठ्ने बित्तिकै घामको
सुस्केरासँगै ती तरकारीको हरियाली,फुलको वास्नाले मनलाई नै प्रफुल्लित पारेको छ।
मानिसहरु बाँदरबाट मकै जोगाउन रातदिन नभनी बारीमा होमिएका भेटिन्छन् भने चराहरुबाट मकै
बचाउन पुत्ला ठाउँठाउँमा राख्ने गर्छन्।पुत्ला देख्दा कहिलेकाहीँ म पनि तर्सिन्छु।।
जग्गाको असमान बितरण तथा टुक्राबन्दी,परम्परागत कृषि प्रणाली,सिँचाइको समस्या,रोगकिराको उचित
ब्यवस्थापनको अभाब,बाँदर तथा चराहरुले बाली खाइदिने समस्या ,रासायनिक मलको आपूर्तिमा ढिलाइ
आदि समस्याले सोचेजस्तो उब्जनी हुन सकिरहेको छैन,उत्पादनमा कमि आउने गरेको छ र भएका
अन्नको पनि भण्डारण गर्ने ब्यवस्थित कक्षको अभावले अन्न खेर जाने गरेको छ।यी समस्या हल गर्न
सकेमा उत्पादनमा केही हदसम्म भएपनी वृद्धि गर्न सकिन्छ।
बर्तमान समयमा कोरोना महामारीका कारण गाउँमा मानिसको बाक्लो उपस्थितिका कारणले कृषिजन्य
सामग्री जस्तै दुध,दही,अण्डा,मासु अभाब सिर्जना भएकाले यी सामानको मुल्य आकाशिएको छ तापनी
कृषकको आयस्तर भने वृद्धि भएको छ।कोरोनाले युवाशक्तिलाई कृषि कर्ममा प्रेरित गरेको छ र तिनवटै
सरकारले यी युवाहरूलाई कृषिमा प्रेरित गराइराख्न सकेको खातिर कोरोनाले थिलोथिलो पारेको नेपालको
अर्थतन्त्रलाई उकास्न पक्कै पनि महत्त्वपूर्ण योगदान दिने थियो।
No comments:
Post a Comment