Saturday, June 20, 2020

बर्तमान समयमा मेरो ठाँउमा भएका कृषि गतिविधि

Writer: Punam pokhrel
Bsc.ag 4 th sem(Gokuleshwor agriculture and animal science collage ,baitadi)



यो मानव सभ्यता कृषि बिना कसरी बाच्ला र खै ?जतिसुकै भौतिक उपलब्धिको पछाडी लागेपनी मानिसको उत्कृष्ट चाहाना त बिहान र बेलुकाको छाक टार्नु न हो।हेर्नोस न, कहिलेकाही बिपत्ति आइपर्दा मानिसहरु सुन,चादी,हिरा, पसलमा भन्दापनि खाद्यान्न पसलमा धाउछ्न।बर्तमान अब्स्थालाइ पनि नियालेर हेर्ने हो भने कोरोनाको महामारिले आज सबै बिश्वबिद्धालय ठप्प छ्न तर कृषकहरु भने दिनरात नभनी आफ्नो खेतबारिमा काम गरिरहेका छ्न।यसर्थ आदिकालमा कुनै पनि कुराको बिकाश नभईसक्दा कृषिको जति महत्त्व थियो आजपनि त्यति नै महत्त्व छ।बिकाशका कुराहरु ठप्प हुदा पनि कृषकहरु भने फुर्सदमा छैनन किनभने सारा संसारलाइ खुवाउने भनेका कृषकहरु नै हुन।
मेरो घर दाङ जिल्ला राप्ती गा.पा.1पाखापानी हो।केही समय अगाडि जब कोरोनाको महामारी फैलिएको  थिएन तब यहाका मानिसहरु आफ्न जग्गाजमिनलाइ घडेरीहरु बनाउमै व्यस्थ थे तर आज हरेक कुनाकुनामा मकै,रहर,बोडी ,भटमास जस्ता खाद्यान्नबाली एवम् कोशेबाली लगाएको पाइन्छ।भएको खेतलाइ अधिया अनि ठेक्का दिन्छु भन्दै हिंड्ने मानिस आज कुटाे ,कोदालो बोकेर खेततिर धाएका छ्न।कृषि क्षेत्रमा अधिकान्स ज्ञान भएका मानिसले आज आफ्नो जग्गामा त्यो ज्ञान परफुस्टन गर्ने मौका पाएका छ्न।धान खेती गर्दा धेरै पानी चाहिने भएकाले धानको साथै माछापालन पनि गर्नुपर्छ भनि मस्त्यपालनको ब्यवसाय पनि संचालन गरेका छ्न।हामिले खेती गरेको जमिनमा रासायनिक मल भन्दापनी प्राङगारिक मलको बढी प्रयोग गर्नुपर्छ भन्ने कुरालाइ बुझेर पशुपालन गर्न थालेका छ्न जसले गर्दा एकातर्फ दूध,दहि,मासु  उत्पादन भइरहेको छ भने अर्कोतर्फ खेतबारिलाइ चाहिने प्राङगारिक मल पनि उत्पादन भैरहेको छ।आफुले लगाएका बालिनालिको संरक्षणका लागि बजारिया औसधि भन्दा पनि घरमै रहेका निम,तितेपाती,खरानी,असुरोको बोटको पातहरुको झोलमोल बनाएर प्रयोग गर्छन।जसले गर्दा फाइदाजनक किराहरु नमर्ने अनि बालिनाली पनि संरक्षण भइरहेको छ साथै एकीकृत बालिशत्रु ब्यवस्थापन भन्ने कुरा पनि लागू भइरहेको छ।दूध,दहि,मासु,माछा,अन्डा जस्ता खाद्यपदार्थहरु बजारबाट लिएर उपयोग गर्ने मानिस आज कुखुरापालन, पशुपालन गरेर आफ्नो घरमा उत्पादन गरेको देखिन्छ।बजारमा ल्याइएका विसादीयुक्त तरकारीहरु भन्दा घरमै उत्पादन गरेका लौका,काक्रा,फर्सी जस्ता लहरे तरकारी नै स्वास्थ्यका लागि लाभदायक हुने कुरा यहाका मानिसले बुझेका छ्न।सोहिअनुसार जग्गा भएकाले करेसाबारिमा नभएकाले कौसे तरकारी उत्पादन गरेको देखिन्छ।साथै कतिपय मानिसले विभिन्न प्राचीन एवम् आधुनिक घारको प्रयोग गरि मौरिपालन पनि गरेका छ्न।जसले गर्दा घरमै बसि बसि मह खान पाएका छ्न एकातर्फ भने अर्कोतिर मौरिहरुको चरन क्षेत्रमा उत्पादन पनि वृद्धि भएको छ।
                        यसर्थ बर्तमान अवस्थालाई हेर्ने हो भने यहाका मानिसहरु अहिले पुर्ण रुपमा कृषिमा आवद्ध भइसकेका छ्न।कसैले आफ्नो जमिनमा मकै,बोडी ,लहरे तरकारी लगाएका छ्न।कसैले पशुपालन ,कुखुरापालन गरि उनिहरुलाइ चाहिने मल उपलब्ध गराएका छ्न।कोरोनाले विस्वका हरेक व्यबसायलाइ नोक्सानी पुर्याएको छ तर कृषिको महत्त्व भने झन बढाएको छ।खाली अनि प्लटिङ गरिएका जमिनहरु आज खेतिले हराभरा भएका छ्न।बिहान उठ्ने बित्तिकै घामको झुल्कोसङगै बारिमा फलेका लौका,काक्रा हेर्दा मनमा आनन्द छाउछ। 
                                    
                    

3 comments: