Sunday, June 28, 2020

कृषि लोकसेवा जानकारी

Writer:दिपक कुमार रोका
सानिभेरी गाउपालिका रुकुम पश्चिम
कृषि डिप्लोमा 




१.नेपाल मा कृषि क्षेत्र को इतिहास 
=====================
- नेपालको कृषि विकास सम्बन्धी सरकारी पहल वि.सं. १९७८मा चारखाल अड्डामा स्थापित कृषि अड्डाबाट शुरु भएको हो।
- १९८२ सालमा सिंहदरवार परिसरमा कृषि प्रदर्शन फारम खुल्यो। 
- यसपछि कृषिको समग्र विकास गर्ने उद्देश्यले र्सव प्रथम वि.सं. १९९४मा कृषि परिषद्को गठन भयो। 
- वि.सं. १९९८ सालमा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भयो।
- वि.सं. २०००मा चितलाङ्ग तथा ककनीमा भेडा फारम सुरूभयो। 
- वि.सं. २००४मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एण्ड रिर्सच फारम खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो।
- वि.सं. २००७ को परिवर्तनपछि परिषदबाट भएका विभिन्न कार्यहरूको लेखाजोखा भयो। नेपाल विश्व खाद्य तथा कृषि सङ्गठनको सदस्य बन्यो।
- वि.सं. २००८मा कृषि परिषद्लाई विघटन गरी त्यस बेलाको सबैभन्दा माथिल्लो निकायको रूपमा रहने गरी कृषि विभाग खडा भयो। 
- वि.सं. २०१०मा कृषि विभागमा एग्रोनोमी, हर्टिकल्चर, लाईभस्टक एण्ड डेरी, एग्रि-इन्जिनियरिङ्ग र फिसरिज (भेटेरिनरी बाहेक) गरी ५ शाखाहरू खडा भए। ती शाखाका मातहतमा कृषि विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन हुन थाले। 
- वि.सं. २०१२ सालमा नहर शाखालाई नहर विभागको रूपमा बिस्तार गरियो।
- वि.सं. २०१० सालमा सहकारी विभाग खडा भयो। यही सालमा कृषि स्कूलको स्थापना पनि भयो। 
- वि.सं. २००४ सालमा स्थापित परवानीपुर कृषि फार्मलाई बहुमुखी कृषि स्टेशनको रूपमा परिवर्तन गरियो। 
- बि.स.२०१९ सालमा कीर्तिपुर बागवानी केन्द्र र गोदावरी मत्स्य विकास केन्द्रको स्थापना भयो। 
- बि.स.२०३० सालमा सिँचाई सम्बन्धी कार्य/क्षेत्र पनि कृषि मन्त्रालय अर्न्तर्गत समावेश गर्राई मन्त्रालयको नाम खाद्य, कृषि तथा सिँचाई मन्त्रालय हुन गयो। 
- आ.व. २०३७/३८मा मन्त्रालयको कार्यभारमा पुनगर्ठन भइ यस मन्त्रालय अन्तगर्त सञ्चालन हुँदै आएको सिँचाइ र खाद्य व्यवस्थाको जिम्मेवारी क्रमशः जलस्रोत मन्त्रालय र आपूर्ति मन्त्रालयलाई गए पछि मन्त्रालयको नाम कृषि मन्त्रालय रहन गयो।
 - आ.व.२०५५/५६ देखि  मन्त्रालयको नाम कृषि तथा सहकारी मन्त्रालय रहन गएको छ।
२.कृषि को परिभाषा 
===============
खेतवारीमा अन्न रोप्नु  गोडमेल गर्ने, हुर्काउने,मलजल गर्नु , सिचाइ गर्नु, कला र विज्ञान कृषि हो । यसमा बालीनाली, बागबानी, पशुजन्य, मत्स्यपालन आदि पर्दछन् । कृषि मानव जीवनको अस्तित्वको आधार हो । मानिस हरु परा पुर्बकाल देखि नै गर्दै आएको एक पेश हो। कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो। नेपाल आफूलाई कृषिप्रधान देश भन्न रत्तिभर संकोच मान्दैन । कृषि क्षेत्रलाई पाँचौं पञ्चबर्षीय योजनादेखि प्राथमिकतमा पारिएको मात्र छैन, ६६ प्रतिशत श्रमशक्ति यसै पेशामा संलग्न छ। GDP मा करिब २६.५ प्रतिशत योगदान यसै को  छ(कृषि डायरी २०७७)। त्यसैले, कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ।
३.कृषि को महत्त्व 
============
नेपालमा कृषिको महत्व निकै नै धेरै छ । किन भने कृषि भनेको विकासको एक प्रमुख माध्यम हो । हाम्रो देश नेपालमा कृषिको सम्भावना पनि त्यतीकै प्रचुर मात्रामा रहेको छ । हामीले स्रोत साधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतिको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमुल्य रहेको छ । हामीले कृषिको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सक्दछौ ।

३.१ खाद्य सुरक्षा
--------------------
हामीले प्रयाप्त मात्रामा खाद्यान्नको उत्पादन मार्फत आत्म निर्भर भई खाद्य सुरक्षा कायम गर्न सक्छौ । जसबाट हामी भोकमरि, खाद्य सङ्कट जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं । हामीले हाम्रै देशमा उत्पादन भएको प्राङ्गारिक कृषि जन्य  बस्तु को  प्रयोग ले गर्दा जसबाट हाम्रो स्वास्थ्यलाई फाइदा का साथै महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।

३.२ गरिबि न्युनिकरण
--------------------------
कृषिको विविधिकरण, व्यावसायकरण, यान्त्रिकिकरण र गुणस्तर मार्फत गरिबि र बेरोजगारी जस्ता समस्याहरू न्युनिकरण गर्न सकिन्छ । कृषिको विकास सँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ । जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् । विदेशिनु पर्दैन । आफ्नै देशमा आफ्नै पसिना र मेहनेतले जिबिकोपार्जन गर्न सक्छन। त्यसकारण कृषिले पेशा ले गरिबी निवारण गर्न महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
३.३ आर्थिक बृद्धि
---------------------
यदी हामीले कृषिको महत्वलाई बुझेर कृषिमा केही गर्नु पर्छ भन्ने सोचका साथ लाग्यौ भने हामीले हाम्रो देशमा विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत सहयोग पुर्याउन सक्दछौ । हामीले उत्पादन गरेको वस्तुहरूलाई विदेशमा निर्यात गर्न सकेमा हामीले विदेशी डलर पनि आर्जन गर्न सक्छौ । उच्च मुल्यका वाली वस्तुको उत्पादन र निर्यात मार्फत आर्थिक बृद्धि गर्न सकिन्छ ।

३.४ निर्यात र व्यापारघाटा न्युनिकरण
-----------------------------------------------
हामीले अधिकतम मात्रामा कृषिजन्य बस्तु को उत्पादन गरी त्यसको विदेशमा समेत निर्यात गरि व्यापार विस्तार गर्न सकिन्छ । त्यसको साथसाथै व्यापार घाटा न्युनिकरण पनि गर्न सकिन्छ । हाम्रो देशमा जसको सम्भावना धेरै छ जसमा देशको भौगोलिक अवस्था, हावापानि पनि कृषि उत्पादनको लागि उपयुक्त छ ।

३.५ अनुसन्धान
--------------------
कृषिको विकासको लागि यस क्षेत्रमा हामीले नयाँ नयाँ कुराहरूको अनुसन्धानको गर्न सक्छौ । कृषिको विकासको लागि अनुसन्धान एकदमै अपरिहार्य कार्य हो । जसको मदतले हामीले बिरुवा का नयाँ नयाँ जातहरु नयाँ नया प्रबिधी  को बिकास गर्न सक्छौं । बिरुवाहरुको उत्पादकत्व क्षमता, रोगकिरासँग लड्न सक्ने क्षमता आदीको विकास गर्न सक्छौं । त्यसरीनै नयाँ प्रजातिका विरुवाको आविस्कार, विरुवाको अथवा जनावरको वसाईमा सुधार, उत्पादन क्षमता धेरै भएको विरुवाको विकास त्यसको साथसाथै अनुसन्धानबाट आधुनिक खेती गर्ने प्रविधिको पनि विकास हुन्छ ।
३.६ आत्मनिर्भर
--------------------
कृषिले प्रमुख कुरा आत्मनिर्भर हुन मदत गर्छ । जसमा युवाहरूलाई कृषिमा आकर्षित गरी विदेश पलायनलाई निरुत्साहित गर्न मदत पु¥याउछ । जसले स्वाधिन अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

३.७ स्वस्थता
----------------
राष्ट्र उन्नतीको लागि राष्ट्रका नागरिकहरू स्वस्थ हुनु पहिलो आधारभूत कुरा हो । यसरी नागरिक स्वस्थहुने पौष्टिक तत्व युक्त ताजा फलफुल, गेडागुडी , तरकारी दुध, माछा , मासु अन्डा जस्ता आहारा कृषिबाटै प्राप्त हुने गर्दछ । यस्ता ताजा पौष्टिक आहारा उत्पादन र प्रयोगबाट स्वस्थ समाज र विकशित राष्ट्र निर्माणमा सहयोग पुग्छ । आफै उत्पादन गरेको कृषि जन्य उपजहरूको प्रयोग बाट शारिरिक र मानसिक विकासमा मदत पुग्छ ।

३.८ कृषिको अन्य महत्व हरु:
# मानव जीवन अस्तित्वको आधार,
# पशुजन्य उत्पादन गर्न,
# व्यापार व्यवसाय गर्न,
# खाद्यान्नको स्रोत, पोषण, सन्तुलित भोजन, स्वस्थ जीवनयापन,
# कृषिजन्य वस्तु तथा सेवाको निर्यातबाट वैदेशिक मुद्रा आर्जन गर्न,
# स्वाधीन अर्थतन्त्रको विकास,
# निर्यात अभिवृद्धि गर्दै व्यापार घाटा कम गर्न,
 आन्तरिक उत्पादनमा बढोत्तरी गर्न,
# खाद्य संकट, भोकमरी र खाद्य असुरक्षाबाट मुक्त हुन,
# द्धन्द्ध, सामाजिक अपराध, र शरणार्थी समस्याबाट टाढा हुन,
# आर्थिक गतिविधिलाई चलायमान बनाउन,
# उद्योगधन्धा तथा कलकारखानाको विकास,
# प्राकृतिक स्रोतसाधनको उच्चतम उपयोग गर्न,
# आर्थिक वृद्धि र विकासको आधार,
# रोजगारी सिर्जना गर्न,
# पर्यटन विकास गर्न ।

४. कृषि गणना २०६८ 
- बि.स.२०७० पौष मा सिन्धुपाल्चोक चौतारा मा सर्बजनिक।
-खाद्यान्न बाली उत्पादन मा पहिलो मोरङ र दोश्रो झापा।
- नेपाल मा कृषि गणना बि स २०१८ बाट सुरु भएको।
- २०६८ को कृषि गणना छैटौं कृषि गणना हो।
- नेपाल मा कृषि गणना प्रत्यक १०/१० बर्ष को फरक मा गरिन्छ।
- छैटौं कृषि गणना छनोट विधि द्दरा गरिएको।
- छैटौं कृषि गणना अनुसार ३७ लाख १६ हजार परिवार ले खेतीपाती गरेको र १ लाख १६ हजार ले पशु पन्छी मात्र पालन गरे को तथ्यांक ले जनाएको छ।
- २०१८ को कृषि गणना मा १६ लाख ८५ हजार हेक्टर जमिन मा खेती भएको थियो भने २०६८ को गणना मा बढेर २५ लाख ३३ हजार हेक्टर पुग्यको थियो।
- ७७ जिल्ला मध्य सबै भन्दा बढी कृषक परिवार भएको जिल्ला मोरङ २०६८ को कृषि गणना को तथ्यांक ले देखाएको छ।(१लाख २७ हजार परिवार )
- कृषक ले चलन गरेको जम्मा जग्गा मध्य ५२% जग्गा तराइ क्षेत्र मा रहेको छ।
- नेपालको कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हे. रहेको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औषत आकार ०.६८ हेक्टर र प्रति कित्ताको औषत आकार ०.२१ हे. रहेको छ।


५. नेपालको कषि क्षेत्रको वृदिद्धर कम हुनुका कारणहरु / समस्याहरुः
===========================
सन् १९७० ताका खाद्यन्न निर्यात गर्ने मुलुक अहिले वार्षिक डेढ खर्बको कृषि वस्तु आयात गरिरहेको छ । 
खण्डिकृत जमिनमा परम्परागत रुपमा निर्वाहमुखी खेती प्रणालीको अवलम्बन गरिदै आएको र कृषि विकासका लागि भएका सरकारी प्रयासहरु सिमित स्रोत र साधनहरुका कारण एकीकृत रुपमा नभई छरिएर जाने गरेकाले प्रतिफलमुखी हुन सकेका छैन। कृषिलाई नाफामूलक व्यवसायका रुपमा स्थापित गर्न नसक्दा यस क्षेत्रमा लगानीका लागि निजी क्षेत्र र रोजगारीका लागि युवा उद्यमीहरु आकर्षित हुन सकेको छैन। गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामीण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ।

- जीवन निर्वाहमुखी कृषि प्रणाली,
- कम लगानी,
- कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण, बजारीकरण, तथा वैज्ञानिकीकरण हुन नसक्नु,
- भूमिको खण्डिकरण, प्राकृतिक विपद्को समस्या,
- कृषि पूर्वाधारको अभाव,
- भूमि, श्रम, पूँजी, सिँचाई, मल, बीऊ, कषि प्रसार सेवा जस्ता उत्पादनका साधनहरुको अभाव ।
- बिचौलियाको संख्या र लागत वृद्धि,
- कृषि बजारको नियमन, अनुगमन तथा कारबाहीको अभाव,
- सरकारी कार्यक्रमहरुमा समन्वयको अभाव,
- कृषिको क्षेत्रगत विकास नहुनु,
- किसानलाई समय समयमा कृषि तालिम, आवश्यक मलखाद, बीऊबिजन, अनुदान प्रदान नगरिनु,
- युवाहरुको विदेश पलायन, कृषि पेशाप्रति युवाहरुको न्युन आकर्षण,
- कृषि क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्न नसक्नु,
- लुप्त बेरोजगारी, मौसमी बेरोजगारी,
- तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गरी उत्पादनमा बढोत्तरी गर्न नसक्नु ,
- किसानले कृषि उत्पादनको उचित मूल्य प्राप्त गर्न नसक्नु,
- कृषिजन्य उत्पादनहरुको आयातमा वृद्धि हुनु,
- किसानले सस्तो ब्याजदरमा ऋण सुविधा प्राप्त गर्न नसक्नु ।

६. कृषि क्षेत्रको उत्पादकत्व बढाउन के गर्ने ? समस्या समाधानका उपायहरुः
===========================
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बालीरबस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था गर्नु आवश्यक छ।
- कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने,
- निर्यात योग्य कृषिबस्तुहरुको मूल्यअभिवृद्धि गर्दै प्रतिश्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,
- कृषिको क्षेत्रगत कार्यक्रम सञ्चालन गर्ने,
- कृषि उत्पादनका साधनहरुको उपलब्धता ,
- कृषि बजारको विस्तार, विकास र नियमन,
- कृषिमा आधारित उद्योगहरुको विकास,
- कृषि उत्पादनलाई प्रोत्साहन,
- कार्यक्रमहरुको पुनरावलोकन,
- सरकारी र निजी लगानी अभिवद्धि गर्ने,
- विचौलियाहरुको नियन्त्रण,
- पूर्वाधारहरुको स्थापना, सम्भार, तथा विकास,
- कृषकहरुलाई आवश्यक मलखाद, ऋण सुविधा, बीउबिजन समयमै सुपथ मूल्यमा उपलब्ध गराउने,
- स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति ।

