Writer:अभिन खरेल
बढैयाताल-८ बर्दिया, नेपाल।
कृ.प.बि.अ.सं/IAAS लम्जुङ कृषि क्याम्पस
चौथो सक्रान्तको विद्यार्थी ।
बर्दिया जिल्ला नेपालको प्रदेश नम्बर ५ स्थित, भेरी अञ्चलको पश्चिममा पर्दछ। यस जिल्ला पश्चिम क्षेत्रको अन्न भण्डारको रूपमा पनि चिनिन्छ। कुल क्षेत्रफल २०२५ बर्ग किलोमिटर मध्य अधिकांस भु-भाग-६८.७६% तराईको समतल जमिनले ओगटेको छ भने बाकी भाग चुरे पर्बत पर्दछन।
यस जिल्लाको भौगोलिक बनावट हेर्दा दुइ प्रकारको हावापानी पाइन्छ। चुरे क्षेत्रमा शिताेष्ण र तराई क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहाको अाैसत अधिकतम तापक्रम लगभग ३८ डिग्रि सेल्सियस र न्युनतम तापक्रम ६ डिग्रि सेल्सियस सम्म रेकर्ड भएको पाइन्छ। त्यसतै हावाको औसत वेग ३ कि.मि प्रति घन्टा र अधिकतम बर्सा सरदर ४३८ मि.मि रेकर्ड भएको पाइन्छ।
आदिवासी थारुहरुको बाहुल्यता रहेको यो जिल्लामा अधिकांस मानिसहरु कृषि पेशामा निर्भर रहेका छन।भौगोलिक बनावटको दृष्टिकोणले हेर्दा विभिन्न नगदेबाली, अन्नबाली, तरकारी, फलफूल, दलहन तथा तेलहनबाली, पशुपालन आदिको राम्रो सम्भावना रहेको जिल्लाको रूपमा बर्दियालाइ चिनिन्छ। कपास खेतीको लागि राम्रो मानीएको यस जिल्ला अहिले भने यस खेती तर्फ मानिसहरुको आकर्षण तिब्र रूपमा घट्दाे छ। त्यसै गरि विभिन्न पशुपालन जस्तै गाइ-भैसी पालन, बाख्रा पालन, बाङ्गुर पालन आदिमा भने मानिसहरुको रुची बढ्दाे छ। अन्नबालीमै सबैभन्दा बढी उत्पादन हुने धान खेतीमा मानिसहरुको चासो दिनप्रतिदिन बढ्दाे क्रममा रहेको छ। यस जिल्लाको करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ। धान खेती बढी भएतापनि किसानहरुले समयमै धानको गुणस्तर बिउ र मल पाउन सकेका छैनन्। त्यसैले धानको सिजनमा किसानहरु कसरी धान खेती गर्ने भन्ने चिन्तामा सधैजसो रहिआएका हुन्छन्।
बर्दियामा करिब २ लाख मेट्रिक टन धान उत्पादन हुन्छ जसको ६०% जिल्लामै खपत हुन्छ र बाकी अन्य जिल्लाहरुमा खपतहुने गरेको छ। बर्षभरीको लागी यस जिल्लामा लगभग १२ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्दछ तर करिब ५ हजार मेट्रिक टन मात्र मल जिल्लामा आइपुग्ने गरेको छ। त्यसैगरि अन्य अन्न बालीहरुमा मकै, गहु आदिको पनि खेती सफलता पुर्बक गरिएको पाइन्छ। तरकारी बालीमा काउली,बन्दा, आलु, गोलभेडा, साग, लहरे तरकारी आदि, फलफुल खेतीमा आप, केरा, अङ्गुर, लिची आदि, दलहन तथा तेलहन बालीमा मुसुरो, अरहर, मास, मुङ, बदाम,तोरी, सुर्यमुखि आदिको पनि राम्रो संग खेती गरिन्छ। अहिलेको अवस्थामा बर्दियाका धेरै जसो किसानहरु ब्यवसायिक रूपमा कृषि पेशालाइ अङ्गाल्दै अगाडि बढी रहेका छन। युवाहरू पनि बिभिन्न कृषक समुह बनाइ कृषिमा क्रान्ती ल्याउने यकिबद्धताका साथ अघि बढेका छन। उदाहरणको रूपमा बर्दिया जिल्ला स्थित बढैयाताल गा.पा को कालिका गोभर्दन युवा कृषक समुहलाई लिन सकिन्छ जसमा वैदेशिक रोजगार बाट फर्कीएका युवाहरु लागेर १५ बिगाहमा बिभिन्न तरकारी देखी अन्नबालीको खेती गर्दै आएका छन। उनिहरुले खेती प्रणालीमा अर्गानिक तरिका अपनाएका छन जसले गर्दा कृषिमा दिगोपन हुने उनिहरुको धारणा रहेको छ। त्यसैगरि जिल्लामा बिभिन्न कृषि सम्बन्धी सहकारीहरु पनि रहेका छन जसले किसानहरुलाइ धानको गुणस्तर बिउ र मल उपलब्ध गराउदै आएका छन। बर्दियाका किसानहरु अहिलेको अवस्थामा मानव स्रोतको भन्दा पनि कृषि औजारहरुको बढी भन्दा बढी उपयोग गरि कृषि कर्म गर्न थालेका छन। जिल्लाको जिल्ला कृषि बिकास कार्यलय, कृषि ज्ञान केन्द्र साथै प्रत्येक पालिकाको कृषि साखाहरुले जिल्लाको कृषि र कृषकहरुको अवस्था निरन्तर रूपमा नियालीरहेको देखिन्छ। कृषिमा आत्मनिर्भर बनौं भन्ने उद्देशले पालिकाहरुले पनि कृषिलाइ प्राथमिकतामा राख्दै बजेट बिनियोजन गरेका छन।
बर्दिया जिल्ला तराईको जिल्लाहरु मध्य बाढिको उच्च जोखिम रहेको जिल्ला मानिन्छ। हाल नेपालमा मन्सुन सुरु भैसकेको अवस्थामा कतिपय किसानहरु धान रोप्न नसक्ने अवस्थामा रहेका छन किनभने यतिखेर नहर संग जोडीएको घोल खेतहरु डुवानमा परेका छन। बबइ नदिको बहाबले गर्दा कतिपय किसानहरुको त घरखेतनै बगाउने अवस्था रहन्छ।
अन्तत: बर्दियामा धेरै जसो स्थानहरुमा आधुनिक कृषिको अवलम्बन गरिएको छ भने अझै केहि स्थानहरुमा प्राचिन पद्धति अनुसार नै कृषि गरिएको देखिन्छ। त्यसैले आधुनिक कृषिको अवधारणा ल्याई किसानहरुलाइ अनुदानको प्याकेज ल्याउन सके अझ बढी युवाहरुलाई कृषिकर्ममा प्रोत्साहित गर्न सकिन्छ। भारत लगायत अन्य मुलुक भन्दा नेपालमै कृषिकर्म गर्नको निम्ती युवाहरुलाई उत्साहित बनाउनु आजको मुख्य आवश्यकता र चुनौती हो। धन्यवाद !!!!
Good job dada
ReplyDeleteBest of luck.
ReplyDeleteBest of luck.
ReplyDelete