Writer:अबि शर्मा पौडेल
जैमिनी न.पा बाग्लुङ
2nd semester Rampur campus IAAS
केही दशक अघिसम्म माना छरेर मुरि फल्ने मध्यपहाडि क्षेत्रमा अवस्थित समुन्द्री सतहदेखि करिब १२०० मिटरको उचाईमा रहेको बागलुङ जिल्लाको पुर्बी भागका अधिकांश कृषियोग्य जमिन बनजंगल र बुट्यानले ढाक्दै गएकोले अहिले एक हलको खेत/बारिमा मुस्किलले २ मुरि धान/कोदो उब्जाउन सकिन्छ ।
(तस्बिर १: केहि बर्षअघि खेती गरिने गरेको तर हाल बाझो रहेको खेत।)
बर्षमा जम्मा २ खेती मात्र भित्र्याउन सकिने यहाँ पाखोबारिमा मकै र कोदो तथा खेतहरुमा मकै र धान अथवा गहुँ र धान खेती गरिन्छ । परम्परागत स्थानीय जातका अन्नबालिहरु मध्य डल्ले र झ्यापे कोदो तथा गुडुरा,एक्ले , जर्नेली , पातले, टंगाले, जेठोबुढो, कालानाथ्रे आदि जातका धान रोप्ने गरिन्छ। यहाँका खेतबारिले कहिलै उन्नत तथा हाइब्रीड जातका अन्न्बाली देखेका छैनन् । यहाँ परम्परागत कृषि औजार तथा गोरुले जोतेर खेती गर्ने गरिन्छ । सिँचाइको राम्रो ब्यबस्था नहुनाले हिंउदमा यहाँका खेतबारिहरु प्राय खाली नै रहन्छन ।
[तस्बिर: मकैबारिभित्र कोदो रोप्दै किसानहरु (Relay cropping ) हिउँद समयमा यो बारि खाली नै रहन्छ।]
तराई क्षेत्रको तुलनामा निकै कम मात्रामा रासायनिक मल प्रयोग गरिन्छ भने अन्य बिषादीको प्रयोग शुन्य बराबर नै छ । यहाँ प्रांगारिक गोबर मलको उच्च प्रयोग गरिन्छ । यहाँका कृषकहरु मकै बाहेक अरु कुनै बालिमा पनि रासायनिक मल प्रयोग गर्दैनन् । तरकारीबालिमा किटनाशकको रुपमा गाउँघरमै निर्मित जैबिक झोलमलको प्रयोग गरिन्छ जसले गर्दा गाउँमा अर्गानिक तरकारी नै खान पाइन्छ ।
गाउँमा अर्मपर्म गरेर निर्बाहमुखी खेतिपाती गरिने यस ठाउँमा कृषि कामदार अभावको कारण कसैले सित्तैमा जमिन दिएपनि कमाएर खान सक्ने अवस्था छैन। यहाँ गरिदै आएको खेतीपातीले लागत पनि नउठ्ने कारणले गर्दा यहाँका बासिन्दाहरु कृषि कर्म प्रती त्यति आकर्षित देखिदैनन्। गाउँ छाडेर बसाई सरि सहर तथा तराई क्षेत्रमा जानेको संख्या बर्षिनै बढ्दो भएकोले उनिहरुले खेती गर्ने गरेको जमिन प्रायः बाझो नै रहन्छ । गाउँको चारैतिर रुखबिरुवाले भरिएकोले हाल खेती गर्ने गरिएको खेतबारिमा पनि बादर , दुम्सी लगाएतका जंगलि जनावरहरुबाट बालिनाली जोगाउन मुस्किल छ ।
हाल यहाँका नगरपालिकाले खेतीयोग्य जमिन वरिपरिका बोटबिरुवा हटाउने आदेश जारी गरेपनी त्यो खासै लागू भएको देखिदैन। यहाँका स्थानिय निकायबाट ब्याबसायिक कृषिको लागि त्यति पहल गरेको देखिदैन ।

(तस्बिर३: सुन्तला खेतीका केही नमुना)
पछिल्लो समयमा सुन्तला खेतीप्रती स्थानीयहरु आकर्षित देखिएपनि व्यावसायिक सुन्तला खेतिले गति पाउन सकेको छैन ।
उचित हावापानी तथा भौगोलिक अवस्थाको हिसाबले व्यावसायिक सुन्तला खेतिको निकै राम्रो संभावना बोकेको यस ठाउँमा खेतीयोग्य जमिन वरपरका झाडी बुट्यान हटाएर सुन्तला खेतिको लागि बिशेष अनुदान कार्यक्रम ल्याइ कृषकलाई प्रोत्साहन गर्न सकेमा यहाँका स्थानिय निकायहरुको पहलमा सुन्तला ब्लक बनाउन सकिने राम्रो अवसर रहेको छ।
No comments:
Post a Comment