Friday, June 26, 2020

बाराको कृषि अवस्था

writer:Ashok kumar chaurasiya.
pachrauta -9 bara

कृषि हि मुल्क्ष जीवन्म" ले नै कृषिको महत्त्व आवश्यकता तथा यसको अपरिहार्यता झल्काउद्छ। पानी बिना माछा बाच्न सक्दैन भन्ने झैँ कृषि बिना मानव लगायत अन्य जीवनको पनि परिकल्पना गर्न सक्ने  अवस्थ छैन् ।कृषि र कृषि ब्यावसय आहिलेको सबै भन्दा जरुरतको विसय हो। यस कोरना भाइरस( covid-19) को माहामारी बढि ब्रज्स्व देखाइरहेको बेला  सान्सर भरिका लगभग सबै देशमा यसको प्रकोप  देखापर्दा कृषि लगायत सबै क्षेत्रहरुमा यसको प्रत्येक्ष असर परेको छ। यस्तो विषम परस्थितिमा अरु कुरा नभए पनि हुन्छ तर खाना  नभई नहुने हुदा कृषि कर्म गर्ने बाध्यता पनि छ र यो गर्नु नै पर्छ। यसर्थ कृषि कर्म गर्न सरकारले पनि छुट  दिएको  छ।
सबैभन्दा आगाडि आखिर कृषि भनेको के हो? खली खेतमा काम गर्नु भनेको कृषि हो र? कृषिले वास्तवमा हाम्रो देशको अर्थतन्त्रलाइ सघाउ पुर्याउछ र? के यो covid- 19 को विषम परस्थितिमा कृषि कर्मले टेवा पुर्याउछ र? ठुलाठुला भाषन गरेर मात्रै हुनछ ? कृषि  कर्म गर्नलाई  सजिलो छ र ? आखिर किसान् को पसिनाले मोल पाउने कि नपाउने ? यि सबै प्रकारका प्रश्नहरुले किसानलाइ उत्सुक वानाउद्छ र कृष्क्ले  यस्ता प्रश्न  को उतर सकेसम्म आफै बुझेका हुन्छन्  राज्य प्रति सबैको तेतिनै आसअ भरोसा हुन्छ
" अरुलाइ देखने किसानलाई हेप्ने" प्रवृत्तिले किसान दिनानुदिन असन्तुष्ट भइरहेको छ।
कृषि भन्नाले खेत्बारीमा मात्र काम गर्नु वास्तवमा अबको अवस्थामा होइन । मात्र खेतमा काम गर्नु भनेको कृषि मजदुरी गर्नु हो।यस्तो तरिकाले किसान हेपाइ खाएको छ।त्यसैले अबको कृषिको परिभाषा ; खेत वारिमा काम गर्नु, नयाँ प्राविधी,मेसिनरी  सूचना  आदिको प्रयोगमा ल्याइ ज्ञानको प्रकशमा कृषिलाई निर्वाहमुखी प्रणालीबाट ब्याव्सायिकिकरान गर्ने हो। यस्तो काममा राज्य र सरोकरवालाको साथ, सहयोग र समन्वय  अती नै जरुरी देखिन्छ । छोटकरीमा भननु पर्दा खेतीपति, पशुपालन ,माछापालन ,मौरी पालन,च्याउ खेती, तरकरी खेती,फलफूल खेती, कृषि जङ्गल  कुखुरापालन यिमध्ये जुन पनि कर्ममा लागि नाफा हुने गरि काम गर्नु भनेको कृषि  हो। अहिलेको माहामारीको अवस्थामा सबै देशको अर्थतन्त्रमा ठूलो गिरावट भएको छ। हाम्रो देश कृषिप्रधान मुलुक हो ।यहाँको  लगभग ६५ % मानिस कृषिमा सङ्लग्न छ।  यति ठूलो संख्या कृषि कर्म गर्दा पनि वर्षसेनि अर्बौंको कृषि जन्य समाग्री जस्तै  मासु ,माछा ,तरकारी, दुध  अन्य  आयात गर्नु परेको छ । यस्ले हाम्रो देशको economy ठूलो प्रभाव परेकोछ । यसर्थ हामीलाई  चाहिएको जति हम्रै देशमा उत्पादन भयो भने यो पैसा बच्ने र आफ्नै किसानले पाउने हुदा किसन सन्तुष्ट हुन्थ्यो।
कृष्कको संख्या दिन दिनै घ्त्दो क्रममा छ। भासण गर्नु र कृषि कर्म गर्नुमा ठूलो फरक छ। किसानले आफ्नो पसिनाको मोल कहिले पनि मागेको पइन्न र यसको मोल तिर्न पनि कोहीले सक्दैन । खाली लागत भन्दा अलि बढी आम्दानी भयो भने किसन  सन्तुष्ट हुन्छन् ।किसानले उत्पादन गरेको वस्तुको सहि,उचित मुल्यमा बाजर पायो भने किसानले हिम्मत कहिले हार्दैन्न।हामीले २ वर्ष भन्दा बढी कुखुरा पलेको किसान धेरै कम देख्छौ किन भने घाटा लागेर। सबै थोक ठिक भए पनि लागत भान्दा आम्दानी कम भयो भने घाटा लाग्छ ।यो उदहारण खाली कुखुरा पालक किसान लाई  मात्र होईन कृषिका सबै क्षेत्रका किसानलाई यो समस्य छ।
यहाँ यस् covid- 19 को माहामरिको बावाजुद पनि कृषि कर्ममा संघिय,प्रदेश र स्थानीय  सरकारले राम्रो  वातावरण नमिलाय पनि  भोकले होला।कृषि कर्म ठप्प चाहिँ भएको छैन तर मलखाद,विउविजन,बिसादिको अभावले अस्तिको हावाहुरीले आसिना पानीले  बारा,पर्सा को मकै,गहु, केरा ,आँप,लिची आदिमा ठूलो क्षति भएको छ।त्यस्तै urea.   मल नपाउदा मकैमा खाद राख्न नपाउदा मकैमा लगानी डुबेको येस्तै दतुरा(चैते धान) मा मलखाद्को अभावले गर्दा अपेक्षित उत्पदन घटने डर देखिएको छ। सबैभन्दा ठुलो क्षति मकैमा भएको पाइएको छ।यसमा  ४-५ वटा  कारण देखिएकोछ।मकैको बीउ राम्ररी नउम्र्नु,फौजीकिरको नियन्त्रणमा नआउनु, lockdown मा मलखद्को अभाव हुनु, त्यस्तै ध्वासे रोग ( पाता सुकुवा) देखापर्नु ,त्यस्तै  अर्को ठुलो बज्रपात  हावाहुरी आंधि पानी आएर सबै मकै सोतर पर्नु,मकै काट्ने बेलामा पानी परेर मकै पुरै भिजेर सड्नु आदि  ठुलो समस्याहरुले मकैको उत्पदन अत्यन्तै काम भएको र किसान सङ्गको  सबै पैसा त्यस्मै खेर गरेको छ।
यि सबै समस्याले गर्दा किसानको हिम्मत ( आट) मा पनि कमि देखिएको र कृषि प्रति अलि नकारात्मक सोच पनि भएको देखिन्छ । प्रदेश न-२ सरकारले" कोरनावाट असर परेका किसानलाई राहतमा अनुदान दिने"भानेको थियो ।त्यो अतिनै झनझटिलो प्रक्रिया गरेर कि वस्ताबिक किसानले त्यो राहत पाएकै छैन। झोलामा खेती गर्ने कथित झोले किसानले पाएको छ। त्यसैले किसानलाई राहत होईन खाद मल, बीउ,किट्नाश्क,ज्ञान् प्रविधी आदिको खाचो छ।यी कुराको उपलब्धता साथै सीचाइको पनि व्यवस्था मिलाउनजरुरी  देखिन्छ । 

1 comment: