Writer:Sulav Rijal
Adress: Dhading, Nepal
Valley krishi campus
घैया; सल्यानटार, धादिङ को मुख्य अन्नबाली हो ।
हाम्रो क्षेत्र मा चोबो र मरङ्गे दुई प्रजातिका घैया धान लगाईन्छ।
चैत्र महिना को अन्तिम हप्ता देखि बैशाख महिना को पहिलो हप्ता भित्र मा लगाईने यस बाली लाई भाद्र को पहिलो हप्ता मा भित्र्याइन्छ । यो धान ले छरेको १३० देखि १४५ दिन भित्र मा आफ्नो उब्जनि दिन्छ। एक रोपनी क्षेत्रफल मा लगाईएको घैया धान ले ३ देखि ४ मुरि (1.8 to 2.5 quintol) सम्म धान उत्पादन दिन्छ । जुन उत्पादन सिंचाइ जमिनमा हुने तुलनामा ३० देखि ४० प्रतिशत ले कम हो । यो सिंचाई सुविधा बिना उत्पादन हुने धान हो। सिंचाई न हुने भएका कारण ले गर्दा यो धान लाई (transplanting) रोप्नु को साट्टाे (broadcasting)छरिन्छ।
यो खेती को लागि आकाशेपानी मा भर पर्नु पर्छ। घैया धान सल्यानटार मा पहिलै देखि लगाईने खेती हो तर समयमा पानी नपर्ने, स्थानीयको आकर्षणमा कमी, मौसम अनुकूल नहुँदा, मलखादको पनि राम्रो व्यवस्था नभएकाले घैया धान लोप हुने अवस्थामा पुगेको छ। यो खेती को लागि प्रयाप्त कामदार को अभाव हुन थालेको छ र कामदार लाई दिन पर्ने खर्च पनि धेरै भएका ले घैया धान लोप हुने अवस्थामा पुगेको छ । उत्पादित अन्न को मूल्य उत्पादन मा लाग्ने खर्च भन्दा थोरै हुने भएको कारण ले गर्दा मानिस हरु ले येस्को खेती गर्न छोडेका छन् । गाउँगाउँमा विभिन्न सुविधा पुगेसँंगै घैया धानको सट्टा विभिन्न अन्नबाली, तरकारी खेती गर्न थालिएको छ। धानखेतीमा मिहिनेत धेरै र उत्पादन कमी हुने भएपछि हिजोआज लोप हुने अवस्थामा पुगेको छ। परम्परागत प्रणाली लाई आत्मसात गर्दै आधुनिक उपकरण को प्रयोग मा नलेराई कन घैया धान लाई लोप हुन बाट बचाउन हम्मेहम्मे हुने छ। किसान लाई तालिम, मलखाद तथा बिउबिजन मा सौलियत, आधुनिक उपकरण को प्रयोग आदि लाई प्राथमिकता का साथ अगाडि बढाउन सकेऔं भने यो धान लाई लोप हुन बाट बचाउन सकिन्छ ।
No comments:
Post a Comment