Wednesday, May 26, 2021

नेपालमा ओखर मा लाग्ने रोग किरा र त्यसको व्यवस्थापन

 

पर्सिएन या अंगेजी ओखरमा चिनीएको Juglandacear परिवारको सदस्य हो। वैज्ञानिक नाम Jungians regia हो। यस्को मुल घर हो , उत्तर पश्चिम हिमालय क्षेत्र ।

फान्स, रुमानिया, क्यालिफोनिया, चिन, भारतको हिमाली क्षेत्रमा र नेपालमा पनि जंगली रुपमा रहेको पाइएको छ, तर केहि समय देखि व्यवसायिक रुपमा भने  पातलो वोक्रा भएको ओखरहरुको  नेपालमा खेति सुरु भइरएको छ।नेपालमा महाभारत शूङखलामा हाडे ओखर र कर्णालिमा पर्वतीय क्षेत्रमा दाँते ओखर अनादि काल देखि नै  पाइन्छ । ओखरको रुख र फलहरुलाइ धेरै प्रयोजनको रुपमा प्रयोग गरिन्छ। ओखरको गुदी त्यसै खान या मिठाईहरुमा मिसाउनका लागी प्रयोग गरिन्छ । ६४.५ प्रतिशत सम्म गुदिबाट वोसोको तेल का रुपमा बझाङ , बाजुरा क्षेत्र तिर तेल निकाली प्रयोग गरिन्छ। ओखरमा भने १२-१५ प्रतिशत प्रोटिनको मात्रा हुन्छ। बसन्त ऋतुमा पर्ने तुसारो र गर्मिमा एकदम गर्मिमा हुने हावापानी ओखरलाइ सुहाउदैन। फुल फुल्ने वेलामा हिउ पर्ने या हिउ पर्न सक्ने हावापानीले सबै फुलहरुलाइ मार्न सक्छ साथै फलको वूद्वी हुने बेलामा ३७-३८ र आद्ता धेरै कम भएमा पनि फलको वूर्द्वी हुदैन् या भए पनि सुकेको कालो हुन्छ , र खाली पनि हुन सक्छ ।

रुख धेरै ठुलो र फैलावट पनि धेरै हुने हुनाले पनि ओखरको लागि राम्रो गहिरो, निकासा भएको र जैविक मल राम्रो भएको बेस हुन्छ ।

एक दुई वर्षमै फल खान पाइने टर्कीको, च्यान्र्डर र फ्रानक्वीट जातको ओखरहरुको विरुवाको हालसाल निकै प्रचलित बन्दै गएका छन् । बाँझो जमिन , भिरालो जमिन मा लगाउने सकिने भएकाले अहिले सरकारी तथा गैरसरकारी संस्था हरु ओखर खेती को प्रवधन का लागि विभिन्न कार्यक्रम मार्फत किसान हरु को घरआँगनमा पुग्दैछन्।

नेपाल मा ओखरको खेती समुन्द्री सतहबाट ९०० मिटर देखी ३५०० मिटर सम्म गर्न सकिन्छ । ओखरको रुख ठुलो हुने हुँदा यसलाई ७-७ मिटरको फरकमा लगाउनु पर्छ । यो बिरुवा १ रोपनिमा १० – १५ ओटा लगाउन सकिन्छ । यस बिरुवाले ५-६ बर्ष बाट उत्पादन दिन सुरु गर्दछ ।


 ओखर लगाउने विधि :

क. २ फीट को खाडल खनेर मल र माटोको मिश्रण राख्ने , त्यसपछि नयाँ पालुवा आउन अघि को विरुवालाइ रोप्ने ।

ख. हिउँदको समयमा पानीको राम्रो व्यवस्थापन गर्न सकिन्छ भने हिउँदमा पनि राम्रो संग यसलाइ लगाउन सकिन्छ ।

ग. स्याहार सुसार राम्रो संग गरेर एक पटक हुर्काएको विरुवालाई हुर्किसकेपछि त्यति धेरै हेरचाह गर्नु नपर्ने हुन्छ।


जङगली रुपमा पाइएको या व्यवसायिक रुपमा खेति गरिएको ओखरमा विभिन्न समयमा विणिन्न रोग किराको  असरबाट उत्पानमा कमि ल्याइरहेको छ, जसमा लाग्ने मुख्य निम्न छन्।


ओखरमा लाग्ने प्रमुख किराहरु

१) गवारो (Trunk, shoot Borer): यसले हुर्कि सकेका बोटहरु लाइ धेरै क्षेति पुय्राउछ। काण्डको वरिपरि बोक्रामा फुल पार्दछ र लार्भाको अवस्थामा काण्ड तथा हाँगामा प्वाल पारी छिरेर भित्र भित्रै सुरुङ बनाउछ। प्रकोप धेरै भएमा हावा हुरि आउदा हाँगा तथा बोट नै ढल्छन् ।यसको क्षेति थाहा पाउन काण्ड तथा हाँगाबाट काठको धुलो र बिस्टाहरु बाहिरै देख्न सकिन्छ। यसले हुर्किसकेको बोटलाइ क्षती पुय्राउदछ।यदि त्यस्तो धुलो र बिस्टाहरु देखिएमा नियन्त्रणका उपाय अपनाउनु पर्दछ।

व्यवस्थापनः बोटको फेद वरिपरि खपटे किरा देखिएमा मार्ने। गवारोले प्वाल पारेको ठाउँमा कपासमा मट्टितेल वा मालाथिन झोल चोपेर तारको साहयताले प्वालको भित्र सम्म पुग्ने गरि घुसारेर  प्वाललाइ गिलो माटोले टाली दिनु पर्दछ।


२) ओखरको खपटे (Walnut weevil):

खपटे किरा कालो रंगको ,वयस्क खपटे खैरा रंगको , पखेटा कडा र पुच्छर तिर सेतो धर्सा भएको हुन्छ। सुङ चुच्चो र लामो हुन्छ। चुच्चो बाहेक पूरा जीउको लम्बाइ करिब १ से. मि. हुन्छ।  यसले नयाँ पालुवा आए पछि पात तथा मुनाहरु खाई क्षति पुय्राउछ र हाँगा तथा फलको टुप्पा तिर कोतरेर फूल पार्छ र लार्भा अवस्थामा त्यस स्थानमा प्वालपारी सुरुङ बनाउँदै खाँदै जान्छ। जसले गर्दा टुप्पा सुक्ने, फल झर्ने गर्दछ। माउ किराले पनि पातको डाँठ,पात , मुन्टा र फल खाने गर्दछ। यसरी माउ र लार्भा दुवैले ओखरलाइ नोक्सान पुय्राउदछन्।

व्यवस्थापनः

बगैचा सफा राख्ने ,भुइमा झरेका फललाइ संकलन गरि गहिरो गरि गाडने। प्रकोप धेरै  भएमा रोगर बिषादी २ एम. एल. प्रति लिटर पानीमा मिसाइ छर्ने।


३) कोडलिङ मोथ (Codling moth ):

यि किराले स्याउ र नास्पाति दुवैमा आक्रमण गर्दछ ।माउ किराहरु करिव एक से. मि. लामा र ओखरको  बोक्रा को रङ हुने हुदा बोटमा सजिलै संग देख्न सकिदैन् । वस्यक पुतली खैरो रंगको हुन्छ। यसले फलको भेट्नोमा फूल पारी दिन्छ र त्यसबाट निस्केको लाभ्रेले फलको कलिलो अवस्थामा नै भेटनोबाट भित्र छिरी फलको गुदि खाने गर्दछ। यसले असर गरेका फलहरुमा मसिना प्वाल देखिन्छ।

व्यवस्थापनः

यसको व्यवस्थापनको लागि मोहिनी पासो प्रयोग गर्नु राम्रो हुन्छ। यदि नियन्त्रण भएन भने रासानिक बिषादि प्रयोग गर्नु पर्दछ।

४) लाहि किरा (Aphid):

लाही किरा कलिलो मुना र कलिलो पातको तल्लो तहमा बसेर रस चुस्ने गर्दछ। पात, डाँठमा गुलियो य्राल छोड्दछ र त्यसमा कालो ढुसि पैदा हुन्छ, जसलाइ कालो ढुसि रोग ( Shooty mould) भन्ने गरिन्छ। यो लाहि किराले निम्त्याउने दोश्रो संक्रमित हो।यसको असरले पात तथा डाँठको भाग कालो ढुसिले ढाकी बोटलाइ कमजोर र फल गुणस्तरहिन बनाई दिन्छ।

व्यवस्थापनः

ढुसि नै पैदा हुन नदिन लाहि किराको नियन्त्रण गर्नु पर्दछ, जसको लागि इन्टापिड विषादि ०.५ मि.ली. प्रति लिटर पानीमा मिसाइ स्पे गर्नु पर्दछ। दोश्रो ढुसि नियन्त्रणको लागि १% को बोर्डो मिक्स्चर १५ दिनको फरकमा दुइ पटक छरेमा नियन्त्रण हुन्छ।

५)झिंगा (Husk fly ):

ओखरमा ४-५ थरिका झिँगाले आक्रमण गर्ने गर्दछन् ।यि झिँगाले फलको बोक्रामा प्वाल पारेर फूल पार्दछन्। जसबाट औँसाहरु निस्की फलको बोक्रा खाने र सडाउने गर्दछन्। फल नझरे पनि दाग लाग्दछ। कहिले काहि गुदि पनि कालो र गन्हाउने हुन्छ। यी झिँगाहरुको जिवन चक्र पूरा हुन करिब एक बर्ष लाग्ने गर्दछ।  घरेलु झिंगा जस्तै तर त्यो भन्दा केहि ठुलो आकारका राता पहेला पखेटा भएका झिंगा हुन्छ। यसले फलेको बोक्रोमा कोतरि फुल पार्दछ र लार्भा अवस्थामा फलको गुदि खाइ कुहाउने काम गर्दछ्। जसले गर्दा फलहरु परिपक्प नहुदै झर्ने गर्दछ।

व्यवस्थापनः

यसको प्रभावकारी नियन्त्रणको लागि बगैचा सफस राख्ने, झरेका फललाइ संकलन गरेर गहिरो गरि गाड्ने र यतिले पनि नियन्त्रण भएन भने सेभिन (carbarill)  विषादि २ मि.लि. प्रति लिटर पानीमा मिसाइ स्पे गर्नु पर्दछ।

६) माकुरे किरा (mites)

ओखर लाइ रेड माइट, स्पाइडर माइट, टु स्पटेड माइट र एरिनियम माइटले आक्रमण गर्दछन्। यि किराहरु ज्यादै साना (०.०००८-०.६ मि. मि.) हुने हुदाँ सजिलै सँग देख्न सकिदैन्।यी किराहरुको फल अर्थात पातको रस चुसेर खैरा दाग बनाउदछन् ।

व्यवस्थापनः  केल्थेन अर्थात थायोडनले यि किरालाइ नियन्त्रण गर्न सकिन्छ ।

७) कतले किरा ( scales)

स्ताउमा लाग्ने कतले किराले हुर्किरहेको साना ओखरका बोटमा टाँसिइ रस चुसेर नोक्सानी पुय्राउने गर्दछन् ।डिजेलको तेल, सेभिन अथवा बसुडिन छर्नाले यि किराहरु लाइ नियन्त्रण गर्न सकिन्छ । ओखरमा लाग्ने अन्य किराहरुमा ओखरमा लाही, वालनट काटरपिलर , लिफ रोलर, रातो जुरे, झुसिलो किराहरु आदि पर्दछन्।यि किराहरुको साथसाथ लोखर्के र केहि चराहरुले पनि नोक्सानी पुय्राउने गर्दछन् ।

ओखरमा लाग्ने प्रमुख रोगहरु


१) खैरा पात थोप्ले रोग :

यो पनि ढुसिबाट लाग्ने रोग हो । उच्च तापक्रम र उच्च आद्रता भएको मौसममा यसको प्रकोप बढि हुन्छ। शुरुमा पातमा मसिना काला थोप्लाहरु देखा पर्दछ र क्रमश डाँठ, पात , फलमा कालो दागहरु देखा  पर्दै नपाक्दै झर्दछ।

प्रकोप बढि भएमा पुरै फल पनि झर्दछ।

व्यवस्थापनः नयाँ पालुवा आएपछि एक पटक कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानिका दरले पुरै बोट भिज्ने गरि छर्ने ।फलको चिचिला लागेपछि १ प्रतिशतको बोर्डो मिक्सचर बोट पुरै भिज्ने गरि छर्ने ।


२) गलगाँड रोग क्राउन गल ( Crown gall ) :

यो ब्याक्टोरियाबाट लाग्ने रोग हो । यो रोग सधै एकै स्थानमा नर्सरी विरुवा उत्पादन गर्ने गरेमा नर्सरी बाट सर्न सक्दछ। यो रोगको लक्षण जमिनको सतह नजिकको काण्डमा सेतो खैरो नरम मकैको दाना जस्तो गिर्खा देखा पर्दछ। यो गिर्खा बढ्दै ठुलो गाँड जस्तो कालो खैरो रंगको हुन्छ।

ब्यवस्थापनः लक्षण देखा परेका विरुवा जलाई दिनु पर्दछ। त्यस्तो ठाउँको माटो उपचार पछि मात्र पुन बिरुवा रोप्नु पर्दछ। सँक्रमित जग्गामा नर्सरी विरुवा उत्पादनमा गर्नु हुदैन।

३) ओखरको डढुवा रोग ( Walnut blight ) :

यो रोग ब्याक्टेरीया बाट लाग्दछ। धेरै बर्षा हुने, हुस्सु लाग्ने स्थानमा यसको सँक्रमण बढ्छ। यो रोगको जिवाणुहरु सुशप्त अवस्थामा बोटमा रहने हुदाँ अनुकुल आवहवा पाउदा विर्तिकै रोग फैलिन्छ।  यसले पात, फुल र फलमा आक्रमण गर्दछ । पातमा पानीले भिजे जस्तो दाग देखिने र पछि हरियो पहेलो घेरा बनाई खैरो कालो धब्बा देखिन्छ । शुरुमा कलिला फल झर्दछ र पछि लागेमा फल कालो भई चाउरिन्छ।

व्यवस्थापनः

लक्षण देखिन साथ एक पटक कपर अक्सिक्लोराइड २ ग्राम प्रति लिटर पानीका दरले पुरै बोट भिज्ने गरि छर्ने । पछि १ प्रतिशतको बोर्डो मिक्सचरले बोट पुरै भिज्ने गरि छर्ने ।

४) टुप्पा सुक्ने रोग ( Die- back ):

यो रोग Glomerella cingulata नामक एक प्रकारको ढुसि बाट लाग्ने गर्दछ। यसको लक्षणमा शुरुको अवस्थामा पातमा अनियमित खैरा थौप्लाहरु देखिन्छ, थोप्लाहरु बढेर पुरै पातमा ढाकिन्छन् ।पछि पातहरु झरेर हाँगाहरु नाङ्गा हुन्छन् ।त्यसै गरि कलिला हाँगाहरु टुप्पाबाट कालो हुदै सुक्दै जान्छन् ससाना विरुबा मर्न पनि सकछ।

ब्यवस्थापनः

रोगको लक्षण देखा पर्ना साथ कपरअक्सिक्लोराइड धुलो विषादी २ ग्राम प्रति लिटर को दरले १५ दिनको फरकमा २-३ पटक स्प्रे गर्ने । हिउँदको काटछाँट पछि काटिएका भागमा बोर्डो मिक्स्चर स्प्रे गरि दिएमा बर्षामा रोगबाट बचाउन सकिन्छ।

५) ओखरको एन्थ्राक्नोज (walnut anthracnose)

यो रोग ढुसिको आक्रमणबाट हुन्छ ।यो रोग को आक्रमण बढि आर्द्रता भएका गर्मि मौसममा हुने गर्दछ। पात र फलमा काला धब्बाहरु देखा पर्नु यो रिगकि लक्षण हो ।यो यो रोग को आक्रमण बढ्दै गएमा पात र फल झर्दछन् ,फलभित्र गुदि कालो र चाउरिएको हुन्छ।

ब्यवस्थापनः

नयाँ पालुवा निस्कने समयमा जेनेव अर्थात् मेनब ०.८ के. जी. प्रति ४५० लिटर पानीमा मिसाएर १-१५ दिनको  फरकमा २-३ पटक छर्नु पर्दछ।

6) फेँद तथा जरा कुहिने रोग (Foot and Root rot)

यो रोग फाटोप्थोरा ढुसि बाट लाग्दछ। बढि चिस्यान तथा पानी जम्ने स्थानमा यो रोगको प्रकोप बढि हुन्छ।त्यसैगरी फेदमा  घाउ

लागेमा , संक्रमित स्थानबाट बिरुवा ल्याएमा यो ढुसिले आक्रमण गर्दछ। जसले गर्दा बोट टुप्पो बाट सुक्दै आउने , बोटको एक पाटो सुक्ने, पातहरु ओइलाएर झर्ने गर्दे अन्तमा पुरै बोट नै सुक्ने गर्दछ।

ब्यवस्थापनः

बोटको फेदमा पानि जम्न नदिने ,बोटको वरिपरि सरसफाइमा ध्यान दिने, खानजोत गर्दा काण्ड, फेद र त्तसको वरिपरि धेरै गहिरो खानजोत नगर्ने ।फागुन र भदौ गरि वर्षमा दुइ पटक अर्निवार्य रुपमा बोर्डपेस्ट फेदमा लगाउने ।यदि फेदमा संक्रमण  भइ सकेको छ भने सडेको  भागलाइ चक्कुले खुर्केर त्यस घाउमा बोर्डोपेस्ट लगाउनु पर्छ ।











No comments:

Post a Comment