७. नेपालमा कृषि क्षेत्रका चुनौती र अवसरहरुः
===========================
- नेपालको संविधानले खाद्य सम्बन्धी हकलाई जनताको मौलिक हकका रुपमा स्थापित गरिसको छ।
- दिगो आत्मनिर्भर एव व्यवसायिक कृषि क्षेत्रको परिकल्पना सहित कृषि विकासको २० बर्षे रणनीति (ADS) ।
- बढ्दो आयात र घट्दो निर्यातले चुलिदै गएको व्यापार घाटाले कृषिमा आश्रित नेपालको सम्रग अर्थतन्त्र नै धरासायी बन्दै गईरहेको ।
- देशको युवा शक्तिको बढ्दै गएको विदेश पलायनले श्रम शक्तिको अभाव र खेतीयोग्य कृषि भूमि बाँझो रहने क्रम बढिरहेको ।
- कृषि विकास मन्त्रालयका प्रतिवद्धताहरु २०७२ मा कृषिको आधुनिकिकरण र व्यवसायिकरणका लागि विशिष्टिकृत कृषि उत्पादन क्षेत्रहरुको विकास गरिने उल्लेख भएको ।
- सरोकारवालाहरु संगको समन्वय फितलो रहेको ।
- कृषिको व्यवसायिकरण मार्फत औद्योगिकिकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलनात्मक लाभका आधारमा छनौट गरिएका क्षेत्र र बालीहरुमा एकीकृत रुपमा सघन कृषि विकासका कार्यक्रमहरु सन्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको ।
- जलवायु परिवर्तनको असर कृषि प्रणालीमा पर्नु ।

९. नेपालमा कृषि क्षेत्रको विकासका लागि भएका प्रयास/प्रावधान/व्यवस्थाः
============================
-संवैधानिक व्यवस्थाः कृषि र भूमिसुधार सम्बन्धी नीति
- आ ब २०७७/७८ मा करिब ३०० भुमी बैंकको स्थापना गर्ने मार्गचित्र।
- भूमिमा रहेको दोहोरो स्वामित्व हटाउने
- वैज्ञानिक भूमिसुधार गर्ने
- भूउपयोग नीतिको अवलम्बन गरी भूमि व्यवस्थापन
- कृषिको व्यावसायिकरण, औद्योगिकीकरण, व्यावसायिकरण, विविधिकरण, र आधुनिकीकरण
-भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन
- कृषि उपजको उचित मूल्य, कृषि समाग्री र बजार पहुँचको व्यवस्था ।

१०. नीतिगत व्यवस्थाः
================
क. भूउपयोग नीति, २०७२
ख. कृषि जैविक विविधता नीति, २०६३
ग. राष्ट्रिय कृषि नीति, २०६१
घ. कृषि यान्त्रीकरण प्रवर्दन नीति, २०७१
ङ. कृषि व्यासाय प्रवर्दन नीति, २०६३
च. सिचाई नीति, २०७०
छ. मल नीति, चिया नीति, आदि ।

११. कृषि तथा बाली बिमा समन्धी जानकारी
===========================
कृषि व्यवसायमा मुख्यतया पाँच किसिमका जोखिम हुन्छन्। जस्तै: उत्पादन वा उत्पादकत्व जोखिम, मूल्य वा बजार जोखिम, मानव संशाधन जोखिम, वित्तीय जोखिम र कानुनी जोखिम। यी जोखिमहरूमध्ये उत्पादन जोखिम र मूल्य जोखिम मुख्य मानिन्छन्। जति नै कोसिस गरे पनि यस किसिमका जोखिमहरू शून्यमा झार्न सकिँदैन, जोखिम न्युनीकरण गरिब मुलुकमा मात्र नभई विकसित मुलुकमा पनि शून्यमा राख्न सकिंदैन। तसर्थ विकसित तथा विकासोन्मुख मुलुकहरूमा जाखिम न्युनीकरण वा व्यवस्थापनका उपायहरू सावधानीसाथ अपनाउने गरिन्छ। कृषिमा जोखिम न्युनीकरण वा व्यवस्थापनका बिभिन्न उपायमध्ये कृषि बिमा बढी प्रचलनमा रहेको पाइन्छ।
११.१ इतिहास 
- यसको विश्व इतिहास हेर्दा बेन्जामिन फ्र्याङ्कलिनले सन् १७८८ मा 'कृषि बिमा' भन्ने वाक्यांश प्रयोग गरेका थिए। 
- विधिवत सुरुवात  जापान र संयुक्त राज्य अमेरिकामा सन् १९३९ मा कृषि बिमासम्बन्धी ऐन पारित भएपछि मात्र भएको हो। 
- विभिन्न उतारचढाव पार गर्दै १९६० तिर कृषि बिमाको क्रमशः विस्तार हुनथाल्यो।
- विश्व बैंकको एक प्रतिवेदनअनुसार २००८ सम्ममा १०४ राष्ट्रमा केही न केही हिसाबले कृषि बिमा लागू भएको पाइएको छ।
- नेपाल मा आ.व. २०७०/७१ मा खाद्यान्न बाली, फलफूल, तरकारी, माछा, पशुपन्क्षीमा देशैभरि कृषि बिमा कार्यक्रम लागू गरियो थियो।  बिमा पि्रमियम दरहरू तोकिएका छन्। जस्तै: बाली, फलफूल, तरकारी र पशुमा ५ प्रतिशत, माछा र पोखरीसमेत माछापालनमा क्रमशः २ र ३ प्रतिशत र व्यावसायिक र घरपालुवा पन्क्षीमा क्रमशः ७ र ५ प्रतिशत तोकिएको छ।
- नेपाल सरकारले आ.व. २०७०/७१ मा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको थियो  भने आगामी आ.व. २०७१/७२ को लागि ७५ प्रतिशत अनुदान दिने व्यवस्था प्रस्ताव गरे को थियो।

१२. कृषि लोकसेवा जानकारी 
====================
- कुल ग्रहास्थ उत्पादन मा कृषि को योग्यन = २६.५%
- कुल ग्रहास्थ उत्पादन मा मत्स्या को योगदान  = ०.४८%
- कृषि क्षेत्र को कुल ग्रहास्थ उत्पादन मा कृषि तथा बन को योगदान = ५.०२%
- कृषि क्षेत्र को कुल ग्रहास्थ उत्पादन मा मत्स्या को योगदान = ५.६०%
        (कृषि डायरी २०७७)
- प्रमुख खाद्यान्न बाली = धान, मकै, गहुँ, कोदो, जौ र फापर
- राष्ट्रिय कृषि नीति =  बि.स.२०६१
- राष्ट्रिय कृषि ब्यबस्थापन नीति =बि.स.२०६३
- नेपाल मा चिया खेती को बि.स.= बि.स.१९२०
- ५ अ को जिल्ला = झापा (ओलन/आलु/अलैंची /अम्लिसो/अदुवा)
- कफि दिवस = मङ्सिर १ (बि.स.२०६२ बाट मनाउन थालिएको)
- कृषि गणना को सुरुवात= बि स २०१८
- छैटौं राष्ट्रिय कृषि गणना = बि.स.२०६८ पौष १
- नेपाल मा पहिलो पट्क कफि खेती = बि.स.२०११
- चिया क्षेत्र घोषण =बि.स.२०३९
- नेपाल मा भुमी सुधार बचत सस्था को स्थापना=  बि.स.२०२३
- चिया निगम को स्थापना =बि.स. २०३३
- नेपाल मा मात्र पाइने फल = लप्सी
- पहिलो पट्क Tissue Culture बाट तयार पारिएको बाली = आलु
- Red Apple = गोलभेडा 
- पुरानो कृषि उपज = भट्मास
- पहिलो नगदे बाली = चिया
- धान दिवस = असार १५
- सुपारी उत्पादन गर्ने प्रमुख जिल्ला = झापा
- कालो सुन = अलैंची 
- Engine Of Growth = कृषि 
- पहिलो कृषि इन्जिनियर = हुतराज बैध

4 comments: