writer:पुजन घिमिरे
आदिकाल देखि विश्वयुद्धले संसार ध्वस्त बनाउँदा होस् या आज कोरोनाले विश्व शिथिल बनाउँदा कृषि र कृषिबाट उत्पादित बस्तुहरूको योगदान हरेक साझ बिहान साहु सेठका महलदेखि गरिबको झुप्रो तथा साधुसन्तको कुटिसम्म सास, गाँस, बास र कपासको लागि उत्तिकै महत्वपूर्ण र अतुलनिय छ ।
मध्यपहाडी इलाकाको ओखलढुङ जिल्ला अर्न्तगत चिसङ्गुढी गा.पा. २ मा पर्ने मेरो गाउँ ‘कृषि मुलश्च जिवनम्’ को नारालाई आत्मसाथ तथा परम्परागत कृषि प्रणालीलाई अपनाएको पसिनाले सिंचित माटोबाट केहि उब्जाई आफ्नो परिवारलाई भोकमरीको चङ्लुबाट उम्काउन लडिरहेको एक सिपाहि हो । बारीमा मुख्य गरी मकै र कोदो तथा अन्तरबालीको रुपमा बोडि, सिमि, फर्सी, मासमस्याङ, फिलुङ् ेआदि र खेतमा मुख्य गरी धान, मकै र गहुँ छर्ने तथा धानखेतको आलीमा भटमास र मास लगाउने साथै गहुँको बिचमा तोरी, चम्सुर र मुला लगाउने गरिन्छ
फोटो न. १ धानखेतको आलीमा भटमास रोपेर चराचुरुङ्गीबाट जोगाउन पातले छोपेको ।
यसबाहेक आबश्यक तरकारी तथा फलफुल सबैले आ˗ आफ्नो घर वरपर करेसाबारीमा नै उत्पादन गर्ने र बढि भएको तरकारी, फलफुल र अन्य उपजहरू स्थानिय बजारमा नै बिक्रि बितरण गर्ने गरिन्छ । आफुसँग नभएका बिउबिजन तथा अन्य उपजहरू साटफेर र अैँचोपैँचो पनि गर्ने गरिन्छ जसले समयमै खेतिपाती सम्पन्न गर्न सहयोग मात्र गरेको छैन कृषकहरू बिच मेलमिलाप र एकता कायम गर्नुका साथै कृषक र उपभोत्ताबिच मितव्ययीता कायम गरी विचौलिया हाबी हुने समस्यालाई समेत कम गरेको छ ।
बाउ बाजेबाट पुस्ता हस्तानान्तरण हुँदै आएको यो परम्परागत कृषि प्रणालीलाई सुटबुटको मोह र बाध्यताले शहर छिर्ने शैलीले गर्दा कुरुप बनाएता पनि कोभिड १९ कोरोनाले सबै युवा तथा विद्यार्थीहरूलाई गाँउकै पोल्टामा फर्किन बाध्य बनाएका कारण बर्षौदेखि बाझिएका, ठेगमा तथा अधिँया लगाइएका, छेउकुनाका र बादर लाग्ने बारी जग्गा खनजोत र बालिबिरुवा लगाएसँगै मुसुक्कै मुस्काएको प्रष्टै देखिन्छ ।
फोटो न. २ कोदो रोप्नलाई जग्गाको तयारी गर्दै लाठे ।
‘मानो खाएर मुरी उब्जाउने समय’मा मात्र नभई सिजन अनुसार सबैको एकै किसिमको खेति गर्ने शैलीको कारण रोगकिराको प्रकोप, वन्यजन्तुको आक्रमण समेत कम हुने र जसले यस ठाउँको खाद्य शुरक्षामा समेत दर्बिलो टेवा पुर्याइरहेको छ । यहाँ जग्गाको असमान वितरण तथा टुक्राबन्दि, मलखादको अनुचित प्रयोग, अनुचित बाली चक्र, धेरै फलाउने लोभले बालि सघनता बढाउने, आदि कारणले उत्पादन थोरै हुने गरेको पनि छ ।
फोटो न. ३ खेतमा धान रोप्दै रोपारी ।
नेपाल सरकारले ल्याएको बस्तुको थलो सुधार कार्यक्रमपश्चात महत्व बुझेर होला प्राय सबैले गहुँतको सङ्लन तथा प्रयोग र सङ्लित गहुतमा स्थानिय स्तरमा उपलब्ध हुने तितेपाती, टिमुर, बकाइनो, हात्तिबार, खुर्सानी, लगायलका जडिबुटी प्रयोग गरी झोलमोल बनाउने यसका अलबा खरानीको प्रयोग गरी रोगकिराको प्रकोप नियन्त्रण गर्ने गरिन्छ । बालिनालीलाई बन्यजन्तु तथा चराचुरुङ्बीाट बचाउन राति आगो बाल्ने, थाल र नाङे ठटाउने साथै पुत्ला(स्क्रेयर क्रो) बनाएर राख्ने, किरा देखा परेको स्थानमा कुखुरा छाड् ेपनि गरिन्छ । अनाज भण्डारण गर्दा समेत अनाजलाई टिमुर, तितेपाती, र खरानी मोलेर बाँसको चोयाको भकारीमा भण्डारण गर्ने गरिन्छ । यसको मतलब मेरो ठाउँ पुरै प्राङरीक छ भन्ने होइन कसैले जान्दा जान्दै त कसैले नजानेर नै पनि यदाकदा आजकाल थोरबहुत बिषादि तथा रासायनिक मलको प्रयोग पनि हुने गरेको छ ।
अन्त्यमा, प्रत्येकले आफ्नो घरमा भएका डालेघाँस, भुँइघाँस र अन्य कृषिबाट उत्पादति बाइप्रोडक्टलाई प्रयोग गर्न र मल उत्पादन गर्न गाईबस्तु,बाख्रा,कुखरा तथा मौरी पालेकै छन्। यसबाट दुध,घ्यू, मासु अण्डा तथा महको स्थानिय आवश्यकता स्थानिय स्तरमै पुर्ति हुने मात्रै नभई आफ्नो ठाउँको प्राङरीक खेतिमा समेत महत्वपुर्ण योगदान गरेको छ । कोरोनाका कारण गाउँमा मान्छे बढेसँगै यी सबै कृषि बस्तुहरूको मुल्यमा बृद्धि मात्रै भएको छैन यसले यकातिर कृषकको आयस्तरमा बृद्धि गरेको छ भने अर्कोतिर युवा जनशक्तिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित पनि गरिरहेको छ ।
Best wishes pujan.
ReplyDelete👏 dd
ReplyDeleteराम्रो लेख पुजन वहिनि तिम्रो
ReplyDeleteसमय सान्दर्भिक छ पुजा दिदि
ReplyDeleteKeep it up.
ReplyDeleteधेरै राम्रो अझै राम्रो गर्नुहोला।
ReplyDelete